18 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

नाकाबन्दीले भारतलाई पनि घाटा

(0 votes)
काठमाडौं- भारतको नाकाबन्दीले नेपाललाई दैनिक जीवन कष्टकर भएको त छ नै, भारत स्वयंलाई पनि फाइदा भएको भने देखिन्न किनकि नेपालको वैदेशिक व्यापारमा भारत आफ्नो हिस्सा गुमाउँदै गएको छ। नेपालको भारतसँग व्यापारमा भारतबाट आयात धेरै र नेपालको निर्यात कम रहेकोमा समग्र व्यापार घट्दा भारतलाई घाटा हुन्छ।

nepalipatr-april
भन्सार विभागको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा तेस्रो मुलुकको हिस्सा करिब तेब्बर भएको छ। वैदेशिक व्यापारमा भारत तथा चीनबाहेकका मुलुकलाई तेस्रो मुलुक भनिन्छ। गत आर्थिक वर्ष २०७१–७२ को मंसिर महिनासम्ममा ११ प्रतिशतमात्र रहेको तेस्रो मुलुकसँगको व्यापार चालु आर्थिक वर्षको मंसिर मसान्तमा ३१ प्रतिशत भएको हो।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार समग्रमा वैदेशिक व्यापार कम भएकाले भारतको हिस्सा घटेको हो।

भारतले नेपालको संविधान जारी भएपछि आफ्नो असहमति जाहेर गर्न नेपालमाथि आर्थिक नाकाबन्दी लगाएपछि नेपालमा दैनिक उपभोग्य सामग्री विशेषतः पेट्रोलियम पदार्थकोे चरम अभाव भएकाले उद्योगधन्दा, कलकारखाना सञ्चालन हुन नसकेपछि वैदेशिक व्यापारमा, विशेषतः भारतसँगको व्यापार घट्नु स्वाभाविक हो। तर तेस्रो मुलुकसँगको व्यापार बढ्नुको श्रेय ढुंगाना सुख्खा बन्दरगाहलाई दिन्छन्।

'हामीले कात्तिक १५ देखि सुख्खा बन्दरगाहमा तेस्रो देश निर्यातका लागि तयार रहेका १४,००० लोडेड ट्रक बाहिर पठाउन सफल भयौं,' उनले भने, 'जसका कारण पनि मुलुकसँगको व्यापारमा तीव्रता आयो।' यस्तै, तराई–मधेस आन्दोलनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान भन्सार अछुतो रहेकाले पनि तेस्रो मुलुकको निर्यात बढेको ढुंगानाको भनाइ छ।

तर, तराई–मधेस केन्द्रित राजनीतिक दलको आन्दोलन तथा भारतको नाकाबन्दीले भारतसँगको व्यापार हिस्सा भने घटेर ५४ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको मंसिर मसान्तमा ६५ प्रतिशत रहेको भारतसँगको व्यापारको हिस्सा चालु आर्थिक वर्षको मंसिर समान्तमा झरेर ५४ प्रतिशत भएको हो।

तराई–मधेस केन्द्रित राजनीतिक दलको आन्दोलन तथा भारतको नाकाबन्दीले नेपालको प्रमुख व्यापारिक नाका वीरगन्ज सञ्चालनमा आउन सकेको छैन। नेपालको ७० प्रतिशत वैदेशिक व्यापार हुने वीरगन्ज भन्सार नाका पूर्णरूपमा सञ्चालनमा नआउन्जेल नेपालको वैदेशिक व्यापार विशेषतः भारतसँग सुधार नहुने पनि भन्सार विभागले जनाएको छ।

यस्तै, नेपालको चीनसँगको व्यापारको हिस्सा पनि घटेको छ। वैशाखको महाभूकम्पपछि चीनसँगको व्यापारको एकमात्र मार्ग तातोपानी सञ्चालनमा आउन नसकेको तथा दोस्रो नाका केरुङ पनि पूर्णरूपमा सञ्चालनमा नआइसकेकाले चीनसँगको व्यापार हिस्सा घटेको हो। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको मंसिर मसान्तमा नेपालको चीनसँगको व्यापार हिस्सा २४ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा घटेर १५ प्रतिशतमात्र भएको छ।

अर्थ मन्त्रालयका अनुसार चीन तथा भारतसँग व्यापार सहज नहुँदा सरकारले मंसिर मसान्तसम्ममा ५० अर्ब राजस्व गुमाएको छ।

प्रतिक्रिया

पहिले भवन बलियो बनाउनुस्

पहिले भवन बलियो बनाउनुस्

काठमाडौं- गत वर्ष सुरुमै शक्तिशाली भूकम्पबाट सात लाखभन्दा धेरै निजी घरमा क्षति पुग्यो। झन्डै नौ हजारको मृत्यु भयो। २२ हजारभन्दा धेरै घाइते भए। अझै पनि अनुकम्प गइरहेका छन्। पश्चिम नेपालमा...

कागजी ढर्रामा प्रशासन

काठमाडौं- देशमा लोकतन्त्र आएको एक दशक भयो। बर्सेनिजसो सरकार फेरिन्छन्। नयाँ सरकारसँगै नयाँ नयाँ आश्वासन आउँछन्। नयाँ सरकारले नयाँ कार्यक्रम सार्वजनिक गर्छ। जनतालाई आशा र सपना देखाइन्छ। तर, सरकार र...

ट्राफिक जरिवाना बीस गुणासम्म वृद्धि

काठमाडौं- सरकारले सडकमा ट्राफिक नियमविपरीत सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरीत सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका...

जेष्ठ नागरिक लुट्ने गिरोह पक्राउ

जेष्ठ नागरिक लुट्ने गिरोह पक्राउ

ललितपुर-काठमाडौं उपत्यकामा भएका पचास भन्दा बढि एकैप्रकारको लुटको घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। एकआपसमा संकेत र एउटा फलामको टुक्राका भरमा काठमाडौं उपत्यकामा तीनवर्षदेखि एकै प्रकारको लुटमा संलग्न तीनजना...

३६ वर्षपछि नरदेबी श्वेतकालीको नाच

३६ वर्षपछि नरदेबी श्वेतकालीको नाच

ललितपुर- काठमाडौं उपत्यकाका काठमाडौं, पाटन र कीर्तिपुरमा ३६ वर्षको अन्तरालपछि ङतभुलु अजिमा (नरदेबी श्वेतकालीमाई) को नाच पाटन दरबार क्षेत्रमा भैरहेको छ। काठमाडौंमा रहेको नरदेबीका १९ अवतार रहने गुठियारमध्यका मुल नाईकेलाई...

जंगलमा लागेको आगो निभाउने क्रममा २ जनाको मृत्यु

गुल्मी- गुल्मीमा आगो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको दोहोली गाविसको जुकेखोला सामुदायीक वनमा शुक्रवार बिहान देखि लागेको लागेको आगो निभाउने...

न्यायाधीशलाई गाली गर्ने एमाले सांसदलाई सात दिनभित्र उपस्थित हुन आदेश

बारा- अदालतमै न्यायाधीशलाई गाली गलौज गर्ने एमाले सांसद नेजमा जिल्ला अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएकाे छ। आलमविरुद्ध दायर भएको अवहेलना मुद्दामा जिल्ला अदालतले सात दिनभित्र उपस्थित हुन शुक्रबार...

थप दुई नक्कली इन्जिनियर पक्राउ

काठमाडौं- प्रहरीले शुक्रबार थप २ जनालाई नक्कली इन्जिनियरको आरोपमा पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो।