16 Falgun, 2071 |
Menu

समाज

HUB

महिनामा साझाको साढे ६ लाख नाफा

(1 Vote)
काठमाडौं – १२ वर्षपछि पुनः सञ्चालित साझा बसले वैशाख महिनामा साढे ६ लाख नाफा कमाएको छ। यस अवधिमा ३८ लाख २६ हजार १ सय ५६ रुपैयाँको टिकट बिक्री भएकोमा कर्मचारीको तलबभत्ता र तेल खर्च कटाएर ६ लाख ५६ हजार ७ सय ८ रुपैयाँ नाफा कमाएको साझाले जनाएको छ।
२०७० वैशाख १ देखि नियमित सेवा दिन थालेको साझाले एक महिनामा २ लाख ६८ हजार ५ सय ८२ जनालाई सेवा प्रदान गरेको छ। राजधानीबासीले साझा बसलाई माया गरेको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए। साझाले सुरुदेखि नै यात्रुको मन जितेको र आउँदा दिनमा पनि स्तरीय सेवा प्रदान गरिने उनको भनाइ छ। साझाको रुट विस्तार गर्न यात्रुबाट माग आए पनि हाल त्यस्तो योजना नरहेको पाण्डेले जनाए। 
साझाले उपत्यकाका दुई रुटमा १६ बस सञ्चालन गर्दै आएको छ। कमजोर व्यवस्थापनका कारण साझा बसले २०५८ सालमा सेवा बन्द गरेको थियो। कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ बानेश्वर, सिनामंगल हुँदै एयरपोर्ट एउटा रुट र लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङ अस्पताल, महाराजगन्ज हुँदै नयाँ बसपार्क (गोंगबु) अर्को रुट तय गरिएको छ। साझा बसले यात्रुका लागि १५, १७ र २० रुपैयाँ भाडादर तोकेको छ। विद्यार्थी, अपांग र वृद्धवृद्धालाई १० रुपैयाँ भाडामा यात्रा गराउँदै आएको छ।

दुई थान हतियार बरामद

सर्लाही–सर्लाहीको संग्रामपुरमा भारतबाट ल्याउदै गरेको दुई थान थ्री नट थ्री राइफल सशस्त्र प्रहरीले बरामद गरेको छ। शुक्रबार राति दश बजे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट संग्रामपुरबाट नियमित गस्तीमा खटेको प्रहरी...

राँगाले मान्छे मार्‍यो

सप्तरी-देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा-७ का शिवनारायण यादवको मृत्यु भएको छ।

करेन्ट लागेर एकको मृत्यु

गोलबजार-सिराहा नगरपालिका–१७ मा आज बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। सडक छेउमा रहेको बिजुलीको खम्बाबाट करेन्ट लागेर राजपुर–१ का ५० वर्षीय महेश यादवको मृत्यु भएको हो।रासस

स्कुल जान चार घन्टा

स्कुल जान चार घन्टा

धादिङ-गाउँमा प्रावि स्कुल छ। अधिकांश बालबालिका विद्यालय जान्छन्। चेपाङ समुदायको बसोबास भएको अन्य गाउँबस्ती हेर्दा सम्पन्नजस्तै लाग्ने धादिङको जोगीमारा–६ रोवाङमा कक्षा पाँच उत्तीर्ण गरेपछि भने थप शिक्षा हासिल गर्न फलामको...

इन्द्रावतीमा क्रसरको मनपरी

इन्द्रावतीमा क्रसरको मनपरी

बनेपा-सिन्धुपाल्चोक र काभ्रे हुँदै बग्ने इन्द्रावती नदीमा मनपरी ढंगले निर्माणसामग्री उत्खनन गरिएको पाइएको छ। दुवै जिल्लाका जिविसले आन्तरिक आयका निम्ति भन्दै ढुंगागिट्टी, बालुवा उत्खनन र संकलनका लागि अनुमति दिए पनि...

११ सडक योजना अधुरै

गोरखा-ठेकेदारले बेलैमा काम नगर्दा गोरखाका विभिन्न स्थानमा निर्माण योजना अघि सारिएका ११ वटा सडक अलपत्र परेका छन्। ती योजनामा चार वर्षअघि सुरु गरिएका देखि गत कात्तिकमा काम अघि बढाउने सम्झौता...

ठमेल अब २४ सै घन्टा उज्यालो

काठमाडौं–राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा २४ सैँ घन्टा विद्युत् आपूर्ति हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्ले पर्यटकहरुको भीडभाड रहने ठमेल क्षेत्रका मुख्य सडक र चोकमा सौर्यबत्ती जडान गरेपछि ठमेल...

बालविबाह रोक्ने अभियानमा बालक्लव

प्यूठान-बालविवाह गर्ने एक युवक जिल्ला कारागार प्यूठानमा थुनिएका छन्। रस्पुरकोट–६, निवासी १९ वर्षीय गोपाल ठेडिले गत मंसीर–७, गते स्थानीय एक १४ वार्षिय बालीकलाई बालविवाहको मुद्धा लागेको हो। जिल्लामै पहिलो पटक...