Friday 16 Magh, 2071 |
Menu

समाज

HUB

रातो मच्छिन्द्रनाथको रथ तान्दै

  • सोमबार ३० बैशाख, २०७०
  • उपेन्द्र लामिछाने
  • DISQUS_COMMENTS
(0 votes)
रातो मच्छिन्द्रनाथको रथ तान्दै
ललितपुर -पानीका मुहान मासिँदा पाटनका अधिकांश ढंुगेधारा सुकेका छन्। खेतीयोग्य जमिन नासिँदा धानका भकारी रित्तिएका छन्। तैपनि, सहकालका देवताप्रति सहरबासीको आस्था घटेको छैन। यहाँका सर्वसाधारण वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रामा उत्साहसाथ जुटेका छन्।

'धारामा पानी नआउनू र  धान नफल्नू, भगवानको होइन, हामी आफैंको दोष हो,' ललितपुर पुल्चोकका ७० वर्षीय काजीलाल महर्जनले भने,'धान खेतमा घर बन्यो। अव्यवस्थित रूपमा घर बनेपछि पानीका मुहान बन्द भए।'  सहकालका देवता मच्छिन्द्रनाथले  खेतमा धान नफलाए पनि घरमा पैसा (घरभाडा ) फलाउन भने नछाडेको उनले सुनाए।

भगवानले पानी पार्दा पनि  जमिनमुनि छिर्न नपाएका कारण ढुंगे धारा सुकेको हुनसक्ने उनको बुझाइ छ। 'सबैतिर ढलाने छत र अँागन छ,' उनले भने, 'जमिनभित्र पानी नछिरेकाले इनार सुके।'

उनको जस्तै धारणा राख्छन्,  ७२ वर्षीय बाबुकाजी महर्जन। विगतमा १२ रोपनीमा खेतीपाती गर्दै आएका महर्जनले अहिले ती सबैमा घर बनेको सुनाउँछन्। 'कोदालो बोकेर खेतमा बाउसे गरेको अब  कथाजस्तो भयो,' पुल्चोकको दक्षितर्फका अग्ला भवन देखाउँदै उनले भने, 'घर बनेका ठाउँमा हामी बाउसे गरेर भोज खान्थ्यौ।' घुम ओढेर खेतमा पुगेको अनि घुम ओढेरै फर्केको अस्तिजस्तो लागेकेा उनले सुनाए। 'पानी र अन्न  पर्याप्त थियो,' उनले सुनाए, 'त्यही  खुसीमा मच्छिन्द्रनाथकोे जात्रा झनै जीवन्त हुन्थ्यो।'

६३ वर्षीय जगनाथ महर्जनले समयसँगै किसानको जीवनशैली  फेरिएको सुनाए। 'अब किसानले भकारीको धान कुटाएर होइन, बोराको चामल किनेर खान्छन,' उनले थपे, 'इनार सुकेपछि जारको पानी पिउन बाध्य छन्।' यति हुँदाहुँदै पनि जात्राप्रतिको मोह भने नघटेको उनले सुनाए। 'यो श्रद्धाको जात्रा हो,' उनले भने, 'यसप्रति मानिसको विश्वास घटेको छैन।'

उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने रातो मच्छिनरद्रनाथको रथजात्रा सोमबार देखि सुरु हुँदैछ । रथ तान्ने परम्पराअनुसार सोमबार  अपराह्न ललितपुरको पुल्चोकमा राखिएको रथ नटोल हुँदै गावहालमा पुर्‍याइनेछ।  स्थानीय गुठियार तथा दाफा भजनका परम्परागत धिमेबाजा, गुरुजु पल्टन र भक्तजनको लावालस्करका साथ रथ तानिन्छ। रथयात्रा सुरु गर्न गत शुक्रबार  मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो। करिब १ हजार ६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

बर्दिया-नेपाल र भारतको सीमाबाट स्वचालित हतियार पेस्तोलसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

विष सेवनबाट २ महिलाको मृत्यु

पाँचथर– विष सेवनबाट जिल्लाका दुई छुट्टा-छुट्टै ठाँउमा दुई जनाको ज्यान गएको छ। चिलिङ्दीन र सुभाङ गाविसका दुई महिलाले विष सेवन गरी अप्राकृतिक मृत्युवरण गरेका हुन्। दुवै जना ४० वर्ष काटेका महिला...

भारत लैजाँदै गरिएका २४ बालबालिकाको उद्दार

भारत लैजाँदै गरिएका २४ बालबालिकाको उद्दार

झापा–एक जना भारतीय नागरिकको साथ लागेर पूर्वी नाका हुँदै भारत जाँदै गरेका २४ जना बालबालिकालाई प्रहरीले नेपाली भूमिमै रोकेको छ। सिन्धुपाल्चोक जिल्लाबाट लामा पढाइका लागि भन्दै भारत लगिँदै गरेका उनीहरुलाई...

छिमेकीको हत्या गर्ने युवा पक्राउ

सर्लाही–सर्लाही लालबन्दीमा महिलाको हत्या गरेको आरोपमा छिमेकी युवकलाई प्रहरीले पक्राउ गरेको छ। चोरी गर्न घर प्रवेश गरेको देखेर प्रतिकार गर्न खोज्दा ०७१ भदौ ५ गते राती लालबन्दी–५ की ६१ वर्षीया...

बालविवाह मुक्त घोषणा गाविसमा बालविवाह

कालिकोट–कर्णालीको दोस्रो बालविवाह मुक्त घोषणा गरिएको सुकाटिया गाविसमा बालविवाह भएको छ । १३ वर्ष उमेर भएकी लीला चौलागाईले एक २३ वर्षीय यूवकले विवाह गरेका हुन्।

भक्तपुर साना हातहतियारको 'ट्रान्जिट प्वाइन्ट'

लक्ष्मी गारु, भक्तपुर- महानगरीय प्रहरी वृत्त थिमीले माघको पहिलो हप्ता सिक्सर रिभल्वर एक थान र त्यसमा प्रयोग हुने गोली एक थानसहित काभ्रे चिसापानी-७ बस्ने वर्ष १८ को अजय लामा र...

दश वर्षमुनिका छ सय बालबालिकाको विवाह

प्यूठान- दुर्गम क्षेत्र अर्खा गाविसकी नमा पुन (नाम परिवर्तन) भर्खरै १७ वर्ष पुग्दैछिन्। उमेरका हिसाबले सानी भए पनि उनी अहिले तेस्रो बच्चाको पर्खाईमा बसेकी छन्। नारीकोटकी यामला विक (नाम परिवर्तन)...

जिविस पाल्पाका सव ओभरसियर घुस लिँदै गर्दा पक्राउ

पाल्पा– जिल्ला विकास समिति पाल्पाका सव ओभरसीयर घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। सव ओभरसीयर युवराज घिमिरेलाई बुटवल ट्राफिक चोकको सुजाता होटल एण्ड लजबाट ७० हजार रुपैयाँ घुस लिँदै...