रेसिडेन्ट एसोसियसन अफ न्याम्स (र्यान) अर्न्तगत रहेर ड्युटीमा बस्ने चिकित्सकको ड्युटी कक्षलगायत विषयमा भएको पुरानो सहमति कार्यान्वनका बारे छलफलका क्रममा प्रतिष्ठानका उपकूलपति डा.चन्द्रप्रकाश मास्के र र्यानका चिकित्सकबीच विवादपछि आवासीयहरुले गत बुधबारदेखि आकस्मिक बाहेकको सम्पूर्ण सेवा रोकेका थिए। सो क्रममा आवासीयहरुले उपकूलपति डा.मास्के, रेक्टर डा.श्रीकृष्ण गिरी र निर्देशक डा.दीर्घराज आरसीलाई एक घण्टा उनीहरुकै कार्यकक्षमा थुनेका थिए।
आकस्मिक बाहेकका सेवामा काम नगर्ने आवासीयको निर्णयले वीर अस्पतालले प्रदान गर्ने सम्पूर्ण सेवा प्रभावित भइरहेको बेला आकस्मिक सेवा पनि बन्द हुनुले समस्या झन् थपिएको छ।को हुन् आवासीय चिकित्सक?
रेजिडेन्टस एसोसिएसन अफ न्याम्स (र्यान) अर्न्तगत झण्डै दुई सय चिकित्सक वीर अस्पतालमा कार्यरत छन्। उनीहरु प्रतिष्ठान अर्न्तगत चिकित्साशास्त्रमा स्नातकोत्तर तह (एमडी/एमएस) अध्ययनरत चिकित्सक हुन्। वीर अस्पतालले दिने ओपिडी सेवा अधिकांश आवासीय चिकित्सकले दिँदै आएका छन्। सबै शल्यक्रियामासमेत वरिष्ठ चिकित्सकको नेतृत्वको टोलीमा आवासीयहरु नै हुन्छन्।
आवासीय बाहेक वीरमा एक सयको हाराहारीमा वरिष्ठ चिकित्सक छन्। तर उनीहरु पूर्ण समय काम गर्दैनन्। त्यसैले आवासीय चिकित्सक हड्तालमा उत्रँदा वीर अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुने गर्छ।
मन्त्रीसित मात्रै वार्ता
बन्द खुलाउन प्रतिष्ठानले गत साता नै पत्र पठाएको भएपनि आन्दोलनरत आवासीय चिकित्सकहरुले त्यसलाई अस्वीकार गरेका थिए। र्यानका प्रवक्ता अर्विन जोशीले अपमानीत व्यवहार प्रदर्शन गर्ने उपकूलपतिलगायतका पदाधिकारीसँग वार्ता नगर्ने र न्याम्सका सहकूलपति समेत रहेका स्वास्थ्य मन्त्रीसँग मात्रै वार्ता गर्ने अडान राखेका छन्।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



