Tuesday 31 Bhadra, 2071 |
Menu

समाज

खोज पत्रकारिता पुरस्कारको घोषणा

(0 votes)
काठमाडौं – भ्रष्टाचार लगायतका विषयमा खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गर्न १० हजार अमेरिकी डलर बराबरको कोष स्थापना गरिएको छ। बारबरा पिस फाउन्डेसनकी संस्थापक अध्यक्ष बारबरा एडम्सले उक्त रकम बराबरको पुरस्कार कोश स्थापना गरेकी हुन्।

बिहीबार बारबरा पिस फाउन्डेसन र त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले 'बारबरा एडम्स खोजी पत्रकारिता सम्मान' घोषणा गरे। 'नेपाल संसारमा सबैभन्दा सुन्दर देश हो। यहाँ नभएको कुरा भनेको नैतिकता नै हो,' पुरस्कारण घोषणा गर्दै एडम्सले भनिन्, 'खोजी पत्रकारिताबाट भ्रष्टाचार बाहिर ल्याउन यो पहल गरेकी हुँ।' उनले युवाहरुलाई भ्रष्टाचारविरुद्धको अभियानमा लाग्न आग्रह गरिन्।


यो पुरस्कार पत्रकारिता तथा आमसञ्चार विभाग मातहतमा रहने छ। 'बारबरा एडम्सको व्यक्तित्व र पत्रकारितासँग उहाँका लामो आवद्धता रहेका कारण नै हामीले विभाग अन्तर्गत यसलाई स्वीकारेका हौं,' विभागीय प्रमुख प्राध्यापक पी खरेलले भने, 'जोसुकैले स्थापना गर्न खोज्ने पुरस्कार हामी स्वीकार्दैनौं।' खरेलले हरेक वर्ष ५१ हजार रुपियाँको पुरस्कार दिने तय भएको जानकारी दिए। लोकतन्त्र दिवश वैशाख ११ गते यो पुरस्कार दिने तय गरिएको छ।


५० वर्षअघि देखि नेपालमा रहँदै आएकी अमेरिकी एडम्सले केही वर्षअघि मात्रै नेपाली नागरिकता पाएकी थिइन्। उनी सुदूर पश्चिमका जिल्लाहरुमा महिला अधिकारका लागि अहिले पनि सक्रिय छिन्। पहिलो पटक रिपोर्टिङ गर्न नेपाल आएकी उनी त्यसपछि नेपाललाई नै घरकारुपमा मान्दै आएकी छिन्। पछिल्लो समय अखबारमा स्तम्भ लेखनमा सक्रिय उनी ९० वर्ष नाघेकी छिन्।

ट्रकभित्रै युवतीमाथि सामूहिक बलात्कार

इटहरी—सुनसरी जिल्लाको पश्चिम दक्षिण हरिपुर–१ स्थित कोसी कटानमा गएराति एक युवती ट्रकभित्रै सामूहिक बलात्कारमा परेकी छिन्।सप्तरीको रुपनीबाट कोसी ब्यारेजतर्फ आउने क्रममा ट्रकमा चढेकी यादव थरकी युवतीलाई ट्रकका चालक, सहचालक र...

सांसदले समेत घर जान टिकट पाएनन्

काठमाडौँ- 'माननीय सभापति ज्यू! दसैँमा घर जान पाइएला की नपाइला? सदन कहिले स्थगित हुने हो। अत्तो पत्तो छैन। घर जान कहाँबाट बसको टिकट पाइएला? मैले त आजसम्म टिकट पाएको छैन।...

बलात्कार आरोपमा वृद्ध पक्राउ

खोटाङ– तेर्हा वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङका एक वृद्ध पक्राउ परेका छन्। मंगलबार बिहान एक बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा दिक्तेल नगरपालिका–२ का ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका...

पेस्तोलसहित तीन लुटेरा पक्राउ

महोत्तरी-गौशाला प्रहरीले हतियार सहित ३ जना लुटेरालाई पक्रेको छ। गौशाला नगरपालिकास्थित औरहीमा बस्ने लुटेरा दलका मुख्य नाइके अजयकुमार कर्णसहित ३ जनालाई नवराजपुरबाट पक्रेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश...

बैतडीमा १३ सय बालबालिका विद्यालय बाहिर

बैतडी-जिल्लामा १ हजार ३ सय बालबालिका विद्यालय जान पाएका छैनन्। विद्यालय जाने उमेर समुहका ती बालबालिका आर्थिक, भौगोलिकलगायतका समस्याले विद्यालय जान नसकेको जिल्ला शिक्षा कार्यालयको एक सर्वेक्षणले देखाएको छ।

बसको झ्यालबाट झर्न खोज्दा मृत्यु

जुम्ला- बसको झ्यालबाट झर्न खोज्दा कालिकोटमा एक जनाको मृत्यु भएको छ। जुम्लाबाट कालिकोटतर्फ जाँदै गरेको ना ३ ख २९५६ नम्वरको बसमा यात्रारत जुम्ला घर भई हाल बर्दिया बस्दै आएका नरेन्द्र गिरीको...

सेनाको पहलमा सर्पदंश उपचार केन्द्र

महेन्द्रनगर-नेपाल सेनाको पहलमा मंगलबारदेखि कञ्चनपुरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ।

खोटाङमा दशैं र तिहार केन्द्रीत सुरक्षा सतर्कता

खोटाङ– दशैं र तिहारको समयमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले उच्च सुरक्षा सतर्कता अपनाएको छ।