Friday 14 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

विराटको तेलको गुणस्तर प्रमाणित

(0 votes)
काठमाडौं- निजी कम्पनी विराटले पेट्रोलियमले ल्याएको पेट्रोल गुणस्तरीय रहेको प्रमाणित भएपछि वाणिज्य विभागले बिक्री गर्ने व्यवस्था मिलाइदिन आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ।

nepali-patro-may
नापतौल तथा गुणस्तर विभागले विराटले ल्याएको पेट्रोल परीक्षण गरेपछि गुणस्तरयुक्त रहेको प्रमाणित गरेको छ। विराटले गत बुधबार कालिकास्थानको सिल्भर सिटी अपार्टमेन्टको कम्पाउन्डमा भारतीय टयांकरबाट आफूखुसी मूल्य तोकी सोझै उपभोक्तालाई पेट्रोल बेचेको थियो। पेट्रोल बिक्री गर्दागर्दै प्रहरीले टयांकर नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्ट गुणस्तर विभागले उक्त पेट्रोलको गुणस्तर परीक्षण गरेको थियो।

विराटले आफूले ल्याएको पेट्रोल के कसरी बिक्री गर्न सकिन्छ भन्दै बाटो पहिल्याइदिन आइतबार वाणिज्य विभागलाई पत्राचार गरेको थियो। लगत्तै विभागले गत कात्तिक २ गते राजपत्रमा प्रकाशित सूचनालाई आधार मानी आपूर्ति मन्त्रालयलाई पत्राचार गरी विराटको समस्या सामाधान गरिदिन आग्रह गरेको छ।

त्यसबेला आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा 'अन्य आवश्यक र सान्दर्भिक विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता अनुसार सम्वद्ध निकायसँग समन्वय गरी कार्यान्वयन गर्ने गराउने' भनिएको छ। सोही अनुसार आइतबार विभागले मन्त्रालयलाई बाटो खोलिदिन लिखित आग्रह गरेको हो।

विभागको महानिर्देशक शम्भु कोइरालाको संयोजकत्वमा बनेको 'निजी क्षेत्रबाट आयातित पेट्रोलियम पदार्थको अनुगमन गर्ने' संयन्त्रले विराटले ल्याएको तेललाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे जवाफ मागेको छ। यो संयन्त्रमा गुणस्तर विभाग र मन्त्रालयका प्रतिनिधि छन्।

गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विराटले ल्याएको पेट्रोल 'नेपाल गुणस्तर' अनुसार रहेको बताए। 'पेट्रोलमा कुनै खराबी छैन,' उनले आइतबार नागरिकसँग भने, 'सोही अनुसार हामीले विराटलाई गुणस्तरको प्रमाणपत्र दिएका छौं।'

वाणिज्य विभागका महानिर्देशक कोइरालाले नियमसँगत ल्याएको तेल बिक्री गर्ने बाटो खोलिदिन मन्त्रालयले पहल गर्नुपर्ने बताए। 'कि पहिल्यै तेल ल्याउने अनुमति दिनु हुँदैनथ्यो। त्यतिबेला निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ ल्याउन नीतिगत बाटो खोलिदिने, ल्याएपछि कुन च्यानलबाट बिक्री गर्ने भन्ने चै प्रस्ट नपार्ने?' उनले भने, 'विराटले ल्याएको तेल बीच बाटोमै अलपत्र छ। यसरी खुला ठाँउमा यति ठूलो परिमाण राख्नु आफैंमा जोखिम हो।'

नेपाल आयल निगम स्रोतका अनुसार विराटले ल्याएको पेट्रोल हाल भइरहेका पेट्रोल पम्पबाट बिक्री गर्न मिल्दैन। 'बिक्रेता नियमावली अनुसार नेपाल आयल निगमले ल्याएको भन्दा अरुको तेल बिक्री गर्न पाइँदैन,' उनले भने, 'निगमले निर्णय गरेर पनि हाल भएका पम्पबाट विराटले ल्याएको पेट्रोल बिक्री गर्न सकिन्न।'

निगमसँग अनुबन्धित पम्पबाटै तेल बिक्री गर्ने हो भने, निगमले तोकेको मूल्यमा बिक्री गर्नुपर्ने स्रोतको भनाइ छ। विराटले करलगायत अन्य शुल्कहरू यथार्थभन्दा गलत राखेर मूल्य प्रस्ताव गरेको निगम स्रोतले बताएको छ। विराटले उत्पादन शुल्क ७९ रुपैयाँ ७९ पैसा राखेको छ। निगमले १२ रुपैयाँ ६६ पैसा राखेको नाफा विराटले भने २० प्रतिशतका दरले २८ रुपैयाँ ८८ पैसा राखेको वाणिज्य स्रोतले जनाएको छ। आयल निगमले एक रुपैयाँ ९८ पैसामा ढुवानी गरेकोमा विराटले ११ रुपैयाँ ६४ पैसा राखेको छ।

निगमले सम्पूर्ण सरकारी राजस्व र कर ३१ रुपैयाँ ७१ पैसा तिर्ने गरेकामा विराटले ४० रुपैयाँ ८५ पैसा राखेको छ। भन्सार र भ्याट भनेर ३१ रुपैयाँ ६५ पैसा र भ्याट ९ रुपैयाँ २ पैसा राखेको छ। प्रशासन शुल्कको रूपमा निगमले जम्मा ५० पैसा राखेको छ, विराटले १५ रुपैयाँ राखेको छ, जसमा भारतमा १३ र नेपालमा दुई रुपैयाँ राखेको छ। निगमले टेक्निकल लस जम्मा ६० पैसा छ। विराटको १ रुपैयाँ ९० पैसा छ। आयल निगमले दुई रुपैयाँ राखेकोमा विराटले ऋण ब्याजबापत एक रुपैयाँ ५० पैसा जोडेको छ।

यो सबै मूल्य आयल निगमको भन्दा चर्को हुनुको साथै त्यसमा अन्य शुल्क समेत जोडेको वाणिज्य स्रोतले जनाएको छ। स्रोतका अनुसार विराटले भ्याट भनेर दुई ठाउँमा जोडेको छ। एक ठाउँमा भन्सार र भ्याट भनेर ३१ रुपैयाँ ६५ पैसा राखेको छ भने फेरि छुट्टै १३ प्रतिशत भ्याट भनेर २२ रुपैयाँ ५३ पैसा प्रस्ताव गरेको छ। विराटले थप डेमरेज एन्ड डेस्टिनेसन चार्ज भनेर २ रुपैयाँ ३९ पैसा थप राखेको छ।

एकदम चर्को मूल्यमा तेल बेच्न प्रस्ताव गरी बिक्रीका लागि दबाब दिए पनि आपूर्ति मन्त्रालयले जनतालाई मर्का पर्ने निर्णय नगर्ने भन्दै बसेको थियो। 'पेट्रोल भित्र्याएपछि विराट र निगमले नोजल अनुमतिका लागि नीतिगत निर्णय गर्न दबाब दिइरहेका छन,' आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, 'दररेटको ख्यालै नगरी अनुमति दिने कुरै हुँदैन।'

प्रतिक्रिया

रडले हानेर श्रीमती र छोरीको हत्या

पोखरा-फलामको रडले हानेर एक युवाले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन्। पोखरा–१४ रातोडाँडाका ३१ वर्षिय बिमल पुनले श्रीमती नरमाया पुन (२६) र छोरी पूर्णिमा पुन (६) को हत्या गरेका...

जुम्लामा हिमाली कालो भालु भेटियो (फोटो सहित)

जुम्लामा हिमाली कालो भालु भेटियो (फोटो सहित)

जुम्ला- लोपउन्मुख हिमाली कालो भालु जुम्लामा भेटिएको छ। जिल्लाको पाण्डप गुफा गाविसको १ रानिसैन भन्ने जंगलमा स्थानीय एक गोठालाले कालु भालुको वच्चा भेटाएका हुन। ६४ वर्षिया पुर्ण वहादुर कार्की भेडा...

विमल घर्तिमगर शिक्षण अस्पतालमा

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगर बहिनीको शव हेर्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। खुट्टाको उपचार गर्न बेल्जियम पुगेका घर्तिमगर बहिनीको शंकास्पद मृत्युपछि आज बिहान काठमाडौं आइपुगेका हुन्। उनी...

ब्यापारी केडियाको अपहरणपछि तीन जिल्लामा 'हाइअलर्ट'

रौतहट- वीरगञ्जका खाद्य व्यापारी सुरेश केडियाको अपहरण भएलगतै तीन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहीबार बेलुकी साढे ६ बजे बाराको बरियारपुरबाट विरगञ्ज जाने क्रममा पसहा पुल नजिक अपराधिक समूहले...

पाँच वर्षमा सिन्धु पुनर्निर्माण सक्ने प्रतिवद्धता

सिन्धुपाल्चोक- सरोकारवालाले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक पुननिर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्। पुनर्निर्माणमा सघाउने ११बुँदे चौतारा घोषणापत्र जारी गर्दै उनीहरूले तीन वर्षमा व्यक्तिगत आवास र पाँच वर्षभित्र सरकारी,...

भिरबाट लडेर वृद्धको मृत्यु, शव भिरमै अड्कियो

ताप्लेजुङ–ताप्लेजुङको निघुरादिनमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ।

पति विदेशमा, पत्नी भगाउन छोराछोरीको हत्या

बागलुङ— गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

मनीषाको शव टिचिङ ल्याइयो, पोस्टमार्टम गरिँदै

मनीषाको शव टिचिङ ल्याइयो, पोस्टमार्टम गरिँदै

काठमाडौं— बुधबार राति रहस्यमय रुपमा मृत भेटिएकी राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीकी बहिनी मनीषाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ। चिकित्सकले शुक्रबार दिउसो उनको शव पोष्टमार्टम गर्ने...