नगरकोटमा हिउँ परेन, दामनमा आंशिक-
काठमाडौँ, पुस १६ (नागरिक)- गएराति नौ बजेदेखि ११ बजेसम्म भएको हिमपातले दोलखाको जनजीवन प्रभावित भएको छ। रातभर अवरुद्ध लामोसाँघु-जिरी सडकखण्डको खरिढुंगामा हिउँ पन्छाएपछि आज बिहान सात बजेदेखि सवारी आवागमन सुचारु भएको छ।
नागरिकन्युजकर्मी रमेश खतिवडाका अनुसार दोलखा बजारमा हिमपात नभए पनि वरपरका डाँडाहरु हिउँले सेताम्य छन्। खरिढुंगामा हिउँ खेल्न युवायुवतीको ठूलो घुँइचो लागेको छ। हिमपातपछि गएराति नौ बजेदेखि दोलखा जिल्ला भर विद्युत आपूर्ति बन्द भएको छ। शुक्रबार मध्याह्नसम्म विद्युत आपूर्ति सुचारु हुन सकेको छैन। विद्युत प्राधिकरणको स्थानीय शाखाले 'फल्ट' पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएको छ।
गएराति पानी परेपछि राजधानी काठमाडौँमा पनि जाडो बढेको छ। काठमाडौँ वरपरका डाँडामा भने हिउँ परेको छैन। नगरकोटमा जाडो बढे पनि हिउँ नपरेको होटल कन्ट्री भिलाले जनाएको छ।
उता, दामनमा भने गएराति आंशिक हिमपात मात्र भएको छ। एभरेस्ट पानोरामा रिसोर्टले जनाए अनुसार एक दुई इञ्चमात्रै हिउँ परेको हुनाले हिउँ खेल्न सकिने स्थिति रहेको छैन।
धनकुटा, तेह्रथुम, संखुवासभा र इलाममा पनि गएरातिको हिमपातका कारण जनजीवन प्रभावित भएको छ। धनकुटाका नुनथला, सिधुवा, चित्रे, गणेशटार लगायतका स्थानमा हिमपात र अत्यधिक जाडोका कारण स्थानीय बासिन्दा घरबाट बाहिर निस्कन समेत गाह्रो परिरहेको छ।
जुम्लामा तापक्रम घट्ने क्रम जारी छ। हिजो त्यहाँको न्यूनतम तापक्रम माइनस ५ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। त्यसैगरी जिरीमा माइनस ३ डिग्री सेल्सियस पुगेको छ।
मौसम पूर्वानुमान शाखाले आज पनि पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने बताएको छ।
काठमाडौँ, पुस १६ (नागरिक)- गएराति नौ बजेदेखि ११ बजेसम्म भएको हिमपातले दोलखाको जनजीवन प्रभावित भएको छ। रातभर अवरुद्ध लामोसाँघु-जिरी सडकखण्डको खरिढुंगामा हिउँ पन्छाएपछि आज बिहान सात बजेदेखि सवारी आवागमन सुचारु भएको छ।
गएराति पानी परेपछि राजधानी काठमाडौँमा पनि जाडो बढेको छ। काठमाडौँ वरपरका डाँडामा भने हिउँ परेको छैन। नगरकोटमा जाडो बढे पनि हिउँ नपरेको होटल कन्ट्री भिलाले जनाएको छ।
उता, दामनमा भने गएराति आंशिक हिमपात मात्र भएको छ। एभरेस्ट पानोरामा रिसोर्टले जनाए अनुसार एक दुई इञ्चमात्रै हिउँ परेको हुनाले हिउँ खेल्न सकिने स्थिति रहेको छैन।
धनकुटा, तेह्रथुम, संखुवासभा र इलाममा पनि गएरातिको हिमपातका कारण जनजीवन प्रभावित भएको छ। धनकुटाका नुनथला, सिधुवा, चित्रे, गणेशटार लगायतका स्थानमा हिमपात र अत्यधिक जाडोका कारण स्थानीय बासिन्दा घरबाट बाहिर निस्कन समेत गाह्रो परिरहेको छ।
जुम्लामा तापक्रम घट्ने क्रम जारी छ। हिजो त्यहाँको न्यूनतम तापक्रम माइनस ५ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। त्यसैगरी जिरीमा माइनस ३ डिग्री सेल्सियस पुगेको छ।
मौसम पूर्वानुमान शाखाले आज पनि पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने बताएको छ।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook