Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

गोठाटारमा गोलीबाट बालकको मृत्यु, २ घाइते

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ ६ (नागरिक)-  निर्माण सामग्री थुपारेको विषयमा भएको विवादमा गोठाटार, वीरेन्द्र चोकमा चलेको गोली लागी एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ वर्षीय सन्तोष कार्की छन्। गोली लागी  राजाराम थापा र गजेन्द्र बस्नेत गम्भीर घाइते भएका छन्। थापाको काठमाडौं मेडिकल कलेजमा र बस्नेतको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी नायव निरीक्षक छविरमण भट्टराईका अनुसार रत्न लामाले गिट्टी थुपारेको विषयमा स्थानीयबासीले विरोध गरेपछि गिट्टी उठाइएको थियो। सडकमा गिट्टी राख्दा आवगमनमा बाधा पुग्नै भन्दै स्थानीयबासीले विरोध जनाएका थिए।  त्यसको लगत्तै लामाका दुई छोरा पाल्टेन लामा र फुर्वा लामाले काभ्रेबाट सहयोगी ल्याएर गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

पेस्तोलसहित गोली हान्ने दुवैलाई प्रहरीले गिरफ्तार गरेको छ। 


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज

Nagarik Offer