Thursday 8 Shrawn, 2071 |
Menu

समाज

सर्पको डसाइबाट दुईको मृत्यु

  • बिहीबार २ जेष्ठ, २०७०
  • र्पको बिगबिगी हुने गर्दछ। दिउँसो दुलो वा ढुङ्गा, काठको थुप्रोमा लुकेर बस्ने विषालु सर्पहरू खानाको खोजीमा राति सर्वसाधारणका घरभित्र पस्ने गर्छन्।
  • DISQUS_COMMENTS
(0 votes)
धनगढी- कैलालीमा विषालु सर्पको डसाइबाट आज दुई जनाको मृत्यु भएको छ।सर्पले डसेका व्यक्तिको उपचारको प्रयासस्वरुप विष चुस्ने क्रममा एक जना गुरुवा (वैद्य) समेत बेहोस भएका थिए।जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूमा फूलबारी गाविस३ की ६५ वर्षीया चन्द्ररुपा सिंह र गोदावरी गाविस५ की ११ वर्षीया लावती नेपाली रहेका छन्।
सर्पले डसेर बेहोस भएकी नेपालीलाई उपचार गर्ने भन्दै विष चुस्ने क्रममा बेहोस भएका फूलबारीका गुरुवा बाबुराम चौधरीको धनगढी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

सर्पको डसाइबाट बेहोस भएकी बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो। राति सुतिरहेको अवस्थामा विषालु सर्पले दुवैलाई डसेको मृतकका आफन्तहरूले बताएका छन्।

गर्मीयामको सुरुवातसँगै यस क्षेत्रमा बर्सेनि गोमनकरेतलगायतका विषालु सरासस 
नागरिककर्मी विजयलाई 'फोटो अफ द इयर' अवार्ड

नागरिककर्मी विजयलाई 'फोटो अफ द इयर' अवार्ड

काठमाडौं– नागरिककर्मी विजय गजमेरले फोटो अफ द इयरको अवार्ड जितेका छन्। फोटो पत्रकार क्लबले आयोजना गरेको फोटो प्रतियोगिता २०७१ मा बाँकेको हिरमिनिया ८ मा आफ्नै पति र सासूबाट आगो लगाइएकी...

मोबिल पनि नक्कली

काठमाडौं– विभिन्न तरल पदार्थ मिसाई 'मोबिल' भन्दै बिक्री वितरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं–१४ बस्ने भारत मोतिहारी गोविन्दगन्जका दिपु गुप्ता, भक्तपुरका सुन्दर केसी, विराटनगर...

बस जुध्दा ३२ जना घाइते, पाँच गम्भीर

रौतहट— रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुर टोलमा दुई यात्रुबाहक बस आपसमा जुध्दा ३२ जना भन्दा बढी घाइते भएका छन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ।

चार महिलाको हत्या र लुटपाटमा संलग्न युवक पक्राउ

खोटाङ– खोटाङमा श्रृंखलाबद्ध हत्या र लुटपाटमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। खोटाङ, उदयपुर र सुनसरीका चार महिलाको गरगहना र नगद लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले दिक्तेल...

भतिजीको हत्यापछि आत्महत्या

बैतडी - कटौजपानी–४ का एक युवकले भतिजीको हत्या गरेर आत्महत्या गरेका छन। १८ वर्षीय मने लुहारले घरयासी झगडामा आफनै दाइकी ७ महिनाका छोरी पुष्पालाई ढुंगामा पछारेर हत्या गरेपछि आफू रुखमा...

काँग्रेस नेता जोशीको निधन

धनगढी- नेपाली काँग्रेसका वयोवृद्ध नेता खेमराज जोशीको कैलालीको मोहनपुरस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा मङ्गलबार साँझ निधन भयो।

औषधीका कार्टुनमा लुकाएर सुपारी तस्करी

सिरहा - सीमावर्ती माडर ५ बाट बुधबार सिरहा प्रहरीले औषधीका कार्टुनमुनि लुकाई भारततर्फ लैजान लागिएको २८ बोरा सुपारी बरामत गरेको छ।

तीन दिन देखि रसुवा बन्द यथावत

रसुवा - चार जलविद्युत आयोजनाको निर्माण गरिरहेको चिलिमे जलविद्युत् कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको विरोधमा स्थानीयले तीन दिन देखि रसुवा बन्द गरेका छन्।