अमर खड्का, इटहरी, फागुन १६- विस्तृत शान्ति सम्झौता उल्लङ्घन गर्दै एकीकृत माओवादीले सुनसरी–मोरङमा १ सय ७५ बिघा जग्गा कब्जा गरेको छ।
दुई महिनायता माओवादीले थालेको सङ्गठन, सङ्घर्ष र रुपान्तरण कार्यक्रमको नाममा सुनसरीमा १ सय ४५ विघा ५ कट्ठा २ धुर र मोरङमा २९ विघा १५ कठ्ठा निजी तथा सरकारी स्वामित्वका जग्गा कब्जा गरेको हो।
माओवादीले सुनसरीको इटहरी–४ स्थित गीता मन्दिर धरानको स्वामित्वमा रहेको १ विघा १८ कठ्ठा जग्गा कब्जा गरेको छ। यो जग्गामा माओवादीले पार्टी निकट सुकुम्बासीलाई बसाउन खोजे पनि प्रहरीले टहरा निर्माण थालेपछि उखेलेर फ्याँकिदिएको थियो।
माओवादीले छिटाहाका सुरेन्द्र अग्रहरीको १ सय ३८ विघा जग्गा कब्जा गरेको छ। विराटनगर बस्दै आएको अग्रहरीको झण्डै २ सय मन धानसमेत कब्जा गरेको माओवादीको अखिल नेपाल सुकुम्बासी सङ्घ सुनसरीले जनाएको छ। अग्रहरीले लगाएको धान कब्जा गरेर गरीब सुकुम्बासीलाई वितरण गरेको अध्यक्ष सुरेन्द्र कटुवालले बताए।
माओवादी कार्यकर्ताले छिटाहाकै केशव वडुवालको ५ विघाभन्दा बढी जग्गा पनि कब्जा गरेको इन्सेकले जनाएको छ। मधेली–२ का दिब्यराज दाहालले चलन गरिरहेका पर्ति जग्गा पनि माओवादी कार्यकर्ताले कब्जा गरेका छन्। दाहालको सात कट्ठा दुई धुर जग्गा कब्जामा लिएर स्थानीय सुकुम्बासीलाई वितरण गरेको जनाइएको छ।
हरेक स्थानमा दलबलसहित गएर झण्डा गाडेर कब्जाको घोषणा गर्ने गरेका माओवादीले मोरङको उर्लाबारी–६ का सुरेन्द्रबहादुर निरौलाको १ विघा ४ कट्ठा जग्गा कब्जा गरेको छ। सुरेन्द्रबहादुरले भने यो जग्गा निरौला सेवा समितिले भवनलगायत अन्य मठमन्दिर निर्माण गर्न खरीद गरिसकेकाले कब्जा गरेको जग्गा फिर्ता गर्न माओवादीसँग आग्रह गरेका छन्।
यस्तै डायनिया–२ का बाजुउदीन मिया, कपिलउदीन मिया, संगीउदीन मियाँ, गलापउदीन मिया, रिहाउदीन मियालगायतको स्वामित्वमा रहेको १६ बिघा जग्गा कब्जा गरिएको छ। माओवादीले कटारी–२ को नारी विकास सङ्घ र जनप्रिय माविको ४ विघा, झाप वैजनाथपुर–७ का नगेन्द्र राजवंशीको ४ विघा ९ कट्ठा र राजघाट–८ का चन्द्र आचार्यले भोगचलन गरेको ४ बिघा जग्गा पनि कब्जा गरेको छ। आपगाँछी–९ का नारायण मण्डलको पनि माओवादीले २ कट्ठा जग्गा कब्जा गरेको घोषण गरेको छ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook