Thursday 6 Kartik, 2071 |
Menu

समाज

दोषीलाई जोगाउन डाक्टरहरुको आन्दोलन

  • बिहीबार २ जेष्ठ, २०७०
  • रोहित राई
  • DISQUS_COMMENTS
(0 votes)
धरान - लापरवाहीपुर्ण तरिकाले पत्थरीको अप्रेशन गरेपछि विरामीको मृत्यु भएको घटनाका दोषी चिकित्सकलाई जोगाउन आकस्मिक बाहेक सबै उपचार सेवा ठप्प बनाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बुधबार पीडितका आफन्त र स्थानीयले उपकुलपति कार्यालयमा घेराउ गरेका छन्।
छानबिन समिति गठन भइसकेको र सर्जरी विभागमा लगाएको तालासमेत खोलिसकेको अवस्थामा चिकित्सकले छानबीन नै प्रभावित पार्ने गरि दोषीलाई जोगाउने षडयन्त्र गरेको भन्दै पीडितका आफन्त र स्थानीयले घेराउ गरेका हुन्। विरामीको मृत्युसमेत भइसकेको अवस्थामा चिकित्सकहरुले आन्दोलन गरेर पीडित परिवार र जनतालाई थप पीडा दिने काम गरेको पीडित पक्षले जनाएको छ। 
'मंगलबार बेलुका नै छानबीन समिति बनेपछि ताला पनि खोल्यौं, त्यसको केही समय पछि विरामी पनि बित्नुभयो’, समिति सदस्य जनकऋर्षि राईले भने, 'मानवीय क्षति भएको छ र, पनि हामीले संयमता अपनायौं, तर आज चिकित्सकले घटनाबारे छानबीन नै नहोस् भन्दै षडयन्त्रमा लागेपछि दबाबस्वरुप मौन आन्दोलन गर्न बाध्य भयौं।’ 
दिउसो तीन बजेदेखि करिब साढे ६ बजेसम्म उपकुलपति कार्यालयमा उनीहरु धर्ना बसेका थिए। धर्ना क्रममा आफन्त र प्रतिष्ठान पदाधिकारीबीच भएको वार्तामा बिहीबारदेखि समितिले काम शुरु गर्ने सहमति भएको थियो। समितिको संयोजकमा काठमाडौंबाट युरोलोजिष्ट गुणकुमार श्रेष्ठ आउने प्रतिष्ठानले जनाएको थियो। साता दिनअघि पत्थरीको अप्रेशन गरिएकी धरान–११ सृर्जना मार्गकी मनमाया तामाङको मंगलबार राती सघन उपचार कक्षमा मृत्यु भएको प्रतिष्ठानले घोषणा गरेको थियो। पीडित परिवारजनले समितिले निष्पक्ष काम शुरु नगरेसम्म शव जिम्मा नलिने जनाएको छ।
सर्जरी विभाग प्रमुख डा.सिएस अग्रवालले अप्रेशन गर्दा लापरवाही गरेको भन्दै आफन्तले विभागमा ताला लगाएपछि प्रतिष्ठानले मंगलबार पाँच सदस्यीय छानबीन समिति गठन गरेको थियो। समिति गठन भएपछि विरामीका आफन्तले तत्कालै विभागको ताला खोलेका थिए। 
बुधबार अचानक चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि ओपिडी सेवा ठप्प भएको थियो। चिकित्सकहरुले एक विज्ञप्ती जारी गर्दै सर्जरी विभागका प्रमुखको कार्यकक्षमा ताला लगाउन संलग्नहरुलाई कारबाहीको माग गरेको थियो।

खुकुरी हानाहानमा तीन घाइते

सुरुङगा-झापाको गरामनी–२ स्थित खोपबारीमा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीनजना गम्भीर घाइते भएका छन्।

एमपिए स्तानोकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत वर्ष सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन (एमपिए–द्वितीय) द्वितीय वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ।

बसको ठक्करबाट एकको मृत्यु

डडेल्धुरा-परिगाउँ देखि डडेल्धुरा आउँदै गरेको उग्रतारा यातायातको ना ४ ख ४३३६ नम्बरको बसले ठक्कर दिदाँ ४५ गाँखेतका बीरबहादुर सार्कीको मृत्यु भएको छ।

'नेपाली भाषाका लागि देवकोटाको योगदान अतुलनीय'

काठमाडौं— राष्ट्रपति रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताएका छन्।

५९ वर्षीया श्रीमतीको हत्या

पाँचथर—पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन्।

फेसबुकमा युवतीको नक्कली अकाउन्ट बनाएर अश्लिल फोटो राख्ने पक्राउ

काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा युवतीको नाउँमा नक्कली अकाउन्ट बनाएर चरित्र हत्या गर्न खोज्ने काठमाडौं जिल्ला रामकोट गाविस वडा नं १ का विकासराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरीले आफ्नै घर...

कुन कुन स्थानबाट निस्कँदैछ भिन्तुना र्‍याली?

काठमाडौं— नेपाल संवत ११३५ को उपलक्ष्यमा भिन्तुना मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ । कात्तिक ७ गते स्थानीय युवाले उपत्यकाका तीनै जिल्लामा र्‍याली गर्न लागेका हुन्।

सरकारले सर्वसाधारणलाई भन्यो– घर सिँगार्नुस्

काठमाडौं— आगामी मंसिर दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनलाई राजधानी सफा, सुन्दर र आकर्षक सहरको नमुना बनाउन सडक, सरकारी भवन, पुल लगायत संरचना सिँगारिरहेको सरकारले निजी घरधनीलाई समेत घर...