काठमाडौँ, माघ १७ (नागरिक)- बेलायतले विद्यार्थी भिसाका लागि काठमाडौँमा आवेदन लिने काम सोमबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको छ। बेलायती दूतावासले आज जारी गरेको विज्ञप्तिमा 'अस्थायी' रुपमा बन्द गरिएको आवेदन पुनः कहिले लिन सुरु गरिनेछ भन्ने स्पष्ट पारिएको छैन।
बेलायतले टायर फोर प्वाइन्ट बेस्ड सिस्टम अन्तर्गत विद्यार्थी भिसा बाँड्न थालेपछि नेपाल लगायत दक्षिण एसियाली देशहरुबाट ठूलो संख्यामा विद्यार्थीहरु त्यहाँ पुगेका थिए। 'अप्रत्याशित रुपमा विद्यार्थी भिसाको आवेदन बढेका कारण नेपाल र उत्तरी भारतबाट आवेदन लिन बन्द गरेको' विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँ कार्यालयमा भिसाका लागि आवेदन दिन अप्वाइन्टमेन्ट पाइसकेकाहरुको अप्वाइन्टमेन्ट पनि अनिश्चितकालका लागि रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook