Tuesday 21 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

लोकतान्त्रिक लोकोत्सव छठ

  • मङ्गलबार १ मंसिर, २०७२
  • डा. रामदयाल राकेश
  • Be the first to comment!
(0 votes)
छठ लोकोत्सव मिथिलाञ्चलको सबैभन्दा ठूलो चाड त हो नै साथमा यो सबैभन्दा लोकप्रिय र लोकतान्त्रिक पनि रहेको छ । आज देशमा चारैतिर लोकतन्त्रको लालिमा फैलिएको छ । यस लोकतान्त्रिक वातावरणमा छठ लोकोत्सवको लोकप्रियता पनि झन्झन् बढ्दै गएको कुरा यसपालिको छठले प्रमाणित गर्ने नै छ ।
nepalipatr-april
यो लोकोत्सव सुरुसुरुमा मिथिलाञ्चलमा मात्र सीमित थियो, तर अचेल यसको परिधि बृद्धि हुँदै गएको छ । अब त राजधानीको मुटुमा अवस्थित रानीपोखरीमा पनि यो पर्व मनाउने परम्परा सुरु भइसकेको छ । यसअघि राजधानीकै वाग्मतीका विभिन्न घाटमा यो पर्व मनाउने गरिन्थ्यो । यसबाट के प्रष्ट हुन्छ भने राजधानीवासीका लागि पनि यो पर्व नौलो रहेन । संस्कृतिको कुनै सीमा हुँदैन । यो असीम एवं असीमित क्षेत्रमा फैलिएको हुन्छ, छिमेकी राष्ट्र भारतको बिहार र उत्तरप्रदेशमा पनि यो पर्व मनाउने परम्परा छ । बिहारको राजधानी पटनाको छठको छवि र छटा त विश्वव्यापी भइसकेको छ । नेपाली भूभागमा पनि यसको गौरवशाली परम्परा छ । थाइल्यान्डको तमाशात विश्वविद्यालयले तयार पारेको 'जनकपुर यात्रा' वृत्तचित्रमा मिथिलाञ्चलको प्राचीन राजधानी जनकपुरमा मनाइने छठको छायांकन गरिएको छ र निकट भविष्यमा बैंककमा मनाइने नेपाली सप्ताहमा यसको प्रदर्शन हँुदैछ । सो वृत्तचित्र काठमाडौँ र जनकपुरमा पनि प्रदर्शन गरिने कार्यक्रम छ । अहिले छठ लोकोत्सव नेपाल र भारतवर्षमा मात्र सीमित नभएर फ्रान्सको राजधानी पेरिससम्म पुगिसकेको छ ।

छठको प्रारम्भ सृष्टिको उषाकालदेखि नै भएको कुरा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सूर्योपासनासँग सम्बन्धित भएकोले यस पर्वको प्रारम्भ सूर्यको अवस्थिति र अस्तित्वसँग जोडिएको छ । 'हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ तब भक्तजनहरू गीत गाएर तिम्रो स्तुति गर्छन् । मत्स्य पुराणमा यस्तो उल्लेख छ– 'आरोग्य भाष्करोदिच्छेत' अर्थात् सूर्यबाट आरोग्यताको कामना गरिन्छ । पद्म पुराणमा पनि यस कथनको पुष्टि गरिएको छ– 'यथा सूर्योपासना मात्रेण सर्वरोगतां प्रचुच्यते' अर्थात् सूर्योपासनाबाट प्रायः सबै रोग नष्ट हुन्छन् । छठ लोकोत्सवमा सूर्यको पूजाआजा, आराधना र अर्चना प्रमुख हुन्छ । सूर्य साक्षात देवता हुन् । भक्तजनमात्र होइन सृष्टिका सबै मानिस उनलाई आफ्नो नग्न आँखाले सृष्टिको प्रारम्भकालदेखि नै हेर्दै आएका छन् । उनको अस्तित्व एवं अस्मितालाई हेर्दै र स्वीकार्दै आएका छन् । सूर्य पूर्णप्रजातान्त्रिक देवता हुन् । गरिब र धनी, सुसम्पन्न र विपन्नको बीचमा कुनै भेदभाव गर्दैनन् । सम्पन्नहरूको आकाशचुम्बी अट्टालिका र गरिबको झुपडीसमेतमा समानरूपले आफ्नो प्रकाश छर्छन् । यस्ता प्रजातान्त्रिक देवता सर्वप्रिय र लोकप्रिय हुनु स्वाभाविक हो । सूर्य पुराणमा वर्णित कथाअनुसार कार्तिक शुक्ल षष्ठिका दिन सुरु हुने यस लोकोत्सवलाई सर्वप्रथम अत्रिमुनिकी धर्मपत्नी सती अनुसुयाले सुख–समृद्धि र सम्पन्नताका लागि र आफ्नो सुखद सफल दाम्पत्य जीवनका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको सुरुआत भएको अनुमान छ ।

छठ लोकोत्सव कुनै खास धर्मावलम्बीले मनाउने पर्व होइन । तथापि, यो हिन्दुहरूको ठूलो चाड बनेको छ । पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएकोले अन्य धर्मावलम्बीले पनि मनाउन थालेको पाइन्छ । तराईप्रदेशमा बसोबास गर्ने सबै धर्मावलम्बीले यो पर्व मनाउने परम्परा बस्न थालेको छ । अतः यो लोकोत्सवले सबै धर्मको समन्वयको काम पनि गरेको छ । सुरुसुरुमा आदिवासी जनजातिका बीचमा लोकप्रिय र प्रचलित यो पर्व अब सबै जातजाति र भाषाभाषीले मनाउन थालेका छन् । पोखरी र नदीको किनारमा गएर सँगै बसेर यस पर्वलाई श्रद्धा र भक्तिभावले मनाउने गर्छन् । जातजातिको कुनै भेदभाव यहाँ रहँदैन । मधेसमा बसोबास गर्ने पहाडी समुदायमा पनि यो लोकोत्सव उत्तिकै लोकप्रिय हुँदै गएको छ ।

छठको विधिविधान

कार्तिक महिनाको प्रारम्भदेखि नै श्रद्धालु शाकाहारी हुन थाल्छन् अर्थात् छठ पर्वको अनुष्ठान गर्ने भक्तजन माछामासु, लसुन, प्याज आदि तामसी भोजनको त्याग गर्न थाल्छन् । छठको चौथो दिन 'चौथी' को व्रत बस्ने भक्तजन स्नान गरेर शाकाहारी खाना जसलाई सथानीय भाषामा 'अरबा अरबाइन' भनिन्छ, त्यो खाने गर्छन् । यसलाई 'नहाखाय' अर्थात् नुहाएर खानु भन्ने गरिन्छ । पञ्चमीको दिन उपवास बस्ने परम्परा छ र नुहाएर नयाँ वस्त्र धारण गरी आआफ्नो इष्टदेवता प्रतिस्थापित भएको कोठामा खानेकुरा पकाइन्छ, जसमा गहुँको पीठोबाट शुद्ध घ्युमा बनाइएको पुरी, गुँड, दूध र अरवा चामलबाट बनाइएको 'खीर' सहित पाकेको केरा र फलफूल अनिवार्य मानिन्छ । यस शुद्ध ठाउँमा मैथिली लोककला अरिपन अंकित गरिन्छ । यहाँ पकाइएको प्रसादलाई पूजापछि घरपरिवारका सबै सदस्यले ढोगेर खाने गर्छन् ।

