Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

भक्तपुरका हाकिम महिलै महिला

smaller text tool iconmedium text tool iconlarger text tool icon
ऋचा अर्याल, काठमाडौ, चैत ६- भक्तपुर जिल्लाका एक दर्जन कार्यालयमा महिला हाकिम छन्। जिल्लाको सुरक्षा, विकास, शिक्षा, बन लगायत महत्वपूर्ण निकायको नेतृत्व महिला अधिकृतले गरेका छन्।

भक्तपुर प्रहरी वृत्तदेखि जिल्ला शिक्षा अधिकारी र स्थानीय विकास अधिकारी समेत महिला छन्।

खानेपानी संस्थान होस् वा जिल्ला वन कार्यालय, वा जिल्ला कोष तथा लेखा नियन्त्रकको कार्यालय सबैमा महिलै प्रमुख छन्। 'नगरपालिका कार्यकारी अधिकृत र नेपाल बैक लिमिटेडको प्रमुख पदमा समेत महिलै छन्', काठमाडौ खानेपानी संस्थान, भक्तपुर शाखाकी कार्यालय प्रमुख सानु कायष्ठले भनिन्, 'सबै ठाउँमा पुरुषले प्रभुत्व जमाइरहेको बेला यसरी महिला अगाडि बढ्नु ठूलो कुरा हो।'

सानै ठाउँमा भए पनि सरकारले महिलालाई निणार्यक पदमा स्थापित गराएर सराहनीय काम गरेको बताउने इञ्जिनियर कायष्ठका अनुसार यो अवसरले महिलालाई अगाडि बढ्न निकै प्ररणा दिएको छ। भन्छिन्, 'यो ठाउँमा पुगेर मैले पुरुषले गर्ने भन्दा बढी गरेको छु भनेर देखाउन सक्छु'।

भक्तपुर जिल्ला जनसंख्या तथा क्षेत्रफलको हिसाबले हुनुका साथै यातायात सुविधा समेत भएको क्षेत्र हो। यो क्षेत्र सानो भएको र राजधानीबाट समेत नजिक भएकोले सरकारले पनि महिलालाई यहि ठाउ दिएको बताउछन् भक्तपुर नगरपालिकाका प्रमुख मदनकृष्ण श्रेष्ठ।

'निर्णायक तहमा समावेशी गर्ने हिसाबले सरकारले नै महिलालाई सहुलियत स्वरुप यो ठाउ दिएको हो कि', प्रमुख श्रेष्ठले नागरिकसित भने,'यो तहमा आइकन उनीहरूले दिएको काम जिम्मेवारी र लगनशीलताका साथ पूरा गरेको पाएको छु'। निर्णायक तहमा काम गर्ने समय निर्णय गर्न केही डराएपनि उनीहरुलाई दिइएको जिम्मेवारी पुरा गर्ने गरेको श्रेष्ठको अनुभव छ। भन्छन्,' यसरी महिलालाई कार्यक्षेत्र रुपमा भक्तपुर दिइएकोमा निकै खुशी लागेको छ'। उनका अनुसार नेपालकै पहिलो प्रमुख जिल्ला अधिकारीको रुपमा स्थापित उषा नेपालले पनि २०४८ सालको संसदिय निर्वाचनमा भक्तपुरबाटै आफ्नो थालनी गरेकी थिईन्।

त्यसैगरी हाल भक्तपुरमा कार्यरत अन्य कर्मचारीमा स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, भक्तपुरकी प्रमुख अरुणा नकर्मी, स्थानीय विकास अधिकारी प्रभा पाण्डे, काठमाडौ खानेपानी संस्थान लिमिटेड, भक्तपुर शाखाको कार्यालय प्रमुख इञ्जिनियर सानु कायष्ठ, जिल्ला शिक्षा अधिकारी निरा शाक्य, जिल्ला वन अधिकृत सन्तमाया श्रेष्ठ, ठिमी प्रहरी वृतकी प्रहरी नायब निरिक्षक (डिएस्पी) राधिका खड्का, जिल्ला कोष तथा लेखा नियन्त्रक(कोलेनी) की प्रमुख कोष नियन्त्रक यमुना प्रधान, साना तथा घरेलु कार्यालयकी अधिकृत विष्णु कुमारी भट्टराई, महिला विकास कार्यालयकी प्रमुख अनिता अधिकारी, भक्तपुर नगरपालिकाकी कार्यकारी निर्देशक देवीमाया घिमिरे , विरेन्द्र सैनिक स्कुलकी प्रिन्सिपल इन्दु चेमजोङ, लगायत नेपाल बैंक लिमिटेडकी प्रमुख मिना सैंजु, रहेका छन्।

'महिलालाई पनि यसरी निर्णयक तहमा पुर्‍याएर काम गर्न दिनु भनेको महिलाले पनि अरु सरह नै काम गर्न सक्छन् भनेर देखाउनु हो', स्थानीय विकास अधिकारी प्रभा पाण्डेले भनिन्, यो जिल्ला जनसख्या र क्षेत्रफलको हिसाबले पनि सानो भएकोले महिलाको लागि काम गर्न सजिलो छ'। उनका अनुसार यो ठाउ राजधानीबाट समेत नजिक भएकोले महिलालाई काम गर्न सजिलो भएको बताउने उनका अनुसार घर छोडेर जान नसक्ने महिलाका लागि सरकारले यो ठाउँ दिएको हो।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer