Friday 16 Shrawn, 2071 |
Menu

समाज

दुर्घटना छानबिन गर्न समिति गठन

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनाको छानबिनका लागि समिति गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता मोहन कृष्ण सापकोटाका अनुसार सो समितिमा तारा एयरका वरिष्ठ पाइलट प्रभाकर घिमिरेसिनियर एरोनटिकल इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ सदस्य  र मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका छन्। 

आज बिहान निगमको नौ एनएबिओडिएचसि६ टि्वनअटर जहाज जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिर गई दुर्घटना भएको थियो। सो विमानमा जापानी आठनेपाली १०नाबालक एक तथा चालकदलका सदस्य तीनसहित २२ जना सवार थिए।

सो जहाजका सात घाइतेमध्ये पाँच जनालाई एयर डाइनेस्टीको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो। पोखरा अस्पतालमा उपचाररत चालक दलका दुई सदस्यलाई पोखरास्थित गण्डकी अस्पतालका डा भरतबहादुर खत्रीको सिफारिससमेतका आधारमा थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याई उपचार भइरहेको तथा सामान्य अवस्थाका पाँच घाइते यात्रु जोमसोममा नै उपचार गराई आआफ्नो गन्तव्यतर्फ गइसक्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिए। 

सो समितिलाई दुई  महिनाभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। सो समिति गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमहरू२०२४ को नियम १४ बमोजिम नेपाल सरकारले गठन गरेको हो। 

वीर अस्पताल खुलाउन सर्वोच्चमा रिट

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा भइरहेको हड्ताल तत्काल खुलाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

युवती बलात्कारमा सैनिक जवान पक्राउ

भैरहवा– युवती बलात्कारको आरोपमा बुटवल रामनगर ब्यारेकका एक सैनिक जवान पक्राउ परेका छन्। नेपाली सेनाको भवानी बक्स गण रामनगर बुटवलमा कार्यरत कास्की हंसपुरका विश्वराज खनाललाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल संस्कृत विश्वविद्यालयमा अख्तियारको छापा

तुलसीपुर (दाङ)- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरबाट आएको टोलीले बुधबार नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा छापा मार्‍यो। 

प्रहरी कार्यालय नजिकै सकेट बम

गुल्मी - जिल्ला प्रहरी कार्यालय नजिकै कृषि विकास कार्यालयकोपछाडि ठूलो सकेट बम फेला परेको छ। रेसुंगा नगरपालिका–९ का गोकर्ण भुजेलको बारीमा बिहीबार बिहान उक्त बम फेला परेको प्रहरी नायव उपरीक्षक...

यौनधन्दा चलाएको अभियोगमा सातजना कारागार चलान

इटहरी- प्रहरीले अवैध यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरी अदालत बुझाएको इटहरी तथा यसआसपासका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

फेसबुकमा बसेको पिरतीले पुर्‍यायो हिरासत

बाबियाचौर (म्याग्दी)- सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्‍याएको छ। विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले...

एकै दिन तीन जनाको मृत्यु

धुन्चे - रसुवा जिल्लाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका एक र दुई सर्वसाधारण रहेका छन्।

बसको ठक्करबाट एकको मृत्यु

दाङ- बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७८७७ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु६प २६१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...