Sunday 2 Falgun, 2072 |
Menu

समाज

istl

सभापति सुशील कोइरालाको मलाई समर्थन छ: पौडेल

(0 votes)
काठमाडौं–नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३ औं महाधिवेशनमा आफ्नो उम्मेदवारीलाई सिंगो पार्टी र वर्तमान सभापतिसुशील कोइरालाकोसमेत समर्थन रहेको दावी गरेका छन्।
nepalipatro-nagarik
सोमबार रिपोर्टस क्लबको ज्ञापनपत्र बुझ्दै उपसभापति पौडेलले देशभरीका कार्यकर्ताले आफूबाट अपेक्षा गरेको दाबी गर्दै भने,' मेरो निष्ठा,योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन मलाई सभापति बन्नुपर्छ भनेर सुझाव दिएका छन्।'

उनले थपे,' गिरिजाबाबुले पनि उहाँलाई प्रस्ताव गर्दा किसुनजी हुनुहुन्छ भनेर छाड्नु भएको थियो । पार्टीमा यो परम्परा बीपी कोइरालाले सुरु गर्नु भएको हो । यसलाई सबै स्मरण गर्नु पर्छ।'
पौडेलले अहिले ब्यक्तिको भन्दा पनि नेपाली काग्रेसको समग्र ब्यवस्थापनको कुरा भएको दावी गर्दै भने,'मलाई चित्त बुझाएर मात्रै हुँदैन । भागबण्डाको अन्त्य गरेर पार्टीमा मुल्याङकनको पद्धतिको विकास गर्नु पर्छ।'

संघीयता अनुसार संगठन विस्तार गर्न विद्यानमै ब्यवस्था हुनु पर्ने भएकोले विद्यमान संशोधनको आवश्यकता औल्याउँदै पौडेलले २००७ सालमा आएको संविधानको कुरा अहिले आएर साकार भएकोले अबको परिवर्तनको नेतृत्व पनि काग्रेसले लिनु पर्ने बताए। उनले भने,'अरुले गरेको नेतृत्वले मुलुकलाई सही ठाँउमा पुर्याउँदैन।'

प्रतिक्रिया

सार्क विदेश मन्त्रीस्तरीय बैठक पोखरामा पक्का

पोखरा–दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय बैठक पोखरामा हुने भएको छ। पोखराबाट काठमाडौं फर्कने क्रममा शुक्रबार पत्रकारहरुमाझ उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले यो जानकारी दिएका हुन्।

भरुवा बन्दुक सहित राई पक्राउ

धनकुटा–धनकुटाको पाख्रिवासवाट प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ।

पेट्रोलियम पदार्थ तस्करी कायमै

इटहरी–नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले उपभोक्तालाई पुग्दो तेल दिइरहेको छ। सबै नाका सहज भएसँगै भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगम क्षेत्रीय कार्यालयलाई तोकिएकै कोटा अनुसार तेल दिए अनुसार...

नागरिककर्मी गौतम सम्मानित

नागरिककर्मी गौतम सम्मानित

काठमाडौं–नागरिक दैनिककर्मी सुवोध गौतम सम्मानित भएका छन्। वातावरणको क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै स्टेप फर माईल्सले गौतमलाई सम्मान गरेको हो।

पुजारी र भक्तजनले हेर्न नहुने 'कालभैरव'

रामपुर(पाल्पा)-भैरवस्थानस्थित कालभैरव मूर्ति विकराल भएकाले पुजारी र दर्शनार्थी कसैलाई पनि प्राचीनकालदेखि नै हेर्न दिइँदैन।

कागज कारखानामा भीषण आगलागी

ललितपुर-ललितपुरको बागमति करिडोरमा रहेको एस आर सप्लायर्समा आललागी भएको छ।

बन्दुक बोक्ने सेना बिरामीको उपचारमा

बन्दुक बोक्ने सेना बिरामीको उपचारमा

सिरहा- समान्यतः सेना ब्यारेकमा बस्ने, जनतासँगको सम्पर्क कमै गर्ने रिजर्व किसिमको फौज हो। तर सिरहामा अचेल नेपाली सेनाले नयाँ अभ्यास सुरु गरेको छ 'सेना नागरिक सम्बन्ध सुधार'। सिरहाको चोहर्वास्थित नयाँ...

वीरगन्ज नाका तस्करी नियन्त्रणबाहिर

वीरगन्ज नाका तस्करी नियन्त्रणबाहिर

वीरगन्ज- मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीसँगै वीरगन्ज नाकामा चुलिएको तस्करी नाका सहज भइसक्दा पनि निरन्तर छ। वीरगन्ज भन्सार कार्यालय भएर निस्केका मालवाहक गाडीमै दिनहुँ प्रज्ञापनपत्रभन्दा बढी परिमाण र मूल्यका...