कलेन्द्र सेजु्वाल, सुर्खेत, फागुन १६- युथफोर्स र वाइसिएलबीचको झगडामा एक वाइसिएल कार्यकर्ताको मृत्यु भएको छ। शनिबार राति ९ बजे पूर्वी सुर्खेतको मैनतडामा २१ वर्षीय वाइसिएल कार्यकर्ता आशाराम सुनारको खुकुरी प्रहारबाट मृत्यु भएको हो। मृतक सुनार वाइसिएलका इलाका कमिटी सदस्य हुन्।
झगडामा माओवादी कार्यकर्ता हिराबहादुर बिक, खीमबहादुर वली र सेतीराम सुनार घाइते भएका छन्। घाइतेहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
केही दिनअघिको विवाद मिलाउने क्रममा युथफोर्स कार्यकर्ताहरु शशी खत्री, दलबहादुर घर्ती, चोपेन्द्र रखाललगायतको समूहले एक्कासि आक्रमण गरी हत्या गरेको वाइसिएलले जनाएको छ। वाइसिएलले खत्रीलाई पक्राउ गरी प्रहरीलाई बुझाएको छ। घटनाको विरोधमा एकीकृत माओवादीले आइतबार बिहानैदेखि छिन्चु–जाजरकोट सडक अवरुद्ध गरेको छ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook