फेला परेकामध्ये ४१ गाविसमा ८ सय २१ र नगरपालिकामा १ सय ३६ छन्। सदरमुकाम तौलिहवासँग जोडिएको धनकौली गाविसमा सबै भन्दाबढी १ सय ५४, गुगौली गाविसमा ५४, सोमडिहमा ४९ रहेका छन्। पत्ता लागेका पुरुष समलिङ्गीमध्ये सिहोखोर गाविसका तीन र गौरी, बसन्तपुर तिर्तिखी र नगरपालिकामा एक-एक गरी सातजना एचआईभी सङ्क्रमित छन्।
दुईसय ३७ समलिङ्गीको रगत परीक्षण गर्दा सातजना सङ्क्रमित फेला परेको र एचआईभी सङ्क्रमितको सङ्ख्या अझ बढ्ने सम्भावना रहेको बताइएको छ।
संस्थाका अनुसार उक्त सङ्ख्या हालसम्म नेपालकै सबै भन्दाबढी पुरुष समलिङ्गी फेला परेको जिल्ला भएको दाबी गरेको छ। "अहिलेसम्म यत्तिका सङ्ख्यामा कुनै पनि जिल्लामा पुरुष समलिङ्गी फेला परेको तथ्य सार्वजनिक भएको छैन" अध्यक्ष द्विवेदीले भने।
अधिकांश पुरुष समलिङ्गी व्यावसायिक तथा स्थानीयस्तरका नाचगान (नौटङ्की) मा काम गर्ने कलाकर्मीहरु रहेका छन्। जसमध्ये ३० जना समलिङ्गी सार्वजनिकसमेत भएका छन्। उनीहरुले जीवन सुधार सञ्जाल नामक संस्थासमेत बनाएका छन्।
सङ्क्रमित पुरुष समलिङ्गीहरुको स्वास्थ्य उपचार र अधिकारका लागि सञ्जालले अग्रसर भएर कार्य गरिरहेको अध्यक्ष जयसराम कोरीले बताए। अधिकांश पुरुष समलिङ्गीहरुले आफूलाई एचआईभी, यौनरोगसम्बन्धी जनचेतना नभएर असुरक्षित तरिकाले यौनसम्पर्क गरिरहेको खुलासा समेत गरे। जसका कारण अहिले सातजना सङ्क्रमित भइसकेका छन्।
संस्थाले उनीहरुलाई सङ्क्रमित हुन नदिन र एचआईभी एड्सबारे जनचेतना तथा स्वास्थ्य तालिमहरुसमेत प्रदान गरेको छ। उनीहरुलाई निःशुल्करूपमा कण्डम तथा लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको छ। - रासस


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





