Sunday 2 Falgun, 2072 |
Menu

समाज

istl

मापदण्डबिनै विशिष्टलाई तीन अर्ब

(0 votes)
काठमाडौं- मुलुकका प्रमुख पाँच पदको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्वसहित ३२ जना विशिष्ट व्यक्तिका लागि मापदण्डबिनै वार्षिक ३ अर्ब बराबर रकम राज्य कोषबाट खर्च हुने गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश र सभामुखको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्व २७ जनासहित ३२ विशिष्टका लागि राज्य कोषबाट उक्त रकम खर्च हुँदै आएको हो।

nepalipatro-nagarik
विशिष्टका नाममा मनलाग्दी खर्च गरेको पाइएपछि बेरुजु फर्स्योट समितिले उक्त विषयमा चासो व्यक्त गरेको संयोजक रामहरि खतिवडाले बताए। 'बहालवाला र भूतपूर्वसहित ३२ जना 'बिग फाइभ' लाई सुविधाका नाउँमा कुनै पनि मापदण्ड नबनाई वार्षिक ३ अर्ब बराबर रकम खर्च हुने गरेको देखियो,' खतिवडाले नागरिकसँग भने, 'उक्त रकमलाई महालेखाले बेरुजुमा देखाएको रहेछ, जुन विवरण अहिले समितिसमक्ष आइपुगेको छ।' यस अघिदेखि नै कुनै पनि मापदण्ड नबनाई विशिष्टलाई उक्त सुविधा दिइने गरेकाले बेरुजुमा चढ्ने र फर्स्योटका लागि समितिसमक्ष निवेदन आउने गरेको उनले जानकारी दिए।

यता, प्रत्येकपटक प्रमुख पाँच पदमा नियुक्ति र निर्वाचित हँुदा पनि कुनै पनि मापदण्ड तय नगरी फर्निचर, किचेन, धारा, बिजुली र पर्दाका लागि समेत राज्य कोषबाट करोडौं रुपैयाँ खर्च हुने गरेको देखिएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत विशेष भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयबाट उक्त चार शीर्षकका लागि मात्र २ करोड ६९ लाख खर्च गरेको विवरण समितिसमक्ष पुगेको छ।

'विशिष्ट व्यक्तिका लागि फर्निचर, किचेन, धारा, बिजुली, पर्दा आदि सामान उपलब्ध गराउने गरेको पाइयो,' समितिसमक्ष आएको विवरणमा उल्लेख छ, 'विशेष भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयले यस वर्ष सामान खरिदका लागि २ करोड ६९ लाख खर्च गरेको छ।' तर, कुन मापदण्डका आधारमा उक्त रकम खर्च गरियो, त्यसको जवाफ भने सरकारी कार्यालयसँग छैन।

मापदण्डबिनै अबर्ौं रकम खर्च गर्ने र वर्षैपिच्छे बेरुजुमा जाने गरेपछि सरकारले त्यसलाई रोक्नका लागि मापदण्ड बनाएर रकम निकासा गराउने प्रयास भने गरेको देखिएको छ। सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदले 'बहालवाला विशिष्ट पदाधिकारीको निवासमा उपलब्ध गराइने सेवा–सुविधासम्बन्धी निर्देशिका–२०७०' तयार गरे पनि कार्यान्वयनमा आउन सकेको छैन।

मन्त्रिपरिषद कार्यालयअन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिले सिफारिस गरेको मापदण्डअनुसार मात्र विशिष्टलाई सेवा–सुविधा प्रदान गर्ने भनिए पनि समितिले अझै मापदण्ड बनाएर दिन सकेको छैन। 'मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने २०७१ माघ २३ को मन्त्रिपरिषद बैठकबाट आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय भएको तर उक्त समितिबाट निर्णय हुन बाँकी रहेको अनुरोध गर्दछु,' समितिसमक्ष आएको पत्रमा भनिएको छ।

विशिष्टका लागि मापदण्डबिनै अर्बौं खर्च गरिएको पाइएपछि समितिले मापदण्ड बनाएर मात्र त्यस्तो सेवा–सुविधा दिन र रकम निकासा गर्न निर्देशन दिइसकेको संयोजक खतिवडाले जनाए। 'मापदण्डबिना यसरी राज्य कोषबाट अर्बौं रकम निकासा दिन पाइँदैन, पहिला मापदण्ड बनाउनुहोस् भनेर सम्बन्धित निकायलाई समितिले निर्देशन दिइसकेको छ,' खतिवडाले भने।

मापदण्ड तयार नभएसम्म विशिष्टको सुविधामा भएको खर्चको बेरुजु फर्स्योट गर्ने पक्षमा समिति नरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

सार्क विदेश मन्त्रीस्तरीय बैठक पोखरामा पक्का

पोखरा–दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय बैठक पोखरामा हुने भएको छ। पोखराबाट काठमाडौं फर्कने क्रममा शुक्रबार पत्रकारहरुमाझ उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले यो जानकारी दिएका हुन्।

भरुवा बन्दुक सहित राई पक्राउ

धनकुटा–धनकुटाको पाख्रिवासवाट प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ।

पेट्रोलियम पदार्थ तस्करी कायमै

इटहरी–नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले उपभोक्तालाई पुग्दो तेल दिइरहेको छ। सबै नाका सहज भएसँगै भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगम क्षेत्रीय कार्यालयलाई तोकिएकै कोटा अनुसार तेल दिए अनुसार...

नागरिककर्मी गौतम सम्मानित

नागरिककर्मी गौतम सम्मानित

काठमाडौं–नागरिक दैनिककर्मी सुवोध गौतम सम्मानित भएका छन्। वातावरणको क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै स्टेप फर माईल्सले गौतमलाई सम्मान गरेको हो।

पुजारी र भक्तजनले हेर्न नहुने 'कालभैरव'

रामपुर(पाल्पा)-भैरवस्थानस्थित कालभैरव मूर्ति विकराल भएकाले पुजारी र दर्शनार्थी कसैलाई पनि प्राचीनकालदेखि नै हेर्न दिइँदैन।

कागज कारखानामा भीषण आगलागी

ललितपुर-ललितपुरको बागमति करिडोरमा रहेको एस आर सप्लायर्समा आललागी भएको छ।

बन्दुक बोक्ने सेना बिरामीको उपचारमा

बन्दुक बोक्ने सेना बिरामीको उपचारमा

सिरहा- समान्यतः सेना ब्यारेकमा बस्ने, जनतासँगको सम्पर्क कमै गर्ने रिजर्व किसिमको फौज हो। तर सिरहामा अचेल नेपाली सेनाले नयाँ अभ्यास सुरु गरेको छ 'सेना नागरिक सम्बन्ध सुधार'। सिरहाको चोहर्वास्थित नयाँ...

वीरगन्ज नाका तस्करी नियन्त्रणबाहिर

वीरगन्ज नाका तस्करी नियन्त्रणबाहिर

वीरगन्ज- मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीसँगै वीरगन्ज नाकामा चुलिएको तस्करी नाका सहज भइसक्दा पनि निरन्तर छ। वीरगन्ज भन्सार कार्यालय भएर निस्केका मालवाहक गाडीमै दिनहुँ प्रज्ञापनपत्रभन्दा बढी परिमाण र मूल्यका...