18 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सरल र इमान्दार उद्यमी

(0 votes)
सरल र इमान्दार उद्यमी
काठमाडौं- वरिष्ठ उद्यमी वनवारीलाल मित्तलको ७९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। एक महिनादेखि अस्वस्थ मित्तललाई भारतको मेदान्ता अस्पतालमा उपचार गरी गत सोमबार घर ल्याइएको थियो। मारवाडी समुदायका प्रतिष्ठित र इमानदार व्यवसायी मित्तल सरल, मृदुभाषी र हंसमुख रहेको उनका निकटहरू बताउँछन्।
nepalipatr-april
'उहाँलाई कहिले पनि रिसाएको देखिनँ, सधैं हँसिमजाक गरिरहने बानी थियो,' मित्तललाई नजिकबाट चिनेका उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले बुधबार नागरिकसँग भने, 'उहाँको निधनबाट निजी क्षेत्रले अभिभावक गुमाएको छ। हामीलाई अपूरणीय क्षति भएको छ।'

मित्तल काठमाडौंको वटुमा जन्मिएका थिए। सँगैको अर्को टोल इन्द्रचोकमा जन्मिएका इन्द्रभक्त श्रेष्ठबीच दशकौं सहकार्य भएको थियो। कालान्तरमा मित्तल दुईपटक नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष तथा उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य भए भने इन्द्रभक्त चेम्बर र महासंघको अध्यक्ष भएका थिए।

नेवार टोलमा हुर्केबढेका मित्तल आफ्नो व्यापार–व्यवसायबारे सरसल्लाह लिन इन्द्रभक्त (रविभक्तका बुवा) को घरमा ओहोरदोहोर गरिरहन्थे। इन्द्रभक्तको गत वर्ष निधन भएको थियो।

'हामीभन्दा उमेरमा जेठो हुनुहुन्थ्यो, व्यापारिक सल्लाह गर्न बुवालाई भेट्न आइरहनुहुन्थ्यो। हाम्रो घरमा मात्र होइन हामीसँग बाहिर भेट्दा पनि सधैं नेवारीमा कुराकानी गर्नुहुन्थ्यो,' रविभक्तले भने, 'हामीबीच व्यापारमा साझेदारी भने भएन। उहाँ हाम्रो पारिवारिक सदस्यजस्तै हुनहुन्थ्यो। वनवारी दाइलाई गुमायौं, ज्यादै दुःख लागेको छ।'

मित्तलका बुवा हनुमानप्रसाद प्रतिष्ठित कपडा व्यापारी थिए। त्यसबाट केही भिन्नै काम गर्न भन्दै मित्तलले २०१३ सालमा निर्माण व्यवसायमा हात हालेका थिए। त्यसपछि आयात–निर्यात, चिया उद्योग, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था हुँदै १६ वर्षअघि मित्तल वायुसेवा उद्योगमा प्रवेश गरेका थिए।

उनले सुरु गरेको श्री एयरलाइन्स हेलिकोप्टर कम्पनी नेपालकै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक बनेको छ। श्रीसँग हाल 'एमआई–१७' सिरिजका २४ सिट क्षमतायुक्त ६ वटा ठूला तथा 'बिथ्रीई' सिरिजका साना चारवटा हेलिकोप्टर सञ्चालनमा छन्। श्री एयरलाइन्स एमआई–१७ हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो।

'उहाँले पैसा कमाउनेभन्दा पनि समाज सेवा गर्ने उद्देश्यले हेलिकोप्टर व्यवसाय सुरु गर्नुभएको थियो,' रविभक्तले भने, 'मुलुकमा प्राकृतिक विपत्ति पर्दा होस् वा अन्य कुनै घटना होस्, उद्धार तथा राहत सामग्री बोकाएर आफ्ना हेलिकोप्टर पठाइहाल्नुहुन्थ्यो।'

२०६६ चैतमा मित्तलसँग नागरिकले अन्तर्वार्ता लिँदा उनले सरकारदेखि विभिन्न संस्थासँग हेलिकोप्टर उपलब्ध गराएबापत पाउनुपर्ने भाडा नपाएको बताएका थिए। 'उद्धार गर्न र राहत लिएर गएको हो, यो पनि सामाजिक सेवा नै हो,' उनले भनेका थिए, 'जति भने पनि नदिएपछि भन्नै छाडिदिएँ।'

माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६६ मंसिर १९ मा सगरमाथा आधारशिविरमा आयोजना गरेको मन्त्रिपरिषद बैठकका लागि श्रीको एमआई–१७ हेलिकोप्टर प्रयोग गरेको थियो। त्यसवापत भाडा ३५ लाख रुपैयाँ उठेको थियो। मित्तलले पछिल्लो पटक पनि त्यसबेलाको भाडा नपाएको बताएका थिए।

