अजीत तिवारी, विराटनगर, फागुन २७- केही समयअघि मात्र विराटनगरमा एमालेका युवा नेता परशुराम बस्नेतमाथि गोली प्रहार भएको छ। उनलाई एउटा गोली कम्मरमुनि लागेको छ भने अर्को गोली खुट्टामा लागेको छ। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। जनपथस्थित घर जाँदै गरेका बेला उनीमाथि गोली प्रहार भएको हो।
उनी पैदलै घरतर्फ जाँदै थिए। बस्नेत युथ फोर्स मोरङका इन्चार्जसमेत हुन।
प्रतिक्रियाहरू (0)



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



