Sunday 2 Falgun, 2072 |
Menu

समाज

istl

अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य घट्यो, उपभोक्तालाई लाभ छैन

  • २५ पुष, २०७२
  • सुजन ढुंगाना
  • DISQUS_COMMENTS
(0 votes)
अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य घट्यो, उपभोक्तालाई लाभ छैन
काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य १२ वर्षयताकै सबैभन्दा कम प्रतिब्यारल ३३ अमेरिकी डलर (करिब ३५ सय रुपैयाँ) कायम हुँदा संसारभरिका अन्य उपभोक्तासरह नेपालीले भने लाभ लिन पाएका छैनन्।

nepalipatro-nagarik
कच्चा तेलको यो मूल्य सन् २००३ यताकै सबैभन्दा कम हो। यो मूल्य अरु ओरालो लाग्ने अनुमान भइरहेको छ।

नेपाली उपभोक्ताले कहिले यो मूल्य गिरावटको लाभ लिन पाउने भन्ने निश्चित छैन। इन्धन संकट र सरकारको गतिहीनताका कारण यसको सहज आपूर्ति हुन नसक्दा तेलको मूल्य बढिरहेको छ। त्यति मात्र होइन, उपभोक्ताले सिर्जित यो अभावको सामना गर्न 'कालो बजार'बाट खरिद गरिरहनु परेको छ।

सरकारले सन् २०१४ मा लागु स्वचालित इन्धन मूल्य कार्यान्वयन गरेको भए अहिले सरकारी संस्थान नेपाल आयल निगमले बिक्री गर्ने तेलको मूल्य पनि उल्लेख्य रुपमा ओर्लिने थियो। यसले मूल्यवृद्धिबाट आक्रान्त उपभोक्तालाई ठूलो राहत मिल्ने थियो। तर, नेपाली उपभोक्तालाई यो लाभ लिन कर्मचारीतन्त्रले ध्यान दिन सकेको छैन।

'हिसाब गर्ने हो भने नेपालमा पेट्रोल र डिजेलको मूल्य कम्तीमा २० रुपैयाँले घट्नुपर्थ्यो,' निगमका पूर्व महानिर्देशक चण्डिकाप्रसाद भट्टले भने।

निगमले अहिले बजारमा पेट्रोल र डिजेल क्रमशः १०४ र ८२ रूपैयाँमा बिक्री गर्दै आएको छ। स्वचालित मूल्यसम्बन्धी व्यवस्था अनुसार निगमले यसको एकमात्र आपूर्तिकर्ता भारतीय आयल निगमले पठाएको दरका आधारमा प्रत्येक १५ दिनमा मूल्य पुनरावलोकन गर्नुपर्थ्यो। निगमले सेप्टेम्बर २०१५ देखि मूल्य पुनरावलोकन गर्न थालेको हो।

सर्वसाधारण सरकारले आपूर्ति व्यवस्था सहज बनाउने दिनको व्यग्र प्रतीक्षा गरिरहेका छन्। संकटका बेला देश र सरकारलाई सहयोग गर्दै केही उपभोक्ताले आफ्नो इन्धन उपभोग घटाए भने केहीले 'कालो बजारी'बाट पेट्रोल र डिजेल किनेर चलाए। स्वचालित मूल्यअनुसार पेट्रोल ८४ रूपैयाँ र डिजेल ६२ रुपैयाँ प्रति लिटरमा पाउनुपर्ने भए पनि 'कालो बजारी'बाट औसत २ सय रुपैयाँमा भए पनि किन्नुपरेको छ। कालो बजारीमा आपूर्ति बढेका कारण यो मूल्यलाई समेत उपभोक्ताले 'सस्तो' मान्नुपर्ने स्थिति छ।

दुुर्भाग्य, नेपाली उपभोक्ताले पछिल्ला महिनामा सबैभन्दा महँगो इन्धन खरिद गर्नुपरेको छ। कालो बजारीलाई सरकारकै प्रोत्साहन भएका कारण अरु फस्टाएको छ। सरकार र यसको कमजोर संयन्त्रका कारण न उपभोक्ताले सहज आपूर्तिको महसुस गर्न पाएका छन् न त कालो बजारी नै नियन्त्रणमा छ।

निगम भने आफ्नो ध्यान आपूर्ति व्यवस्था मिलाउनमै लगाउनु परेको भन्दै मूल्य घटाउने मुद्दाबाट पन्छिने गरेको छ। 'अहिले आपूर्ति केही बढे पनि नाकाबन्दीको सुरुमा आइओसीबाट धेरै कम मात्र आपूर्ति भएका कारण हाम्रो ध्यान मूल्य पुनरावलोकन भन्दा आपूर्तिमै केन्द्रित रह्यो,' निगम प्रवक्ता मुकुन्द घिमिरेले भने, 'तथापि हामी मूल्य पुनरावलोकनको तयारीमा छौं। केही दिनमै मूल्य पुनरावलोकन हुनेछ,' उनले भने।

तर, मूल्य घटाउनुभन्दा पनि सरकारले भने विराट पेट्रोल नामको निजी कम्पनीलाई प्रतिलिटर १९० रूपैयाँमा बिक्री गर्न अनुमति दिएर 'वैधानिक कालोबजारी'को बाटो खोलिदिएको छ।

प्रतिक्रिया

भाडादर लागू नगर्ने चालकलाई विभागको कारबाही सुरु

काठमाडौँ-यातायात व्यवस्था विभागले माघ २४ गते घटाएको भाडादर यातायात व्यवसायीले लागू नगरेको भन्दै शनिबारबाट निर्णय कार्यान्वयनका लागि कारबाही तीव्ररुपमा अगाडि बढाएको छ।

रेडपान्डा तस्करीमा गिरोह नै संलग्न

इलाम– जिल्लाका उत्तरी 'संवेदनशील' वनबाट विश्वकै दुर्लभ रेडपान्डा हराउने गरेको आशंका भइरहेका बेला प्रहरी रेडपान्डा तस्करीमा संलग्न 'गिरोह नजिक' पुगेको छ।

शिवरात्रीमा शिवासन क्षेत्रमा विशेष धार्मिक कार्यक्रम हुने

शिवरात्रीमा शिवासन क्षेत्रमा विशेष धार्मिक कार्यक्रम हुने

पाल्पा–यो बर्ष नेपालले भूकम्प र नाकाबन्दीजस्ता ठूला संकट भोग्नु परेकोभन्दै संकटमोचन विशेष पूजा अायोजना हुनेभएकाे छ। संकटमोचन कामना गर्दै शिवमूर्तिको महास्नान, हेलिकोप्टरबाट पुष्पवृष्टी, एक करोड दीप प्रज्वलन, होमन गरिने महामृत्युञ्जय...

इन्धन ओसार्ने ठोरीको अवैध नाका अझै चालु

इन्धन ओसार्ने ठोरीको अवैध नाका अझै चालु

चितवन–भारतको अघोषित नाकाबन्दी सकिएर मुख्य नाका बीरगञ्जसमेत पुरानै अवस्थामा सञ्चालन हुँदापनि ठोरी नाकाबाट अवैध रुपमा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका सिलिन्डर ल्याउने क्रम अझै रोकिएको छैन।

प्रहरीको मृत्यु

सुरुङ्गा(झापा)-काममा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति मृत्यु भएको छ।

प्रणय दिवस: तन्नेरीको आकर्षण र पाकाको चिन्ता

काठमाडौँ-आइतबार प्रणय दिवस। खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन्। प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी...

झाडापखालाबाट २ बालकको मृत्यु

दैलेख–जिल्लाको पश्चिमी क्षेत्र तोलीजैसीमा ३ दिनदेखि फैलिएको झाडापखालाबाट २ जना बालकको मृत्यु भएको छ भने २१ बालबालिका बिरामी परेका छन्।

सात वर्ष कतारमा 'कोमा'

सात वर्ष कतारमा 'कोमा'

काठमाडौं- उनी बोल्न, चल्न सक्दैनन्। ह्विलचियरमा बसेर एक टहले हेरिरहेका विष्णुबहादुर सुवेदी सात वर्षपछि नेपाल फर्किएका छन्। स्वदेश फर्कन पाउँदा पनि उनमा कुनै उत्साहउमंगको अनुभूति छैन। सात वर्षदेखि कतारस्थित अस्पतालमा...