Nepal Republic Media Pvt. Ltd.

Wednesday
Sep 08th

जीप दुर्घटनामा नौजनाको मृत्यु, ६ घाईते

smaller text tool iconmedium text tool iconlarger text tool icon
चाँदनी हमाल, चितवन, साउन १५- नवलपरासीको पहाडी गाविस अर्खलाबाट दलदले जाँदै गरेको जीप शनिबार देउरालीको सुर्खाखोला नजिकै दुर्घटनाग्रस्त हुँदा नौजनाको मृत्यु भएको छ। अन्य ६ यात्रु घाईते छन्।
उनीहरुको अवस्था गम्भिर रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

नवलपरासीको डेढगाउँबाट यात्रु लिएर दलदले जाँदै गरेको लु १ ज १८८० नम्बरको यात्रु बोकेको जीप अर्खला गाविस ३ सुर्खाखोला नजिकै कच्ची सडकबाट शनिबार बिहान एकसय फिट तल खस्दा नौजनाको मृत्यु भएको हो।


मृत्युहुनेमध्ये दिउँसोसम्ममा तीनजनाको मात्र सनाखत भएको छ। सनाखत हुनेमा नवलपरासी बुलिङटार गाविसमा लीलप्रसाद रानाभाट, उनका १० वर्षिय नाती सौरभ रानाभाट र बुलिङटार ७ का जानीटार मगर रहेका छन्। दुर्घटनास्थल पूर्वपश्चिम राजमार्ग दलदलेबाट करिब २५ किलोमिटरभित्र उत्तरतर्फ रहेको छ। जीपमा १५ जना सवार रहेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ।


दुर्घटनाका बारेमा प्रहरी निरिक्षक गजेन्द्रप्रसाद चौधरीको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा जुटेको थियो। दुर्गमक्षेत्र भएकाले उद्दारमा समस्या आएको प्रहरीले बताएको छ। चौधरीका अनुसार नौजनाको घटनास्थलमै मृत्यु भएको हो।


वर्खाको सडकमा जीपको स्टेरियङमा समस्या आएकाले जीप दुर्घटनामा परेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।


घटनास्थलबाट कावासोती आएका लेकबेसी यातायात व्यवसायि संघका चालक आतीलाल सुस्लिनले भने, 'कच्ची बाटो र वर्खाको बेला अनियन्त्रीत हुँदा गाडी पल्टिएको हो, घटनास्थलमा दुर्गम स्थानमा भएकाले उद्धारमा ढिलाई हुँदा नौजना मरे अरुको पनि ज्यान जाने खतरा उत्तिकै छ।' जीप दुर्घटनापछि त्यहाँबाट आएका अन्य सवारी साधनले प्रहरीमा जानकारी गराएपछि मात्र घटना भएको खुलेको थियो।


उक्त ठाउँमा संचार सुबिधा पनि नभएकाले थप अप्ठेरो परेको स्थानियको भनाई छ। नवरपरासीका पहाडी गाउँहरुमा बाटोको राम्रो सुविधा नहुँदा कच्ची सडकमा साना सवारीहरुले यात्रु बोक्दै आएका छन्।


प्रतिक्रियाहरू (3)Add Comment
0
बिबेक भट्टराई
July 31, 2010
203.218.149.100
भोट: +0
...

मान्छे बोक्ने क्षेमताभन्दा धेरै चढाएर दुर्घटना भएको हो नि केको कुनै कारण चाहियो?

0
rijan
July 31, 2010
203.82.94.99
भोट: +0
...

कस्तो जिप हो १५ जना मान्छे बोक्ने?

0
satish
August 01, 2010
115.187.16.3
भोट: +0
...

सडक बनाउन सरकारले बजेट दिनुपर्छ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज