लहान, चैत ५ (नागरिक)- एकिकृत नेकपा माओवादीले सिरहाको चन्द्रोदयपुरमा आयोजना गरेको एक कार्यक्रममा बोलाइएका पत्रकारलाई वाइसिएल कार्यकर्ताले रोक लगाएका छन्।
बुधबार दिउसो ११ बजेका लागि भनेर कार्यक्रमको सामाचार सङ्कलनका लागि आयोजक मिथिला राज्य समितिले पत्रकार बोलाएको थियो। निर्धारित समयमा समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई सुरक्षामा खटिएका वाइसिएल कार्यकर्ताले प्रवेश गेटमै रोकेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्न माओवादी उपाध्यक्ष डा. बाबुराम भटराई उपस्थित भएका थिए।
कार्यक्रममा पत्रकार बोलाएर उनीहरुमाथि लगाइएको रोकप्रति नेपाल पत्रकार महासङ्घ, सिरहाका सचिव दिनेश देवले दु:ख व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook