सरकारी टोली कोशी कटान क्षेत्रमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
रोहित राई, धरान,साउन १५- सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेसहितको एक उच्च सरकारी टोलीले शनिबार कोशी ब्यारेज र कोशी तटबन्धको स्थलगत निरीक्षण गरेको छ। टोलीले कोशीले तीब्र कटान गरिरहेको भनिएको पुल्ठेगौठा क्षेत्रको साथै पटनाली खोलाको पुल पुर्ननिर्माण कार्यको स्थलगत निरीक्षण गरेका थिए।


टोलीले कोशी ब्यारेजको समेत निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए। 'उहाँहरु कोशीको वस्तुस्थिति बुझ्न आउनुभएको रहेछ, कोशीले कटान गरेको क्षेत्रमा काम कसरी भइरहेको छ, खतरा छ कि छैन भनेर बुझ्न आउनु भएको रहेछ' सुनसरीका प्रजिअ थपलियाले भने।

नेपाल र भारत सरकारका प्रतिनिधिबीच ब्यारेजको सुरक्षा र पुर्ननिर्माण प्रभावकारी बनाउने बारे सहमति भएको भोलिपल्ट सो उच्चस्तरीय सरकारी टोलीले कोशी तटबन्ध र ब्यारेजको निरीक्षण गरेको हो। शुक्रबार मात्रै धनकुटाको भेडेटारमा नेपाल र भारतको सीमावर्ती जिल्लाको प्रशासन र सुरक्षा प्रमुख बीचको वैठकले ब्यारेजको सुरक्षा र पुर्ननिर्माण कार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको थियो।

शनिबार स्थलगत निरीक्षणमा आएको टोलीमा मुख्यसचिव घिमिरेसंगै सामान्य प्रशासन सचिव वालानन्द पौडेल, सिंचाइ सचिव उमाकान्त झा, राष्टिय सर्तकता केन्द्रका सचिव ताना गौतमलगायत थिए। सो टोली शनिबारै ब्यारेज र तटबन्ध निरीक्षण गरि सप्तरी जिल्ला गएको सुनसरी प्रजिअ थपलियाले बताए। निरीक्षणमा आएको टोलीले केही निर्देशन भने नदिएको उनले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज