Wednesday 22 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

४ हजार लिटर डिजेल बरामद

(0 votes)
विराटनगर–विराटनगर–२२ स्थित मटेरुवा हुँदै तस्करी गरी ल्याएको ४ हजार लिटर डिजेलसहित मोरङ प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
nepalipatr-april
अस्थायी प्रहरी पोष्ट मटेरुवाले मंगलबार राति भारतबाट तस्करी गरी ल्याँउदै गरेको अवस्थामा २४ जर्किन डिजेलसहित को१ त ३०५८ र को १ त ९९१८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । गस्तीमा रहेको प्रहरी टोलीले दुई वटा ट्याक्टरमा २४ वटा जर्किन भित्र २–२ सय लिटरका दरले डिजेल बरामद गरेका हुन् ।

बरामद डिजेलसहित ट्याक्टर र चालकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसैबीच इटहरीमा लागुऔषध कोरेक्स र नाइट्रोजनसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ बुधनगर–१ का २१ वर्षीय जयकृष्ण साह र सोही ठाँउ बस्ने १८ वर्षीय सुनिल साह छन्। उनीहरुलाई प्रहरीले भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा इटहरी–३ स्थित साथी पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको हो । दुबैको साथबाट १० बोतल कोरेक्स र दुईसय पिस नाइट्रोजन ट्याब्लेट बरामद भएको छ ।

प्रतिक्रिया

विद्युत् चोर्ने ४६ विरुद्ध कारवाही, २५ सय हुकिङ तार हटाइयो

रौतहट– नेपाल विद्युत प्राधिकरण रौतहट शाखाले विद्युत् चोरी नियन्त्रणविरुद्ध अभियान थालेको छ।

'नेपालमा प्रेस स्वतन्त्रता सन्तोषप्रद छैन'

काठमाडौं– गत एक वर्षमा नेपालको प्रेस स्वतन्त्रता सन्तोषप्रद नरहेको प्रतिवेदन सार्वजनिक भएको छ।

छ वर्षीया बालिका बलात्कृत

बैतडी–बैतडीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। जिल्लाको दक्षिणी तल्लो स्वराडकी ती बालिकालाई गाँउकै १६ वर्षीय किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

१२ लाख फिर्ता गर्ने दुई युवतीलाई सम्मान

१२ लाख फिर्ता गर्ने दुई युवतीलाई सम्मान

धरान–सडक दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको दुर्घटनास्थलमा फेला परेको १२ लाख रुपैयाँ सम्बन्धित परिवारलाई फिर्ता गरेर उदाहरणीय कार्य गर्ने दुई युवती सम्मानित भएका छन्।

रारालिहीमा खानेपानीको चरम संकट

जुम्ला–जिल्लाको रारालिही गाविसमा खानेपानीको चरम संकट देखा परेको छ। लामो समयको खडेरीले पानीका मुहान सुक्दै गएपछि रारालिहीका स्थानीयले खानेपानीको अभाव झेलिरहेका हुन्।

हङकङ पठाइदिने भन्दै १३ लाख ठगी आरोपमा महिला पक्राउ

हङकङ पठाइदिने भन्दै १३ लाख ठगी आरोपमा महिला पक्राउ

काठमाडाैं– हङकङ पठाइदिने भन्दै दुई व्यक्तिबाट १३ लाख ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको चन्द्रौटा–८ घर भई हाल काठमाडौं म्हैपी बस्ने ३६ वर्षकी लक्ष्मीदेवी विक ठगी उक्त...

महिला हिंसाको कारण नै छाउपडी प्रथा

महिला हिंसाको कारण नै छाउपडी प्रथा

वैशाख–जिल्लामा व्याप्त रहेको महिला हिंसा र लैंगिक विभेदको प्रमुख कारण छाउपडी प्रथा रहेको सरोकारवालाले बताएका छन्।

डिभी चिठ्ठाको नतिजा अाज राति अाउँदै

डिभी चिठ्ठाको नतिजा अाज राति अाउँदै

काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा मंगलबार राति सार्वजनिक हुँदैछ। सन् २०१५ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक तथा शैक्षिक योग्यता पुगेकाहरुले भरेको...