रुद्र खड्का, नेपालगञ्ज, फागुन १७- होलीका कारण विवाद हुँदा दैलेखको कुसापानी गाविसस्थित पानीपोखरी प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा तीन प्रहरी घाइते भएका छन्। एकको अवस्था गम्भीर छ। गम्भीर घाइते प्रहरी हवल्दार बर्मबहादुर थापालाई उपचारका लागि नेपालगञ्जस्थित वीरेन्द्र प्रहरी अस्पताल भर्ना गरिएको छ।
अन्य दुईको उपचार जिल्ला अस्पताल दैलेखमा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सामान्य घाइते भएका असई प्रेमबहादुर थापा र जवान खगेन्द्र गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।
होलीमा वाइसीएल कार्यकर्ताले स्थानीय युवतीलाई इच्छाविपरित रंग दले भन्दै प्रहरीमा उजुरी दिएपछि हिजो साँझ पानीपोखरी चौकीबाट प्रहरी खटिएको थियो। गाउँमा प्रहरी देखेपछि रंग लाउने ती कार्यकर्ताले प्रहरीविरुद्ध जाइलाग्न संगठनसँग सहयोग मागेको प्रहरीले बताएको छ। अहिले घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले बतायो।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook