Friday 16 Magh, 2071 |
Menu

समाज

HUB

सञ्चारिका पुरस्कार 'चेलीको चित्कार'लाई

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(1 Vote)
काठमाडौं- सञ्चारिका समूह नेपालले यस वर्षको 'सञ्चारिका समानता पुरस्कार' नेपाल साप्ताहिकका पत्रकार जनकराज सापकोटा र मनबहादुर बस्नेतलाई संयुक्तरुपमा प्रदान गर्ने भएको छ।
'चेलीको चित्कारनामक आलेखका लागि पुरस्कार प्रदान गरिएको हो। सो पुरस्कारको राशि रु १५ हजार रहेको छ। २०६९ वैशाख १ देखि चैत मसान्तसम्म लेखिएका आलेखमध्येबाट सो उत्कृष्टमा परेको हो। 

सो पुरस्कार छनोट गर्न पत्रकार मोहन निरौलानेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष यशोदा तिम्सिना र सञ्चारिका समूहकी उपाध्यक्ष सुचित्रा श्रेष्ठ रहेको समिति गठन गरिएको थियो।  

त्यसैगरी आज बसेको बैठकले 'स्व. उमासिंह पत्रकारिता पुरस्कारनागरिक दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाललाई प्रदान गर्ने निर्णय गरेको छ। सो पुरस्कार मोफसलमा रही पत्रकारिता गर्ने महिला पत्रकारलाई दिने गरिन्छ। हमाल चितवनमा बसेर पत्रकारिता गर्नुहुन्छ। यसको राशि रु सात हजार १११ रहेको छ। 

'सञ्चारिका प्रोत्साहन पुरस्कार' 'सामुदायिक सूचना नेटवर्क'का सम्वाददाता सविता विश्वकर्मा र तराई टेलिभिजनका संवाददाता स्नेहा झालाई प्रदान गरिने भएको छ।संस्थाको १७औं वार्षिकोत्सवका अवसरमा यही जेठ १२ गते सो पुरस्कार प्रदान गरिने समूहकी महासचिव नितु पण्डितले जानकारी दिए। 

अज्ञात व्यक्तिको कुटाइबाट घाइते बालिकाको मृत्यु

धनकुटा–अज्ञात व्यक्तिको पिटाइबाट घाइते भएकी धनकुटा जितपुरकी एक बालिकाको उपचारको क्रममा गएराती मृत्यु भएको छ। टाउकोमा गम्भीर चोट लागेकी अखौले जितपुर गाबिस– ६ कि ११ वर्षीया बालिका सुजता परियारको विराटनगर...

हत्या गरेर फालिएको अवस्थामा शव फेला, तीन जना पक्राउ

पाल्पा- तानसेनमा बस्दै आएका २१ वर्षीय अनिल भण्डारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तानसेनका ग्यारेज र वर्कशपमा काम गर्ने सद्दाम अन्सारी, सलमान अन्सारी र महिरम...

तीस लाख डकैती

धनकुटा- जितपुरमा गएराति मुकुन्डोधारी हतियारसहितको लुटेरा समूहले रु ३० लाख बराबरको लुटपाट गरेको छ। जितपुर-६ आन्द्रुङका नारायण भनिने शिवशङ्कर लिम्बूको घरबाट सो समूहले करिब रु तीन लाख नगद र २७...

आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु

बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१० स्थित सुनथानमा गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आगलागीमा परी ३५ वर्षीय विनोद केसी, उनको श्रीमती ३२ वर्षीया भागीरथी र छोरा...

न रह्यो ज्यान, न घट्यो ऋण

न रह्यो ज्यान, न घट्यो ऋण

दाङ- 'विदेश' धेरैको सपना हो। सुखमय जीवन जिउने सपना बोकेर विदेशी मुलुक धाउनेको ताँती नै छ। सपना सबैका पूरा हुँदैनन्। केही पूरा हुन्छन् त केही बीचैमा मर्छन्। अनि विदेशी कमाइको...

चार घन्टा पैदल स्कुल

चार घन्टा पैदल स्कुल

दर्बुङ (गोरखा)- सरकारी नीतिअनुसार आधारभूत तह (प्रावि) का स्कुल आधा घन्टा दुरीमा हुनुपर्छ। निमावि र मावि तहका लागि यस्तो राष्ट्रिय मापदण्ड नभए पनि बढीमा एक घन्टा दुरीभित्रै हुनुपर्ने मान्यता छ।

महसुल नबुझाउने ग्राहकको लाइन काटिँदै

बागलुङ- विद्युत् प्राधिकरण बाग्लुङ शाखाले महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ। करिब एक करोड रुपैयाँ बक्यौता नउठ्दा राजस्व संकलन प्रभावित भएको भन्दै प्राधिकरणले कडाइ गरेको हो।

ऐतिहासिक किल्लानजिक चुनखानी उत्खनन

चितवन- चितवनको शक्तिखोरस्थित चुनखानी उत्खननले ऐतिहासिक उपरदाङगढी किल्ला र बस्ती जोखिममा पारेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी विरोधमा उत्रिएको छ। उनीहरूले उत्खनन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र...