Tuesday 11 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

शीर्षत्रय लोभी, दोस्रो पुस्ता पिछलग्गू, तेस्रो चाकरीबाज

(0 votes)
काठमाडौं- तेह्रौ महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको दबाब बढ्दो छ तर पार्टी हाँक्ने जिम्मेवारी लिन दोस्रो पुस्ता तयार देखिँदैन। शीर्ष नेतात्रय सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनैले सभापतिमा आकांक्षा देखाइरहँदा दोस्रो पुस्ता नेतृत्व दाबीमा भन्दा त्यसपछिका पद सुरक्षित गर्न गुटबन्दीमा सक्रिय देखिन्छ।

nepali-patro-may
तेस्रो पुस्तामा नेतृत्व परिवर्तनको उत्साह देखिए पनि पिरामिड शैलीको गुटविभाजनले उनीहरुलाई पनि मुक्त राख्न सकेको छैन। यी युवा नेताहरु पनि क्षमता देखाउनभन्दा लाइन मिलाउनै अभ्यस्त देखिन्छन्।

संविधानसभाबाट संविधान निर्माणपछि पार्टीले राष्ट्रपतिसहित प्रमुख पद गुमाएपछि त्यसको जिम्मेवारी शीर्ष नेताले लिनुपर्ने र नेतृत्व दोस्रो पुस्तालाई छाडिदिनुपर्ने आवाज बाक्लिएको हो। सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलको विकल्प खोज्नुपर्ने भन्नेहरु नै विकल्पका रुपमा दोस्रो पुस्ताबाट नाम अघि सार्न सक्दैनन्।

संविधान जारी भएपछि मुलुकले एउटा राजनीतिक अध्याय पूरा गरेको भन्दै अबका चुनौती थेग्न र युवाका आकांक्षा पूरा गर्न पहिलो पुस्ताका नेतालाई धन्यवाद दिएर बिदा गर्नुपर्ने तर्क बलियो हँुँदैछ। संविधान कार्यान्वयनसहितको अबको अध्याय पहिलो पुस्ताबाट पूरा हुन नसक्ने धेरैको विश्लेषण छ।

पार्टीले प्रधानमन्त्री, राष्ट्रपतिसहित प्रमुख पद गुमाएपछि पहिलो पुस्ता रणनीतिक रुपमा असफल बनेकाले तीन शीर्ष नेता संरक्षक बनेर दोस्रो पुस्तालाई नेतृत्व सुम्पनुपर्ने विचार बलियो देखिन्छ।

उमेरले ७० वर्षमाथिको पुस्ताबाट अबको कांग्रेस चल्न नसक्ने भन्दै नेतृत्वका लागि दोस्रो पुस्तामाथि दबाब पर्दै गए पनि कोही अघि सरेका देखिँदैनन्।

'पहिलो पुस्ताले अब बिदा लिनुपर्छ, दोस्रो पुस्ता आँट र युवा पुस्तालाई विश्वास दिलाउने कार्यक्रमसहित आए हामी साथ दिन सक्छौं,' केन्द्रीय सदस्य गगन थापाले नागरिकसँग भनेे, 'दोस्रो पुस्ताले आँट गर्न नसकेको कमजोरीको मूल्य चुकाउन हामी तयार छैनौं, कुर्ने पक्षमा पनि छैनौं।'

उमेरले ६० कटिसकेका प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, सशांक कोइराला, पूर्णबहादुर खड्कासहितका नेतालाई कांग्रेस नेता तथा कार्यकर्ताले शीर्ष तीनको विकल्पका रुपमा हेर्ने गरेका छन्। यी नेता भने खोसेर होइन, आग्रह वा याचना गरेर नेतृत्व लिने मनस्थितिमा देखिन्छन्।

सभापतिमा कोइराला, देउवा र पौडेल नै प्रतिस्पर्धामा उत्रने भएपछि पदाधिकारीका आकांक्षी दोस्रो पुस्ताका नेता उनीहरुकै नजिक बनेर उपसभापति वा महामन्त्री पद सुरक्षित गर्न सक्रिय छन्।

यद्यपि, महामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता भने उनैलाई सभापतिमा उठाउने बताउँदै जिल्ला दौडाहामा निस्केका छन्।

आसन्न महाधिवेशनबाट नेतृत्व दोस्रो पुस्ताले गर्नुपर्यो भन्ने दबाब देशभरबाट आफूमाथि परिरहेको दाबी गर्दै केन्द्रीय सदस्य महतले उचित समयमा उचित निर्णयमा पुग्ने जानकारी दिए।

'देशभरिका कार्यकताको भावना बुझिरहेको छु,' महतले नागरिकसँग भने, 'नेतृत्वका लागि तयार छु तर त्यसका लागि झगडा गर्ने पक्षमा छैन। सहमति र शान्तिपूर्ण ढंगबाट नै टुंगो लागोस् भन्नेमा छु।'

