गोरखा, माघ २६- मनकामना गाउँ विकास समितिमा रहेको मनकामना माईको मन्दिर र गोरखा नगरपालिकामा रहेको कालिका मन्दिरमा परेवा, कुखुरा, हाँसलगायत पंक्षी चढाउन र बली दिन जिल्ला पशुसेवा कार्यालय, गोरखाले रोक लगाएको छ। पोखरामा बर्डफ्लु फैलिएपछि उच्च सतर्कताका लागि जिल्लाका विभिन्न कार्यालयका प्रमुखको बैठकले सो निर्णय गरेको हो।
अर्को सूचना जारी नहुँदासम्म कुनै पनि पंक्षी चढाउन नपाइने जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक क्षेत्रबहादुर केसीले बताए।
गत वर्ष पनि बर्डफ्लुको हल्ला चलेपछि दुई महिनासम्म मन्दिरमा पंक्षी चढाउन रोक लगाइएको थियो।
मन्दिरमा बोका चढाउन भने रोक नलगाएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताए। रासस
प्रतिक्रियाहरू (0)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





