Tuesday 31 Bhadra, 2071 |
Menu

समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु एक घाइते

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
सल्यान - सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। खलङ्गाबाट कालीमाटी रामपुरतर्फ जाँदै गरेको बा१ब ९३९१ नम्बरको मोटरसाइकल आज बिहान कालीमाटी– ७ रोक्चामा दुर्घटना हुँदा जिल्ला कृषि विकास कार्यालय सल्यानमा प्राविधिक सहायक पदमा कार्यरत बर्दिया तारातालका २५ वर्षीय पुनाराम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
उक्त दुर्घटनामा सोही कार्यालयका कृषि प्रसार अधिकृत तनहुँ बन्दीपुरका तीर्थ ढकाल घाइते भएका जनाइएको छ।
दुवै कर्मचारीहरु कालीमाटी रामपुरमा बिहीबारदेखि सुरु हुन लागेको मकै बालीसम्बन्धी तालिम दिन गएका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। 
जिल्ला प्रहरी कार्यालय सल्यान तथा इलाका प्रहरी कार्यालय कालीमाटीबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका ढकाललाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

२ वर्षमा निस्कियो एसएसपीको सरुवा

काठमाडौं— प्रहरी प्रधान कार्यालयले करिव २ वर्षपछि प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी)हरुको सरुवा सूची निकालेको छ। प्राय एक वर्षमा प्रहरी कर्मचारीको सरुवा हुने भए पनि लामो समयदेखि प्रहरीमा एसएसपीको नियमित सरुवा निस्किएको...

छात्रामाथि कुदृष्टि राख्ने शिक्षकबिरुद्ध मुद्धा

इटहरी—छ महिनादेखि निरन्तर आफ्नै छात्राप्रति कुदृष्टि लगाइरहेका सुनसरी इटहरी वडा नं. ५ मा सञ्चालित लिटिल फ्लावर बोडिङ् स्कुलका शिक्षक मिलन परियारलाई प्रहरीले पक्राउ गरी जर्वरजस्ती करणीमा मुद्धा चलाएको छ।

दुर्घटनामा किशोरीको मृत्यु

लहान– जंगलबाट दाउरा लिएर लहानतर्फ बेच्न आइरहेकी एक किशोरीको सोमबार बिहान ट्रकको ठक्करबाट मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको सप्तरी कदमाहाको पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मधुपट्टी ९ की १८ वर्षीया पुनम...

औषधी गर्न हिँडेकी महिला धानखेतमा मृत भेटिइन्

भैरहवा– घरबाट औषधी गर्न भन्दै हिँडेकी रुपन्देहीको सौ फर्साटिकरकी एक महिला धानखेतमा मृत अवस्थामा फेला परेकी छन्।

राउत पक्राउको विरोधमा प्रदर्शन

महोत्तरी– सिके राउतको रिहाइ र वाक स्वतन्त्रताको माग गर्दै जलेश्वरमा सोमबार विरोध प्रदर्शन गरिएको छ। राउत पक्राउ परेपछि उनीसँग विचार मिल्ने महोत्तरीका सयौं सर्वसाधारण स्वस्फूर्तरूपमा जलेश्वरको महेन्द्र चोकमा जम्मा भई...

शौच गर्न बस्दा पर्खालले च्यापिएर मृत्यु

बारा– कलैया–१२ रामपुर बस्ने कृष्ण साहको ८ वर्षीया छोरी सुवर्णकुमारी साहको पर्खाल भत्कँदा च्यापिएर मृत्यु भएको छ।

कीर्ते सहीको चेक मितिभन्दा अगाडि भुक्तानी गर्ने बैंक कर्मचारी पक्राउ

रोल्पा— चेकमा लेखिएको मितिभन्दा अगाडि नै ३ लाख भुक्तानी दिने बैंकका सहायक शाखा प्रबन्धक सहित अर्का एक कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। नेपाल बैंक लिमिटेड शाखा कार्यालय रोल्पाका...

रेडपान्डाको छाला सहित पक्राउ

रसुवा-रसुवाको धैबुङ ५ कालिकास्थानबाट रेडपाण्डाको छाला सहित एक जना प्रकाउ परेका छन्। जिल्लाको स्याफ्रुवेशी देखि काठमाण्डौ जाने यात्रुबाहक बसमा आलुको बोरा भित्र लुकाएर लैजाँदै गरेको रेडपाण्डाको छाला सहित नुवाकोट देउरालीका...