मित्तल श्रीका कार्यकारी अध्यक्ष थिए। श्रीले संयुक्त राष्ट्र संघअन्तर्गत विभिन्न शान्ति मिसन तथा विश्व खाद्य कार्यक्रममा नेपालको निजी क्षेत्रका तर्फबाट पहिलो पटक हेलिकोप्टर सेवा दिएका थिए।

उनी मारवाडी सेवा समितिका पूर्वअध्यक्ष, नेपाल निर्माण व्यवसायी संघका संस्थापक अध्यक्ष, नेपाल उद्योग परिसंघका संस्थापक, पशुपति क्षेत्र विकास कोषका पूर्वकामु कोषाध्यक्ष, नेपाल आँखा अस्पतालका संस्थापक, परोपकार संस्था केन्द्रीय कार्यसमितिका पूर्वकोषाध्यक्ष, नेपाल नेत्रज्योति संघका संस्थापक कोषाध्यक्ष, नेपाल राष्ट्रिय मारवाडी परिषदका सल्लाहकार लगायत विभिन्न व्यावसायिक तथा धार्मिक संघसंस्थामा आबद्ध थिए।

त्यसैगरी उनी आलोक विद्याश्रम, नर्थ नेपाल टि स्टेट प्रालि, मित्तल एन्ड कम्पनी र साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका संस्थापक निर्देशक पनि थिए। मित्ततलले पछिल्लो पटक धार्मिक पर्यटन प्रवर्द्धन गर्दै आएका थिए। यसैलाई बढावा दिँदै काठमाडौंबाट तिब्बतको मानसरोवरसम्म हेलिकोप्टर सेवा दिँदै आएका थिए।

बुधबार बिहान १ः३० बजे ज्ञानेश्वरस्थित निवासमा निधन भएका मित्तलको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। उनका एक छोरा, दुई छोरी र श्रीमती छन्।

प्रतिक्रिया

जेष्ठ नागरिक लुट्ने गिरोह पक्राउ

जेष्ठ नागरिक लुट्ने गिरोह पक्राउ

ललितपुर-काठमाडौं उपत्यकामा भएका पचास भन्दा बढि एकैप्रकारको लुटको घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। एकआपसमा संकेत र एउटा फलामको टुक्राका भरमा काठमाडौं उपत्यकामा तीनवर्षदेखि एकै प्रकारको लुटमा संलग्न तीनजना...

३६ वर्षपछि नरदेबी श्वेतकालीको नाच

३६ वर्षपछि नरदेबी श्वेतकालीको नाच

ललितपुर- काठमाडौं उपत्यकाका काठमाडौं, पाटन र कीर्तिपुरमा ३६ वर्षको अन्तरालपछि ङतभुलु अजिमा (नरदेबी श्वेतकालीमाई) को नाच पाटन दरबार क्षेत्रमा भैरहेको छ। काठमाडौंमा रहेको नरदेबीका १९ अवतार रहने गुठियारमध्यका मुल नाईकेलाई...

जंगलमा लागेको आगो निभाउने क्रममा २ जनाको मृत्यु

गुल्मी- गुल्मीमा आगो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको दोहोली गाविसको जुकेखोला सामुदायीक वनमा शुक्रवार बिहान देखि लागेको लागेको आगो निभाउने...

न्यायाधीशलाई गाली गर्ने एमाले सांसदलाई सात दिनभित्र उपस्थित हुन आदेश

बारा- अदालतमै न्यायाधीशलाई गाली गलौज गर्ने एमाले सांसद नेजमा जिल्ला अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएकाे छ। आलमविरुद्ध दायर भएको अवहेलना मुद्दामा जिल्ला अदालतले सात दिनभित्र उपस्थित हुन शुक्रबार...

थप दुई नक्कली इन्जिनियर पक्राउ

काठमाडौं- प्रहरीले शुक्रबार थप २ जनालाई नक्कली इन्जिनियरको आरोपमा पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो।     

पानी माग्दै देवताको भाकल

जुम्ला-लामो खडेरीका कारण जमिन सुकेपछि स्थानीयले देवताको भाकल गरेर पानीको माग्न थालेका छन्। जुम्ला चन्दननाथ नगरपालिका ३ भण्डारीगाउँ महिला पुरुष खडेरीले वालीनाली सुकेको भन्दै वर्षा गराईदिन माग गर्दै चन्दननाथ मन्दिरमा...

नितम्ब प्रत्यारोपण गराउनेहरु अधिकांश गाउँले

काठमाडौं- घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने प्रत्यारोपण उपचार नेपालमा लोकप्रिय हुँदै गएको छ। यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ।

घरबाट हराएका बच्चा मृत फेला

रौतहट- घरबाट हराएका एक बालकको शव गाउँ नजिकैको पोखरीमा फेला परेको छ। रौतहटको मौलापुर-६ का सियाराम ठाकुरको ५ वर्षे छोरा ललन ठाकुरको शव फेला परेको हो।