Thursday 28 Magh, 2072 |
Menu

समाज

istl

मानवीयता नबिर्सौं

(0 votes)
तराई–मधेसमा झन्डै ३ महिनादेखि आन्दोलन छ । हिन्दुहरूको ठूलो चाड दसैँ–तिहार पनि आन्दोलनमुक्त हुन सकेन । विशेषगरी तराईमा मनाइने छठ आँगनमै आइसकेको छ । यसबखत पनि आन्दोलनबाट सर्वसाधारणले त्राण पाएनन् ।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepalipatro-nagarik
सामान्य अवस्थामा भन्दा चाडपर्वमा उपभोग्य सामानको आवश्यकता बढी हुन्छ– मानिसको आवागमनको मात्रा पनि निकै बढ्छ । तर, इन्धन अभावका कारण उपभोक्ताले सरसामान त पाएनन् नै साथै सवारीसाधन कम चल्नाले चाडपर्वका बखतसमेत आवागमनमा ठूलो असर पर्न गयो । आन्दोलनकारीले सम्भवतः यसैलाई आफ्नो आन्दोलनको ठूलो सफलता ठानेका छन् । मधेसकेन्द्रित दलका नेता तथा उक्त आन्दोलनलाई प्रत्यक्ष–परोक्ष सहयोग पु¥याउँदै आएका विभिन्न पेशाकर्मी, लेखक–बुद्धिजीवी सार्वजनिक अभिव्यक्तिमार्फत् 'चाडपर्वका नाममा आन्दोलन तुहाउने षड्यन्त्र नहोस्' भन्दै आएका थिए । यसकारण पनि अवस्था सकसपूर्ण नै रह्यो ।

यतिखेर अस्पताल तथा औषधि पसलमा अत्यावश्यक जीवनरक्षक औषधि सकिन थालेका छन् । सर्वसाधारणले आफ्नो घरको चुलो जलाउन संघर्ष गर्नुपरेको लामो समय भइसकेको छ । बालबच्चा पढ्न विद्यालय जान पाएका छैनन् । 'फलामे ढोका'को उपमा दिइएको एसएलसी परीक्षा नजिकिएको छ । त्यसका निम्ति तयारी गर्नबाटै विद्यार्थी वञ्चित भएका छन् । पढाइ सुचारु नहुँदा पनि विद्यालय–कलेजले शुल्क लिइरहेका छन् । यसबाट मर्कामा उही सर्वसाधारण अभिभावक नै परेका छन् । समस्या समाधानमा मुख्य भूमिका निर्वाह गर्नुपर्ने सरकार प्रमुखको निरिह अभिव्यक्तिले जनता निराश बन्न थालेका छन् । यस्तो अवस्था लामो समय कायम रहँदा नागरिकको मानसिकता नकारात्मक बन्न जान्छ, एकापसको दूरी बढ्न थाल्छ । सरकारप्रतिको अविश्वास चुलिँदै जान्छ ।

आन्दोलनरत पक्षसँग वार्ता गर्न भनी सरकारले केही समयअघि नै वार्ता टोली बनाइसकेको छ । तर, आन्दोलकारीका तर्फबाट वार्तामा बस्न नेताहरू त आउँछन्, तर तिनको कुनै आधिकारिकता देखिँदैन । सरकारलाई तिनले वार्ता टोलीको लिखित नाम आजसम्म दिएका छैनन् । आन्दोलनकारीले आफ्ना माग लिखितरूपमा प्रधान मन्त्रीलाई बुझाएका छन् । कतिपय माग विगतको सरकारले नै पूरा पनि गरिसकेको छ भने जायज माग सम्बोधन गर्न वर्तमान सरकार पनि तयार रहेको बताइरहेको छ । यसका निम्ति संविधान संशोधन नै एकमात्र आधार हो ।

जसरी नयाँ संविधानबारे मधेसका जनतालाई बुझाउन सकिएन त्यसैगरी मधेस आन्दोलनका मूल मागबारे पनि त्यहाँका अधिकांश जनता अनभिज्ञ नै रहेका छन् । आन्दोलन सफल भएमा आफूले के पाउने हो भन्ने नै कतिपयलाई थाहा छैन । यसकारण पनि कतिपय माग अमूर्त हुन पुगेका छन् । जनजीविकाका सवाल, स्वदेशमै रोजगारी तथा जीवनमुखी शिक्षा, स्वास्थ्य, वैज्ञानिक कृषि, भौतिक पूर्वाधार निर्माणजस्ता कुरामा कसैको ध्यान गएको छैन । यसले आशंका के पैदा गरिदिएको छ भने, विगतमा जस्तै कतै यो आन्दोलन पनि केही नेतालाई सत्तामा पु¥याउने भ¥याङमात्रै त हुने होइन ?

