एकै परिवारका तीन जना परे-
दैलेख, चैत ५- कालीकोट सदरमुकाम मान्मबाट सुर्खेत आउँदै गरेको बस दुर्घटनामा परी मर्नेको सङ्ख्या ३१ पुगेको छ। दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ जनाको मात्र सनाखत हुन सकेको छ। शव निकाल्ने क्रम जारी रहेको र धेरै घाइते भएकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।
काँक्रेबिहार यातायातको ना ३ ख ५८६८ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको नगरे भिरबाट खसेर दुर्घटना भएको थियो। जसमध्ये ३१ जनाको शव निकालिसकिएको छ।
बिहान ६ बजे मान्मबाट बस छुट्दा त्यसमा ३४ जना यात्रु सवार थिए। करिब ७ बजे दैलेखको पीपलकोट गाविस-६ मा दुर्घटना हुँदा ७० जनाभन्दा बढी सवार भएको स्थानीयले बताएका छन्। कर्णाली राजमार्गबाट करिब १ सय ५० मिटर तल बस नदीमा खसेको थियो। यात्रुमध्ये १२ जना गम्भीर घाइते भएका छन्। उनीहरुमध्ये १० जनालाई श्री एयरको हेलिकोप्टरमार्फत् उपचारका लागि कोहलपुर शिक्षण अस्पताल लगिएको दैलेख प्रहरीले जनाएको छ।
घटनास्थलमा सुर्खेतबाट क्षेत्रीय प्रहरी प्रमुख डिआइजी दिनकरशमशेर जवरा, क्षेत्रीय प्रशासक, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगिसकेको छ। दुर्घटना भएको १ घण्टापछि दैलेखको राकम कर्णाली प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगी घाइतेको उद्दार गरेका थिए।
दैलेखका प्रहरी नायव उपरीक्षक राजेन्द्रसिंह खड्का, सहायक प्रजिअ नारायण श्रेष्ठ, स्थानीय विकास अधिकारी दिलबहादुर शाही, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सम्मिलित सर्वपक्षीय टोली घटनास्थल लागेको छ। उकालोमा बस चढ्न नसकेपछि स्टेरिङ फेल हुन पुग्दा बस दुर्घटना भएको प्रहरीले बताएको छ। घटनास्थलमा राकमस्थित नेपाली सेना, जिल्ला प्रहरी कार्यालय कालीकोटबाट इन्सपेक्टर र अछामबाट डिएसपीसहितको प्रहरी टोली र स्थानीयबासीले शव नदीबाट बाहिर निकाल्दै सनाखत गरिरहेका छन्।
दैलेख पीपलकोटका एकै परिवारका ३ जना गीता बस्नेत, प्रवल बस्नेत र अप्सरा बस्नेतको उक्त दुर्घटनामा मृत्यु भएको छ। ५ महिने एक बालकको पनि दुर्घटनामा परी मृत्यु भएको छ। २ वर्षे अर्का एक बालक भने बाँच्न सफल भएको स्थानीय कलम मुस्कोटेले जानकारी दिए।
- प्रकाश अधिकारी

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook