Sunday 2 Falgun, 2072 |
Menu

समाज

istl

आहा रारा गोल्डकपमा १४ टोली

(0 votes)
पोखरा- पोखरामा अर्को महिना हुने आहा रारा गोल्डकपको १४ औं संस्करणमा शहिद स्मारक 'ए' डिभिजन लिगका ६ सहित १४ टोलीको सहभागिता रहने भएको छ।
nepalipatro-nagarik
माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा 'ए' डिभिजनका टोलीमध्ये राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लबको सहभागिता रहने आयोजक सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी गराए। यसैगरी असोजमा सम्पन्न राष्ट्रिय लिगमा सनसनीपूर्ण प्रदर्शन गरेको रमपम झापा ११ को पनि सहभागिता रहनेछ।

प्रतियोगिताका सहभागि अन्य टोलीमा आयोजक, मध्यमाञ्चल र पूर्वाञ्चल तथा केही विदेशी क्लब पनि हुने आचार्यले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराए।

अध्यक्ष आचार्यले विदेशी टोलीलाई सहभागि गराउन पत्रचार भइरहेको जानकारी दिए। 'भारत, भुटान र बंगलादेशका क्लबहरुलाई सहभागी गराउने प्रयास भइरहेको छ,' उनले भने, 'केही दिनमा यो विषयमा टुंगो लाग्नेछ।' विदेशी क्लबलाई ल्याउँदा फुटबलको माहोल बढ्ने आचार्यले विश्वास व्यक्त गरे।

प्रतियोगिताको पुरस्कार राशी बढाउने तयारी भइरहे पनि अन्तिम निर्णय गरिनसकेको अध्यक्ष आचार्यले बताए। 'कति बढाउने भन्ने अझै यकिन भएको छैन,' उनले भने,' खेलाडीको मनोबल बढाउन पनि पुरस्कार राशी बढाउने पक्षमा छौं।'

गत वर्ष आहाको विजेताले ३ लाख ५१ हजार तथा उपविजेताले २ लाख १ हजार रुपैयाँ प्राप्त गरेका थिए।

नाकावन्दी र त्यसले उत्पन्न गरेको अभावबीच प्रतियोगिता गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले भने, 'कठीन अवस्थामा पनि प्रतियोगिता गर्दैछौं। त्यति बेला सम्म समस्या समाधान हुनेछ भन्ने आशा गरौं। संकट टरे पनि असर रहिरहन्छ। तर पनि प्रतियोगिता गर्नेछौ।'

'क्लवले चलाएको एकेडेमीको खर्च धान्नका लागि पनि प्रतियोगिता गर्न जरुरी छ। यही प्रतियोगिताको आम्दानीले एकेडेमी चलाउने हो,' उनले थपे, 'एकेडेमीमा रहेका २६ जना वालकको भविष्य प्रतियोगितासँग जोडिएको छ।' विगतमा द्वन्द्वको बेला पनि प्रतियोगिता गरेको स्मरण गर्दै आचार्यले प्रतियोगिता जुनै हालतमा पनि गर्नुपर्नेमा जोड दिए।

खेलमिलेमतो प्रकरणले पछिल्लो समय फुटबलप्रति नकारात्मक भावना मौलाएकोले त्यसलाई कम गराउन प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ। 'दर्शक र खेलाडीमा पनि केही निराशा पक्कै छ। तर, हामी फुटबलमा अझै भविष्य छ, निराश हुनुपर्ने अवस्था छैन भन्ने सन्देश दिन चाहन्छौं,' आचार्यले भने, 'राजधानीमा यति बेला कुनै प्रतियोगिता छैन। त्यसैले पनि आहा रारा गर्नुपर्छ।'

दर्शकलाई सुनको सिक्का

प्रतियोगितामा बढी संख्यामा दर्शक भिœयाउन यो संस्करणमा पहिलो पटक एकतोला सुनको सिक्का पनि पुरस्कार राखिएको छ। प्रतियोगिता अवधिमा टिकट काटेर फुटबल हेर्न आएका मध्ये गोलाप्रथाबाट एकजना दर्शकले सुनको सिक्का पाउनेछन्। त्यस्तै टिभी, लगायतका पुरस्कार पनि राखिने अध्यक्ष आचार्यले बताए।

प्रतिक्रिया

प्रहरीको मृत्यु

सुरुङ्गा(झापा)-काममा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति मृत्यु भएको छ।

प्रणय दिवस: तन्नेरीको आकर्षण र पाकाको चिन्ता

काठमाडौँ-आइतबार प्रणय दिवस। खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन्। प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी...

झाडापखालाबाट २ बालकको मृत्यु

दैलेख–जिल्लाको पश्चिमी क्षेत्र तोलीजैसीमा ३ दिनदेखि फैलिएको झाडापखालाबाट २ जना बालकको मृत्यु भएको छ भने २१ बालबालिका बिरामी परेका छन्।

सात वर्ष कतारमा 'कोमा'

सात वर्ष कतारमा 'कोमा'

काठमाडौं- उनी बोल्न, चल्न सक्दैनन्। ह्विलचियरमा बसेर एक टहले हेरिरहेका विष्णुबहादुर सुवेदी सात वर्षपछि नेपाल फर्किएका छन्। स्वदेश फर्कन पाउँदा पनि उनमा कुनै उत्साहउमंगको अनुभूति छैन। सात वर्षदेखि कतारस्थित अस्पतालमा...

पुनर्निर्माणका लागि मितिनी खोज्दै ललितपुर

पुनर्निर्माणका लागि मितिनी खोज्दै ललितपुर

ललितपुर- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा अर्बौं सहयोग जुटेको भए पनि ऐतिहासिक र पुरातात्विक शहर ललितपुरका सम्पदा पुनर्निर्माणका लागि स्थानीय निकायले ३० करोड रुपैयाँ जुटाउन हारगुहार गरिरहेको छ।

इन्धनमा कृत्रिम अभाव

इन्धनमा कृत्रिम अभाव

नेपालगन्ज- कारकाँदोस्थित एसके आयल स्टोरमा शुक्रबार ४ हजार लिटर पेट्रोल झर्योत। प्रायः बन्द देखिने उक्त पम्पमा शनिबार भने पेट्रोल 'सिद्धिइसकेको' थियो। नागरिकसँगको जिज्ञासामा स्टोरमालिक किसन गुरुङले शुक्रबार पेट्रोल आएको तथ्य...

नाका खुल्यो, पेट्रोलपम्प खुलेनन्

विराटनगर- भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८ बुलेट ग्यास भित्रिएको छ। त्यही अवधिमा विराट...

दीक्षितलाई भानु सम्मान

काठमाडौं- साहित्य साधनक मदनमणि दीक्षितलाई भानु सूर्याेदय स्रष्टा सम्मान प्रदान गरिएको छ। शनिबार आयोजित नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दीक्षितलाई नगद १५ हजार रुपैयाँसहित दोसल्ला र ताम्रपत्रले दीक्षितलाई सम्मान...