पछिल्लो समय केही दलका नेता–कार्यकर्ता संविधानबारे जनचेतना अभिबृद्धि गर्ने उद्देश्य बोकेर तराई–मधेस झर्न थालेका छन्, तर यसमा व्यवधान गर्ने जुन प्रयत्न आन्दोलनकारीबाट भएको छ त्यो सर्वथा गलत छ । यो कुनै पनि हालतमा लोकतान्त्रिक प्रवृत्ति होइन । यो पनि एकप्रकारको निषेधको राजनीति नै हो । आन्दोलनमार्फत् सतहमा आएका जायज माग अविलम्ब पूरा गर्ने र मुलुकको जटिल अवस्थालाई सामान्य बनाउने जिम्मा सरकारको हो । तर, यति भन्दाभन्दै पनि अमानवीय ढंगमा औषधि तथा अन्य अत्यावश्यकीय सामग्रीसमेत रोक्ने काम गर्नु कुनै पनि सभ्य समाजका राजनीतिकर्मीलाई सुहाउँदैन । यो वर्वरतायुक्त कार्य हो । यस्तो कार्यले क्षेत्रीय वैमनश्यता बृद्धि गर्न सक्छ । जनता–जनताबीचको सहिष्णुतालाई भत्काउन सक्छ । र, एकापसमा अविश्वास चुलाइदिन सक्छ । नेपालजस्तो मिश्रित संस्कृति भएको देशमा एकापसको अविश्वास घातक हुन सक्छ । त्यस्तो अविश्वासको खाडल पुर्न वा दूरी मेटाउन कुनै पनि राजनीतिक शक्तिको सामथ्र्यले नभ्याउन सक्छ । यसकारण पनि यतिखेर वार्ताका निम्ति सरकारको गम्भीरता जति आवश्यक छ त्योभन्दा बढी आन्दोलनकारीको मानवीय गुण प्रदर्शन अपेक्षित छ ।

प्रतिक्रिया

बुधबार राति भूकम्पको धक्का

काठमाडौं–बुधबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु भएको भूकम्पको धक्का महशुस गरिएको छ।

मधेस आन्दोलनताका अपहरण र असुलीमा संलग्न पक्राउ

बारा–प्रहरीले व्यापारीको अपहरण,रिलायन्स चिनी मिलको चिनी लोड गरेको ट्रकमा गरेको आगजनी र मोटरसाईकल चोरी अभियोगमा बुधबार उमेश यादवलाई पक्राउ गरेको छ।

वर्ष बित्यो तर मिटर आएन, अँध्यारोमै बस्न बाध्य

कपिलवस्तु– आवेदनसहित शुल्क बुझाएको एक वर्ष बित्दा पनि जिल्लाका सर्वसाधारणहरुको घरमा अझै मिटर जडान भएको छैन।

झापामा तीन सातादेखि खोप सेवा ठप्प

झापा– बालबालिका तथा गर्भवतीलाई अनिवार्य गरिएको खोप सेवा झापामा तीन सातादेखि ठप्प भएको छ।

सात वर्षीय बालकको घाँटी रेटी हत्या

कोहलपुर– चारदिन अघिदेखि बेपत्ता रहेका सात वर्षीय बालकको कोहलपुरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन– चितवनमा जंगली हात्तीको आक्रमणमा परेर एकजना महिलाको ज्यान गएको छ।

पाटे बाघको छाला र हड्डीसहित ८ पक्राउ

धनगढी– प्रहरीले पाटे बाघका २ छाला र हड्डीसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले पेशा नै बनाएर बाघ मार्ने काम गरेको प्रहरीको भनाइ छ।

पानी खानजाँदा मृत्यु

महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका– १० निगौलमा एक युवकको मृत्यु भएको छ। गौशाला नगरपालिका– १० का ३६ वर्षीय रामसृष्ठ महतोको मृत्यु भएको छ।