षष्ठिमा गहुँ र चामलको पीठोबाट क्रमशः ठकुआ (एक प्रकारको रोटी), भुसवा (लड्डु) शुद्ध घ्युमा बनाइन्छ । यसबाहेक केरा, उखु, मेवामिष्ठान्न, कन्दमूल, नरिवल, अम्बालगायत फलफूल सजाएर कुनै जलाशयमा गएर सूर्यलाई अघ्र्य अर्पित गरिन्छ । यसलाई स्थानीय भाषामा सँझिया घाट वा सँझिया अरक भनिन्छ । अरक अर्कको अपभं्रश हो जसको शाब्दिक अर्थ सूर्य नै हो । सप्तमी तिथिको प्रातःकालमा फेरि त्यसै जलाशयमा गएर पूजा अघ्र्य अर्पण गरिन्छ । सूर्योदयपछि सूर्यको दर्शन गरी अघ्र्य प्रदान गरेर समापन गरिन्छ । मैथिलहरू नै अस्ताचलगामी र उदाउने सूर्यको पूजा गर्ने प्राणी हुन् । छठ पर्वको सांगीतिक महत्व पनि अधिक छ । यसको प्रारम्भ र अन्त्य नै संगीतमय हुन्छ । सम्पूर्ण चाड अवधिभरि संगीतको स्वरलहरी महिलाका मुखबाट सुन्न सकिन्छ ।

'काँचहि बाँसके टोकरिया हो ऽऽ

दीनानाथ, टोकरी लचकत जाय !

बाट मे पुछय जे बटोहिया ऽऽऽ

टोकरी केकेर जाय ...............?

आन्हर होयवे रे बटोहिया

अरक टोकरी छठिमाय के जाय ....।'

प्रतिक्रिया

नौ फिट सर्प हेर्नको भीड

महोत्तरी- सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ।

झाडापखालाले तुप्चे गाउँका सयाैं बिरामी

नुवाकोट– नुवाकोटको तुप्चे १ कर्मेटारमा एक सातादेखि फैलिएका झाडापखालाले सयौं स्थानीय बिरामी परेका छन्। झाडापखाला नियन्त्रणमा नआएपछि मंगलबार राजधानीबाट चिकित्सकको टोली तुप्चे पुगेको स्थानीय रामप्रसाद रिजालले बताए।

२९ गते को परीक्षाको प्रश्नपत्र आउट

जाजरकोट–उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले सोमबार सुरु गरेको कक्षा १२ को परीक्षा अन्तर्गत जाजरकोटको एक परीक्षा केन्द्रमा वैशाख २९ गते हुने परीक्षाको प्रश्नपत्र खोलेर विद्यार्थीलाई...

पाठ्यपुस्तकभरि भ्रामक चित्र

काठमाडौं- कालिमाटीकी उर्मिला गहतराजका छोरा सरकारी स्कुलमा कक्षा ३ मा पढ्छन्। उनले पढ्दै आएका पाठ्यपुस्तकमा राष्ट्रिय झन्डा कालो रंगमा छापिएको छ। राष्ट्रिय फूल लालीगुराँसको चित्र पनि कालै छ।

आगलागीपीडितलाई जस्तापाता

काठमाडौं- सरकारले देशका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्णरूपमा घरबारविहीन बनेकालाई दुई बन्डलका दरले जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आगलागीपीडित परिवारलाई २६ गेजको दुई बन्डल जस्तापाता...

निकास रोक्ने विकास

निकास रोक्ने विकास

पोखरा–स्थानीय केही युवाले खाने पानी उपभोक्ता समितिको नाममा सडक भत्काउन थालेपछि ढिकुर पोखरी गाविस–२ का स्थानीय मार्कामा परेका छन्। ढिकुर पोखरी गाविस– २ का शिवकुमार सुवेदीलगायतका केही युवाले सरकारले निर्माण...

नेपालबारे नकारात्मक लेख्ने क्यानडेली नागरिक पक्राउ

काठमाडौं– नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने एक क्यानडेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयोग

ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयोग

काठमाडौं- ब्लड क्यान्सरका बिरामी कविता तामाङको उपचारका लागि हङकङमा सकंलन गरिएको ५ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। सिभिल हस्पिटलमा उपचार भइरहेको तामाङलाई सोमबार हङकङका प्रतिनिधिहरुले सो रकम हस्तान्तरण...