पार्टीमा नेतृत्व परिवर्तनको आवाज बाक्लिँदै गएको केन्द्रीय सदस्य केसी स्विकार्छन्। आफू कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगोमा भने उनी पनि पुगिसकेका छैनन्।

'हरेक महाधिवेशन प्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने अधिकार र स्वतन्त्रता हुन्छ,' केसीले नागरिकसँग भने, 'पार्टीलाई नेता र नातामुखी संकीर्ण सोचबाट मुक्त गराउनुपर्छ भन्ने विचारसँग नजिक रहेका साथीहरुसँग छलफल गरेर केही दिनभित्र मेरो पोजिसन टुंगो लगाउँछु।'

दोस्रो पुस्ताका नेताहरु नेतृत्वका लागि तयार नरहेको संकेत गर्दै उपसभापति पौडेलले तत्कालीन पार्टी नेता गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिहंलाई पनि आफुहरुले त्यस्तै भनेको सुनाएका थिए। 'तर, उहाँहरु बाँचुन्जेल गरी नै राख्नुभयो,' कार्यकर्ताले शीर्षहरुको विकल्प खोज्न थालेका छन् नि भन्ने नागरिकको केही समयअघिको प्रश्नमा उपसभापति पौडेलले भनेका थिए, 'कांग्रेसको यथार्थ एकातिर छ, नारा अर्कोतिर हुन्छ।'

केन्द्रीय सदस्य सशांक कोइरालाले शीर्ष नेतासँगको छलफलमै नेतृत्व टुंगो लगाउनुपर्ने बताए। युवा पुस्तामा नेतृत्व परिवर्तन होस् भन्ने छटपटी बढे पनि अनुभवको कमी रहेको सुनाउँदै सशांकले भने, 'शीर्ष नेतासँग अनुभव छ, उमेर गयो, तीनै जनाले एउटा निर्णय गरिदिए छुट्टै कुरा हो, होइन भने कुन बाटो रोज्ने छलफलबाट टुंगोमा पुग्नुपर्छ।'

शीर्ष तीनै नेताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सभापतिमा आकांक्षा राख्दै आएको सुनाउँदै संशाकले नेतृत्वका लागि भन्दा समाज रुपान्तरण, राजनीतिक स्थायित्व र आर्थिक विकासमा पार्टीको ध्यान पुग्नुपर्ने तर्क गरे।

'मुलुकमा राजनीतिक स्थायित्व र विकास ल्याउने नेतृत्व चाहियो,' उनले थपे, 'नेतृत्व परिवर्तन गर्ने हो भने पनि कसरी जाने भन्नेमा छलफल हुनुपर्छ।'

नेताकै मुख ताक्छन् युवा

युवा (तेस्रो पुस्ता) पनि नेतृत्वका लागि आफूलाई तयार गर्नभन्दा शीर्ष नेता रिझाउनै व्यस्त देखिन्छन्। पहिलो र दोस्रो पुस्ताको आलोचनामा समय खर्चने गरेका यो पुस्ताले १३औं महाधिवेशनमा आफूलाई कहाँ उभ्याउने भन्ने टुंगोमा पुग्न सकेका छैनन्।

गुटगत र शीर्ष नेताको आलोचना गरे पनि उनीहरुकै कोटरीबाट टाढा रहन नसक्ने यो पुस्ता पनि शीर्षले कुन भूमिका दिन्छन्, त्यही लिने दाउमा छन्। योग्यता र क्षमता देखाउन भन्दा नेताका आदेश पालक बन्नै दौडिरहन्छन्।

पहिलो पुस्ता पार्टी विधान संश्ाोधन गर्न सहमत भएर सहमहामन्त्री संख्या थपिए आफू त्यसमा कसरी अटाउने भन्ने ध्याउन्नमा छन् उनीहरु। एनपी साउद, नवीन्द्रराज जोशी, बालकृष्ण खाण, भीष्मराज आङदेम्बे, चन्द्र भण्डारी, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, गगनकुमार थापा, धनराज गुरुङ, बद्री पाण्डेलगायत युवा सहमहामन्त्रीका आकांक्षी देखिन्छन्।

विधान संशोधन भए सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका गुरुङले भने, 'पाँच वर्षमा पदाधिकारीका नाममा पार्टी सञ्चालन भयो, त्यसविरुद्ध हामी नै प्रमुख पदमा पुग्नुपर्ने देखिएको छ।'

आफू कुन पदमा दाबी गर्ने भन्ने उनले पनि निर्क्याेल गरिसकेका छैनन्।

भण्डारीले युवाहरुको भेला गरेर निर्णय लिइने सुनाए।

भाग पुर्यायउन संख्या बढाउने खेल

सभापतिका प्रमुख दुई दाबेदार कोइराला र देउवा भने पदाधिकारी संख्या थपलाई आगामी नेतृत्व चयनसँग जोडेर हेर्न थालेका छन्। सभापतिमा उम्मेदवारी दिने भन्दै प्रचारमा हिँडेका उपसभापति पौडेलसहित निकट नेताको व्यवस्थापन गर्न सभापति कोइराला एक वरिष्ठ उपसभापतिसहित केही महामन्त्री र उपसभापति थप गर्ने पक्षमा छन्।

