उनीहरुले गोली चलाएकोले प्रतिकार गरेकोः सेना
रुद्र खड्का, नेपालगन्ज, फागुन २७- सुर्खेत र बर्दियाको सिमाना बबइमा सेनाले चलाएको गोली लागी तीन महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेत हरिहरपुर गाविस-२ का ३५ वर्षीय देवीसरा विक, ३३ वर्षीय अमृता विक र १२ वर्षीय चन्द्रकला विक छन्।
घटनास्थल निकुञ्ज क्षेत्र आसपास पर्छ। बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको सेनाको एक टोली निकुञ्ज निरीक्षण गर्ने क्रममा बर्दियाको ठाकुरद्वाराबाट त्यसतर्फ गएको थियो। कर्णेलको नेतृत्वमा गएको उक्त टोलीले किन र के कारणले गोली चलायो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको घटना पुष्टि गर्दै बर्दियाका प्रहरी प्रमुख पशुपति उपाध्यायले बताए।
अहिले भुरीगाउँलगायतबाट प्रहरी टोली त्यसतर्फ पठाइएको पनि उनले बताए। घटनास्थल निकुञ्जको अम्बासबाट ५ घन्टाको पैदल दूरीमा पर्छ। अम्बासचाहिँ नेपालगन्जबाट ८० किलोमिटर दूरीमा पर्छ।
घटनास्थलमा ३ नाल भरुवा बन्दूक, चार राउण्ड गोली र २ बट्टा बारुद फेला परेको जानकारी पनि उपाध्यायले दिए।
यसैबीच राति नौ बजे सेनाले विज्ञप्ति जारी गर्दै मारिएका महिला शिकारी भएको र सेनाको गस्ती टोलीलाई फायर गरेपछि प्रतिकारका क्रममा गोली चलाउँदा मारिएको दावी गरेको छ।
रुद्र खड्का, नेपालगन्ज, फागुन २७- सुर्खेत र बर्दियाको सिमाना बबइमा सेनाले चलाएको गोली लागी तीन महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेत हरिहरपुर गाविस-२ का ३५ वर्षीय देवीसरा विक, ३३ वर्षीय अमृता विक र १२ वर्षीय चन्द्रकला विक छन्।
अहिले भुरीगाउँलगायतबाट प्रहरी टोली त्यसतर्फ पठाइएको पनि उनले बताए। घटनास्थल निकुञ्जको अम्बासबाट ५ घन्टाको पैदल दूरीमा पर्छ। अम्बासचाहिँ नेपालगन्जबाट ८० किलोमिटर दूरीमा पर्छ।
घटनास्थलमा ३ नाल भरुवा बन्दूक, चार राउण्ड गोली र २ बट्टा बारुद फेला परेको जानकारी पनि उपाध्यायले दिए।
यसैबीच राति नौ बजे सेनाले विज्ञप्ति जारी गर्दै मारिएका महिला शिकारी भएको र सेनाको गस्ती टोलीलाई फायर गरेपछि प्रतिकारका क्रममा गोली चलाउँदा मारिएको दावी गरेको छ।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook