कौशलटार दुर्घटनामा एकको मृत्यु, सर्वसाधारणले तीन सवारी साधन जलाए

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, फागुन २६ (नागरिक)- भक्तपुर-काठमाडौं चल्ने बा १ ख २०३५ नम्बरको मिनीबसले कौशलटारमा मोटरसाइकललाई ठक्कर दिँदा बुधबार साँझ एकको मृत्यु भएको छ। मृत्यु हुने मोटरसाइकल चालक भक्तपुर चोथेन निवासी ३५ वर्षे केदार दथेपुथे रहेको प्रहरीले जनाएको छ। मिनीबसले केदारले चलाइरहेको बा १९ प ५९८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा केदारको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

भक्तपुर परिसर प्रमुख एसपी पुष्प रञ्जितका अनुसार मिनीबस चालक ४२ वर्षे रामजी सिन्तकललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। दुर्घटनाको विरोधमा सर्वसाधारणले विरोध प्रदर्शन गरी ३ वटा बसमा आगजनी गरेका छन्। प्रदर्शनका कारण केही समय कोटेश्वर-भक्तपुर क्षेत्रमा यातायात अवरुद्ध भएको थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज