1 Falgun, 2072 |
Menu

समाज

istl

रत्‍नपार्कमा अब निःशुल्क वाइफाई

(0 votes)
काठमाडौं- चुस्त व्यवस्थापनपछि सशुल्क प्रवेशमा खुलेको रत्नपार्कमा अब निःशुल्क इन्टरनेट प्रयोग गर्न पाइनेछ। योजना लागू भए पुस महिनाको मध्यतिर सर्वसाधारणले हरियाली रत्नपार्क क्षेत्रमा वाइफाई सेवा पाउने काठमाडौं महानगरपालिकाले जनाएको छ।

nepalipatro-nagarik
करिब एक वर्षको मर्मतसम्भार तथा वृक्षरोपणपछि असार १५ देखि पुनः खुलेको रत्नपार्कमा दिनभर सर्वसाधारण पुग्ने गर्छन्। 'त्यहाँ पुग्नेहरुका लागि महानगरले राम्रो सेवा सोचेको छ,' महानगरपालिका सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले भने, 'सार्वजनिक स्थलमा सम्भवतः यस्तो सेवा दिने महानगर पहिलो होला।'

रत्नपार्कमा सर्वसाधारणको आगमन बढिरहेका कारण इन्टरनेटले अझ सर्वसाधारणलाई आकर्षित बनाउने उनले बताए। करिब ५ सय सर्वसाधाणलाई एकैपटक प्रयोग गर्न मिल्ने द्रुत गतिको इन्टरनेट सेवा दिन लागिएको उनले जानकारी दिए। 'हामीले साधारण इन्टरनेट होइन, विशेष किसिमको र भीडभाडमा पनि राम्रैसँग काम गर्ने इन्टरनेट दिनेछौं,' उनले भने, 'यसले गर्दा सर्वसाधारणले ल्यापटप लगेरै घन्टौं बिताउँदै आफ्नो काम गर्न सकून्। अहिलेको अवस्थाअनुसार मध्य पुसबाट सेवा सुरु गर्छौं।'

उनका अनुसार साढे ५ लाख रुपैयाँको लगानीमा रत्नपार्कमा इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो। महानगरले यस कार्यक्रमका लागि टेन्डर गरिसकेको उनले बताए।

टिकट किन्नेलाई पासवर्डको व्यवस्था गरेर बगैंचामा पुग्नेले सेवा प्रयोग गर्न पाउने उनले बताए। 'भ्रमण गर्नेलाई इन्टरनेटका लागि थप रकम लगाइने छैन,' उनले भने, 'खुला ठाउँमा यसरी निःशुल्क गरिदिन सके सर्वसाधारण दुई गुना बढ्ने प्रक्षेपण गरेका छौं।' यसले राजस्व पनि दुई गुना हुने अनुमान महानगरको छ।

भारतीय नाकाबन्दीका कारण तेल अभाव हुँदा पहिलेको तुलनामा विगत दुई महिनामा सर्वसाधारणको संख्यामा कमी आएको महानगरको रत्नपार्क तथा रानीपोखरी इकाइ प्रमुख हरिशरण केसीले जानकारी दिए।

'वाइफाई दिनाले महानगरको सेवा थपिन्छ,' उनले भने, 'सर्वसाधारणले पनि धेरै समय यहाँ बिताउन सक्छन्।' उनका अनुसार औसतमा दैनिक सात सय जनाले भ्रमण गर्ने गर्छन्, जसमा एक सय विद्यार्थी र ६ सय अन्य छन्।

त्यहाँबाट मासिक साढे ५ लाख रुपैयाँ राजस्व उठ्ने गरेको उनले जानकारी दिए। रत्नपार्क पस्न विद्यार्थीलाई १५ रुपैयाँ, ज्येष्ठ नागरिक तथा अशक्तलाई निःशुल्क र अन्यलाई २५ रुपैयाँ महानगरपालिकाले शुल्क उठाउने गरेको छ।

प्रतिक्रिया

ऐन कार्यान्वयन नहुँदा वेचविखन पीडित 'होस्टाइल'

ऐन कार्यान्वयन नहुँदा वेचविखन पीडित 'होस्टाइल'

नेपालगन्ज– मानव वेचविखन तथा ओसार पसार(नियन्त्रण) ऐन प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा पीडित 'होस्टाइल' हुने क्रम बढेको कानुन व्यवसायीले बताएका छन्।

कक्षा एक पढ्ने बालकलाई शिक्षकले निर्घात कुटे

कक्षा एक पढ्ने बालकलाई शिक्षकले निर्घात कुटे

नेपालगन्ज–बाँकेको एक विद्यालयका शिक्षकले कक्षा १ पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन्। बैजापुर–२ भवानियापुरको ब्राइट स्काइ इंगलिस् मिडियम स्कुलका सञ्चालक तथा शिक्षक रामकिसन थारुले ६ बर्षीय विद्यार्थी रेशम खत्रीलाई कुटेका...

फलामे खोरमा अाफ्नै छोरो थुन्न सहकारीबाट ऋण !

फलामे खोरमा अाफ्नै छोरो थुन्न सहकारीबाट ऋण !

दोलखा-दोलखाको जुँगु–४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएर बसेका छन् । मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल यतिबेला फलामे खोरभित्र आफ्ना दिनहरु कटाइरहेका छन् ।उनले दिसापिसाब खोरमै...

अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु

कपिलवस्तु- जिल्लाको बाणगंगा नगरपालिकास्थित चार नम्बर चोकमा अज्ञात समूहको गोली प्रहारबाट एक स्थानीय युवाको मृत्यु भएको छ। बिहीबार साँझ साढे ७ बजतेतिर रोतो मोटरसाइकलमा आएका दुई जनाले अन्धाधुन्द गोली प्रहार...

५ कक्षामा प्रेम, ६ कक्षामा बिहे ६ वर्षदेखि अपांग छोरोको उपचार खोज्दै संगीता

५ कक्षामा प्रेम, ६ कक्षामा बिहे ६ वर्षदेखि अपांग छोरोको उपचार खोज्दै संगीता

जाजरकोट– भेरी मालिका नगरपालिका– ११ कुदुकी संगीता बुढाथोकीको उमेर भर्खर बिहे गर्ने भएको छ।

मृत्यु भएको १५ वर्षपछि किरिया

जाजरकोट-यहाँका एक व्यक्तिको मृत्यु भएको पन्ध्र वर्षपछि किरिया गरिएको छ ।

प्रेमिकालाई रातो गुलाब दिँदै हुनुहुन्छ?

काठमाडौं- अमेरिकामा गरिएको एउटा अनुसन्धानअनुसार प्रेम अभिव्यक्त गर्न दिइएको रातो गुलाबभन्दा अरु नै सिर्जनात्मक प्रेमप्रस्ताव वा प्रेम प्रदर्शन युवतीहरुले रुचाउने गरेको देखिएको छ। उनीहरूले रातो गुलाब उपहार दिने प्रेमीलाई 'अल्छ्याहा'...

प्रेमको नाममा ४० लाखको गुलाब

प्रेमको नाममा ४० लाखको गुलाब

काठमाडौं- विश्वका धेरै युवायुवतीलाई एकै दिन प्रणयसूत्रमा बाँधिदिने फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे फागुन २ गते आइतबार परेको छ। यही दिनमा रातो गुलाब उपहार दिन चाहने युवायुवतीलाई लक्षित गरी यस...