वरिष्ठ नेता देउवा उपसभापति र महामन्त्री थप गर्न सकारात्मक नदेखिएपछि कोइराला प्रभावशाली नेताको व्यवस्थापनका लागि प्रादेशिक संरचनाअनुसार उपसभापतिको संख्या बढाउने गरी विधान संश्ाोधन तयारीमा जुटेका छन्। आफूनिकट नेताहरुको व्यवस्थापनका लागि वरिष्ठ नेता देउवाले प्रदेशको जिम्मा सहमहामन्त्रीलाई दिनुपर्ने भन्दै त्यसको संख्या बढाउन लागेपछि कोइराला उपसभापतिलाई प्रदेशको जिम्मा दिने तयारीमा जुटेका हुन्।

कोइरालाले एक वरिष्ठ उपसभापतिसहित सात प्रदेशमा एक/एक उपसभापति बनाउने गरी गृहकार्य थाल्न निकट नेतालाई निर्देशन दिइसकेका छन्। आफू निकटलाई पद व्यवस्थापन गर्न देउवा पनि सहमहामन्त्री संख्या थप्ने पक्षमा छन्।

८५ सदस्यीय कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री र एक/एक सहमहामन्त्री र कोषाध्यक्ष रहने व्यवस्था छ।

प्रतिक्रिया

बुढीखोलामा आएको बाढीले ५ घर बगायो

बुढीखोलामा आएको बाढीले ५ घर बगायो

इटहरी– वर्षायाममा पानी पर्दा नदीहरुमा वाढी आउनु स्वाभाविक मानिन्छ । तर, सुनसरीका विभिन्न खोलमा पानीको वहाव वढनासाथ आसपासका बासीन्दालाई भने ठुलै चिन्ताले सताउने गर्छ।

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी

इलाम-विद्यालय तहका विद्यार्थीलाई कोर्समा मिल्नेगरी बाहिरी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला–जिल्लामा घुम्ती पुस्तकालय 'बुक बस' सञ्चालन भइरहेको छ। अमेरिकी दूताबासले विभिन्न विषयका पुस्तक बसमै लिएर हिँड्दै विद्यार्थीलाई पढ्ने...

नक्कली अमेरिकी डलर सहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं- नक्कली अमेरिकी डलर र भारतीय रुपैयाँ सहित प्रहरीले पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले पाकिस्तानी नागरिक सामा नाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गोल्डेनगेट सिनामंगलबाट जाली...

चार वर्षिया बालिका बलात्कार आरोपमा पक्राउ

उदयपुर- चारवर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। बालिका बलात्कार आरोपमा त्रियुगा नगरपालिका २ संगमटोलका १७ वर्षीय शौभाग्य आछामे परियारलाई सोमबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले...

प्रेसर कुक्कर पड्किँदा बालिका घाईते

खोटाङ-खाना पकाउनेक्रममा प्रेसर कुक्कर पड्किँदा खोटाङमा एक बालिका घाईते भएकी छन्। सोमबार साँझको खाना पकाउनेक्रममा प्रेसर कुक्कर पड्किँदा बुईपा–५ की १३ वर्षीय बालिका निशा श्रेष्ठ गम्भीर घाईते भएकी हुन्।

प्रहरी इन्चार्जलाई मदिरा नियन्त्रण गर्न दबाब

जनकपुर–कुनै बेला त्यो समय थियो, जहाँ समाजमा कति जना बदमास र फटाहा छन् भनेर गणना गरिन्थ्यो। अहिले, समय परिवर्तन भएको छ। समाजमा को–को साधु अर्थात् सभ्य नागरिक छन्, गणना गर्नुपर्छ।

कब्जा जमिनमा 'दलाली'

कब्जा जमिनमा 'दलाली'

दाङ- मंसिर १३, २०५८। घोराही–३ बर्गद्धीगाउँको मध्यभागतिर रहेको ठूलो खलियान। गाउँभरका 'अधियाँ किसान' सामूहिक रुपमा धान 'दाइँ' हाल्दै थिए। जग्गाधनीसँग उब्जनीको आधा अन्न लिँदै आएका किसानलाई त्यस दिन माओवादी उर्दी...

दस वर्षमा बल्ल पुल

दस वर्षमा बल्ल पुल

राकम (सुर्खेत)- दुई वर्षमा निर्माण सम्पन्न गर्ने भाका राखेर सम्झौता भएको भेरी नदीको राकम पुल निर्माण सम्पन्न हुन १० वर्ष लाग्यो। २०६३ असार २९ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने...