Nepal Republic Media Pvt. Ltd.

epaper
Wednesday
Mar 10th

पूर्व राजा मकर मेलामा

smaller text tool iconmedium text tool iconlarger text tool icon
राजा आउ, देश बचाउ नारा लगाइयो-
मधुसुदन गुरागाईं, पनौती माघ २५- पूर्व राजा ज्ञानेन्द्र साँढे ११ बजे पनौती पुगेर मकर मेला भरी एक घन्टापछि राजधानी फर्केका छन्। अङ्गरक्षकका साथ आफैं मोटर चलाएर गएका उनीसँग अरु कोही थिएन। उनले 'यो भ्रमण धार्मिक उद्देश्यका लागि भएको' प्रतिक्रिया सञ्चारकर्मीलाई दिएका थिए।
सञ्चारकर्मीसँग २ मिनेट भेटाउने भनिए पनि उनलाई हेर्ने र स्वागत गर्नेको अत्याधिक भीडका कारण त्यसो हुन सकेन। मानेश्वरी बसपार्कदेखि उनलाई स्वागत गर्नेको ताँती थियो। त्यस अवसरमा राजा आउ देश बचाउ भन्ने नारा पनि लगाइएको थियो।

वाइसिएलमा लागेकादेखि विभिन्न दलका कार्यकर्ताले पूर्व राजाको स्वागत गरेका थिए। खासगरी राजावादी पार्टी (पूर्व पञ्चको पार्टी) का कार्यकर्ता उनलाई स्वागत गर्न बढी उपस्थित थिए।

इन्द्रेश्वर क्याम्पसको सहयोगार्थ लगाइएको शिवपुराणस्थल पुगेर उनले १ लाख रुपैयाँ चन्दा दिएका थिए। त्यसैगरी माइती वृद्धाश्रम निर्माणका लागि कृष्ण प्रणामी समाजले लगाएको यज्ञमा पनि उनले १ लाख सहयोग प्रदान गरेका थिए।

त्रिवेणीघाटमा लगाइएको शिवपुराण यज्ञमा उनी अतिथिको आसनमा पनि केहीबेर बसे। उनले त्यहाँ कल्याणी मातालाई पनि भेटे। कुराकानीका अवसरमा कल्याणी माताले पूर्व राजा ज्ञानेन्द्रलाई 'राजा भएर सत्य र न्यायको पक्षमा लाग्नुपर्छ, चूप लागेर बस्नुहुन्न' भनेकी थिइन। प्रतिउत्तरमा उनले टाउको हल्लाएका थिए।

हरेकृष्णवाला स्टलमा पुगेर उनले श्रीकृष्णको दर्शन पनि गरेका थिए।




प्रतिक्रियाहरू (6)Add Comment
binod thapa
February 10, 2010
202.70.85.58
...

rajtantra pheri na aaula bhanna sakidaina yo nepal ko abastha dekher loktantra ra gantantra ta nepali janta le dekhi sake................pheri pae ke sasti .............yas bat bachauna ............raja le pheri raj garnu parla bhanna sakidaina............

Smita
February 08, 2010
83.244.230.115
...

YCL लाई पनि लाग्न थाल्यो होला नि त अहिले, यी छाडा कुकुर जस्ता नेता हरु भन्दा त राजा नै ठिक थिए भनेर, तेसै कारण ले स्वागत नै गर्न थालेका होलान...

Omraj
February 08, 2010
220.253.155.201
...

राजा भएर सत्य र न्यायको पक्षमा लाग्नुपर्छ, चूप लागेर बस्नुहुन्न'

anjana thapa
February 08, 2010
202.52.240.39
...

loktantra aaye pachhi k k na hunchha bhanera kurle ka thiye tara uhi raja lai nai guharna parne po bhayechha lau dekhiyo naya nepal ko naya paara .

laxman
February 08, 2010
78.101.114.225
...

raj ji ma pani hajur ko kurama sahamat chhu hai.

RAJ
February 08, 2010
220.214.160.150
...

वाइसिएलमा लागेकादेखि विभिन्न दलका कार्यकर्ताले पूर्व राजाको स्वागत गरेका थिए।

Yee ta rastrapati pani hoinana. na ta mantri nai kina birodh garnu ra Yshal le . feri yin ko birodh garer prachanda ko gumeko kurchi pani ta aaudaina ni kaso kamired haru. baru line milema arko chunaw lai chanda vane Yshal le badi nai pailan.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

समाज

onlineversion

ब्लग

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली