Thursday 13 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

बसले ट्रकलाई ठक्कर दिँदा एक जनाको मृत्यु, १२ जना घाइते

(0 votes)
रौतहट- पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार पुल नजिक दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा रामेछाप चिसापानी-२, का २८ वर्षीया मीना तामाङ छन्।
nepali-patro-may
सुनसरी इटहरीका गणेश पण्डित गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि हेटौंडा लगिएको छ। अन्य घाइतेको चन्द्रपुरमै उपचार भइरहेको चन्द्रपुरका डीएसपी मनोज यादवले बताए।

धनसार पुल नजिक रोकिराखेको ना४ख १०५९ नम्बरको ट्रकमा बिराटनगरबाट काठमाडौं जाँदै गरेको ना५ख २७२ नम्बरको अग्नि बसले आज बिहान ठक्कर दिएको डीएसपी यादवले बताए। बसमा सवार सबै जना इन्धन ओसार्नेहरु भएको उनले बताए। बसमा पाँच हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ रहेको उनले बताए।

बसका चालक फरार छन्।
Last modified onFriday, 08 January 2016 12:41
मदन ठाकुर

मदन ठाकुर नागरिक दैनिकका रौतहट संबाददाता हुन्। उनी विगत एक दसकदेखि मोफसल पत्रकारितामा सक्रिय छन्। ठाकुरलाई फेसबुकमा पछ्यानुस्।

प्रतिक्रिया

भैरहवा-लुम्बिनी सडकमा हावाहुरीले रूख र पाेल ढालेपछि...

भैरहवा-लुम्बिनी सडकमा हावाहुरीले रूख र पाेल ढालेपछि...

लुम्बिनी–बुधबार चलेको हवाहुरीका कारण ढलेका रुख र विजुलीका पोलले रुपन्देहीको भैरहवा—लुम्बिनी सडक खण्ड केहीबेर अवरुद्ध बन्यो। सडक छेउका दजनौं रुख र विजुलीका पोलहरु ढलेर सडक अवरुद्ध बनेको थियो।

काेहलपुरबाट छुटेनन् रात्री बस, यातायात व्यवसायी अान्दाेलित

कोहलपुर– ट्राफिक नियम उल्लंघन गरेवापत सरकारले जरिवाना वृद्धि गरेपछि बाँके जिल्लाका यातायात व्यवसायी तथा मजदुरले बुधबार साँझदेखि आन्दोलित भएका छन्। बेलुका जिल्लाबाट राजधानी, पोखरा, विराटनगर, काँकडभिट्टा, बागलुङ छुट्ने सम्पूर्ण लामोदूरीका...

द्वारिका उदय प्रतिष्ठानद्वारा पुरस्कार स्थापना

काठमाडौं–द्वारिका उदय प्रतिष्ठानले पाँचलाख अक्षयकोषसहित द्वारिका उदय समाजसेवी पुरस्कार एवं द्वारिका चलचित्र पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

जंगली च्याउ खाँदा एकै परिवारका पाँच विरामी

पाँचथर–जंगलबाट ल्याएको च्याउ खाँदा ५ जना विरामी भएका छन् । जिल्लाको आङ्ना–१ मा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका हुन् ।

नक्कली प्रमाण पेश गरी जागिर खाएको आरोपमा सईविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायव निरीक्षक सुधिर विक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।

तीन महिनामा ६० जना जेल चलान

उदयपुर-वर्षाैंदेखि अदालतले दोषी ठहर गरी दण्ड, जरिवाना र कैद तोकिएका प्रहरी नजरका 'फरार' पाँच दर्जन अभियुक्त पक्राउ परेका छन् । प्रहरीले चालेको 'भिगरस अप्रेसन' अन्तरगत तीन महिनामा ६० अपराधी पक्राउ...

५ करोड मूल्य पर्ने कोकिनसहित चारजना पक्राउ

काठमाडौं–प्रहरीले चारजना लागु औषध कारोबारी पक्राउ गरेको छ। उनीहरुको साथबाट २ केजी ६ सय ८३ ग्राम कोकिन बरामद भएको छ। प्रहरीका अनुसार सो कोकिनको मूल्य ५ करोड ३६ लाख बराबर...

एक किलो सुनसहित दुई भारतीय पक्राउ

लुम्बिनी (रुपन्देही)-एक किलो सुनसहित दुई भारतीय नागरिक भैरहवाबाट पक्राउ परेका छन् ।