Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

चिनिया सुरक्षाकर्मीद्वारा रसुवागढी नाकामा व्यापक कडाई

smaller text tool iconmedium text tool iconlarger text tool icon
त्रिशूली (नुवाकोट), फागुन २७-  चीन प्रवेशको दोस्रो ठूलो मार्ग रसुवागढी नाकामा चिनिया सुरक्षाकर्मीले कडाई गरेका छन्। चिनिया शासनविरुद्ध तिब्बतमा भएको असफल विद्रोह दिवसमा तिब्बती शरणार्थीले चीन विरोधी गतिविधि गर्ने शङ्काले नाकामा नेपाली सुरक्षाकर्मीसँग छलफल गरी कडाइ गरिएको हो।

सीमामा कडाइका लागि केरुङ पुलमा चेकपोष्ट खडा गरी चिनिया सुरक्षा पक्षले जाँच बढाएको छ। मार्च महिनाभर कडा चेक जाँच सुरु गरेको रसुवाका प्रहरी नायव उपरीक्षक ओम रानाले जानकारी दिए।

लामा र उनका समर्थकले स्वतन्त्र तिब्बत मागसहित आन्दोलन गर्दै आएका छन्। तिब्बती शरणार्थी मात्र नभई चीन प्रवेशमा नेपालीलाई समेत कडा चेक जाँचपछि आधिकारिक प्रमाणका आधारमा मात्र प्रवेश दिइन थालिएको छ। यसैगरी रसुवागढी मार्गबाट विभिन्न सामान आयात-निर्यातमा प्रतिबन्धसमेत लगाइएको छ।

केरुङ तिब्बतसँग व्यापारिक कारोबार हुने पुरानो नाका हो। स्याब्रुबेसी-केरुङ सडक निर्माण कार्य पूरा भएपछि यो नाकामा व्यापारिक चहलपहल बढ्नेछ।
- देवचन्द्र भट्ट
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer