डाक्टर बनेर उपचार गर्दै पियन

smaller text tool iconmedium text tool iconlarger text tool icon
सइन्द्र राई, खोटाङ माघ १७- ओखढुङ्गाको वाक्सा उपस्वास्थ्य चौकीमा पियनले बिरामीको उपचार गर्दै आएका छन्। उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको अभावमा मासिकासँग आलोपालो गर्दै पियन दिलबहादुर अधिकारीले बिरामीको उपचार गर्दै आएका हुन।

बिरामीका डाक्टर बनेका पियन अधिकारीलाई मासिका लक्ष्मी थापाले पालो दिने गरेको स्थानीय राजनकुमार राईले बताए। 

यस्तै, खिजीफलाटे उपस्वास्थ्य चौकी पनि तीन वर्षदेखि अहेवबिहीन छ। अहेव सरुवा भएर गएदेखि उपस्वाथ्य चौकीमा मासिका प्रमिलादेवी सुनुवारले उपचार गर्दै आएकी छन्।

अहेवको अभावमा बिरामीहरु जोखिमपूर्ण उपचार गराउन बाध्य भएको स्थानीय लीलाबहादुर सुनुवारले बताए। सदरमुकामबाट १६ कोष टाढाको उक्त उपस्वास्थ्य चौकीमा औषधीसमेत अभाव भएको मासिका सुनुवारले बताइन्।

केही समयअघि भएको सार्वजनिक कार्यक्रममा जनस्वास्थ्य प्रमुख डाक्टर ज्ञानबहादुर बस्नेतले जिल्लामा आवश्यक सङ्ख्यामा अहेव पदपूर्ति गर्ने तयारी भइरहेको बताएका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज