23 Magh, 2072 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

बुढ्यौलीमा नागरिकता

  • बिहीबार २ जेष्ठ, २०७०
  • समुन्द्र पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
तनहुँ - ७५ वर्षको उमेरमा हातमा नागरिकताको प्रमाणपत्र पाउँदा मंगलबार तनहुँ देउराली–९ फुर्लुङका मित्रबहादुर भुजेल मख्ख थिए। श्रीमती सेती भुजेलसंगै ३ दिन हिँडेर छिपछिपे गाविसको भृकुटी माध्यमिक विद्यालय पुगेका उनले एकिकृत घुम्ती सेवाबाट नागरिकता लिएका हुन्।
nepalipatro-nagarik
'गाईगोठाला जादाँ के का लागि चाहियो?’ उनले भने, 'गाउँमै नागरिकता बनाउन टोली आएको छ भनेपछि आयौं।’ शनिवार घरबाट हिडेका उनीहरु सोमबार माविमा पुगेका थिए। 'हिजो यताउता गर्दैमा काम सकिएन’, मित्रबहादुरले भने, 'मेरो नागरिकता बन्यो, अब बुढीको बनाउनु पर्छ।’ 
बाल्यकालमै बाबुआमा गुमाएका मित्रबहादुरले गाउँका ८ जनाले सनाखत गरेपछि नागरिकता पाएका हुन्। उनकै सनाखतको आधारमा ७२ वर्षीया सेती भुजेलले समेत नागरिकता प्रमाणपत्र लिइन्। 
जेष्ठ नागरिक भत्ताबारे अनविज्ञ रहेको भुजेल दम्पतीलाई सरकारी कर्मचारीले जेष्ठ नागरिक भत्ताबारे जानकारी गराउँदा उनीहरु झन खुसी भए। 'भत्ता पैसा पाइन्छ भन्ने केही थाहा थिएन’, उनले भने, 'अब नागरिकता बनेपछि पैसा पनि पाइन्छ भनेका छन्।’ मित्र बहादुर र सेती भुजेल दुबैले मंगलबारै फोटो सहित मतदाता नामावलीमा नाम दर्ता गराए। 
१९९० सालमा जन्मिएकी देउराली–९ कै धनकुमारी भुजेलले पनि बुधबारै नागरिकता प्रमाणपत्र लिइन्। 'गाउँमै नागरिकता पाइन्छ भनेर गाउँलेले भनेपछि बनाउन आए’, ८० वर्षीया धनकुमारीले भनिन, 'बुढेसकालमा टाढा जान सक्थिन, गाउँमै नागरिकता पाए।’ सोमबार र मंगलबार छिपछिपेमा संचालन भएको घुम्ती सेवामा ६५ वर्ष माथिका ८ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको टोली प्रमुख सुर्यदर्शन पण्डितले बताए। शिविरमा ३ सय ८६ जनाले नागरिकता प्रमाणपत्र लिएका थिए। 
जिल्ला प्रशासन कार्यालयले गाउँ गाउँमा एकिकृत घुम्ती सेवा संचालन गर्दा जेष्ठ नागरिक र महिलालाई बढी लाभ मिलेको तनहुँका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलले बताए। कार्यालयले जिल्लाको गोठादी, साँखे र छिपछिपेमा एकिकृत घुम्ती सेवा गरिसकेको छ भने जेठ ६ र ७ गते पुर्काटको बाइसजाँगरमा सञ्चालन गर्नेछ।

प्रतिक्रिया

तातोपानीका दुर्इ नयाँ मुहान फेला, स्नान कुण्ड बनाउने तयारी

बाबियाचौर(म्याग्दी)– बेनी नगरपालिका–१३ मा थप दुई वटा प्राकृतिक तातोपानीको मुहान भेटिएको छ।

अरब सागरमा न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी

काठमाडौँ-अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ। न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर मौसम बद्ली हुनुका साथै केही चिसो महसुस भएको छ।

टहरा होइन घर बनाइदेऊ

टहरा होइन घर बनाइदेऊ

गोरखा- जिल्लाको सौरपानी–८ की मनकुमारी गुरुङलाई यसपालिको जाडोयामभर कहिल्यै न्यानो महसुस भएको छैन। लुगलुग काँप्दै उनी दिनरात बिताउँछिन्। घाम नलाग्दा जाडो बढेको छ। 'अघिल्ला वर्ष पनि पानी पर्थ्यो, जाडो उत्तिकै...

गोली प्रहारबाट महतो घाइते

सिराहा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमलापुल नजिक मोटरसाइलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को मोटरसाइलमा सवार एक जनालाई अन्धाधुन्ध गोली प्रहार गरेका छन्।

५.५ रेक्टरको भूकम्पले राजधानी हल्लायो, सर्वसाधारण घरबाहिर

काठमाडौं-राजधानीमा गए राति भूकम्पको धक्का महसुस गरियो। गोरखा भूकम्प गएको १० महिना बित्न लाग्दासमेत परकम्प आउने क्रम रोकिएको छैन।

१२ किलो चरेशसहित दुई पक्राउ

धनगढी-कैलालीको अत्तरियाबाट १२ किलो लागू औषध चरेशसहित पक्राउ गरिएका २ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। दुवै जनालाई शुक्रवार अदालतामा मुद्दा दर्ता गरेर म्याद थप गरिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले...

साढे ५ महिनापछि ३५ ट्यांकर वीरगन्ज नाकाबाट तेल भर्न पठाइँदै

साढे ५ महिनापछि ३५ ट्यांकर वीरगन्ज नाकाबाट तेल भर्न पठाइँदै

काठमाडौं– नेपाल आयल निगमले नाकाबन्दीपछि शुक्रबार राती ३५ ओटा ट्याङ्करलाई तेल भर्न वीरन्ज नाकाबाट रक्सौल पठाउने तयारी गरेको छ।

पासाङ ल्हामु नेसनल जियोग्रफीले 'एडभेन्चर अफ द इयर'

पासाङ ल्हामु नेसनल जियोग्रफीले 'एडभेन्चर अफ द इयर'

काठमाडौं- नेपाली पर्वतारोही पासाङ ल्हामु शेर्पालाई नेसनल जियोग्रफीले 'एडभेन्चर अफ द इयर' घोषणा गरेको छ। २०१६ को लागि १० जना मनोनयनमा परेका थिए। भोट मार्फत छनौट गरिएको नतिजामा शेर्पाले सबैलाई...