Monday 8 Baishak, 2071 |
Menu

समाज

बिजुलीबाट नागमणि बनाउँदै ठग्ने पक्राउ

  • ८ असार, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)
बारा - बारा प्रहरीले गएराति विभिन्न व्यक्तिहरुबाट नागमणिको नाउँमा रकम ठगी गर्दै आएको आरोपमा वकिल मियाँलाई नियन्त्रणमा लिएको छ। बारा महेशपुर- २ घर भएका मियाँले नागमणि किन्ने सौख राख्ने धनी व्यक्तिहरुलाई गाउँमा नागमणि रहेको झुटो कुरा गरेर रकम असुल्दै आएको प्रहरीले जनाएको छ।
बाराका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले मियाँले गरेका काम शंकास्पद रहेकोले अनुसन्धानको लागि नियन्त्रमा लिएको बताए।
प्रहरीको नियन्त्रणमा रहेका मियाँले नागमणि भएको कुरा गाउँमा देखाउन घरबाट बिजुलीको तार जोडेर गाउँ भन्दा बाहिर बत्ती बालेर नागमणि भएको देखाउने गरेको छिमेकीले बताएका छन्।
मियाँले नागमणि भन्दै तोकेको मूल्य भन्दा आधा रकममा दिने गरेका छन्। उनले विद्युतबाट कृत्रिम नागमणि बनाएर पैसा असुल्ने गरेका छन्। कृत्रिम नागमणिलाई सक्कली नागमणि ठानेर बाँकी रकम बोकेर मियाँसँग नागमणि किन्न आउनेसँग मियाँले भेट नै गर्न मान्दैनन्।
मियाँले दुई वर्ष पहिला काठमाडौं घर भएकी मिरा शाहसँग नागमणिको नाममा ५० लाख रुपैयाँ ठगेका थिए।
मिरा उक्त रकम लिन गाउँमा आउँदा वकिल मियाँले उनलाई घरमा नै बन्धक बनाएपछि स्थानीयले उद्धार गरी काठमाडौं पुर्याँएका थिए। ठगेको रकमले उनले भारत बिहारको रक्सौलसम्म घर जग्गा किनेको बताइन्छ।
मणिपुरमा बलात्कृतलाई जागिर र क्षतिपूर्ति, प्रदर्शन स्थगित

मणिपुरमा बलात्कृतलाई जागिर र क्षतिपूर्ति, प्रदर्शन स्थगित

इलाम -  पूर्वोत्तर भारतको मणिपुरमा ६५ वर्षे व्यक्तिद्वारा बलात्कृत एक १३ वर्षीया नेपालीभाषी किशोरीलाई त्यहाँको सरकारले 'सरकारी नोकरी र उचित क्षतिपूर्ति' दिने तथा एस मापुनी नामका 'बलात्कारी'लाई 'कडा सजाय' तोक्ने...

अस्थायी शिक्षक विस्थापन हुन सक्ने

काठमाडौँ - शिक्षा सेवा आयोगले स्थायी पदपूर्तिका लागि नतिजा प्रकाशन गरिरहेका बेला विसं २०६३ यताका अस्थायी शिक्षक पेसाबाट विस्थापन हुने संभावना बढेको छ।

सुदूरपश्चिममा १३ लाख पुस्तक अभाव

डडेल्धुरा- नयाँ शैक्षिक सत्र सुरु भइसके पनि सुदूरपश्चिमका विद्यार्थीका हातमा अझै पुस्तक पुगेको छैन। सबै जिल्लामा गरी अझै १३ लाख पाठ्यपुस्तक अभाव रहेको पाइएको छ। 

'महिला बेचिनुको कारण असमानता'

काठमाडौं- लैंगिक तथा सामाजिक असमानता र गरिबीले महिला बेचबेखिन हुने गरेको आइतबार सार्वजनिक एक प्रतिवेदनले बताएको छ। युनिभर्सिटी अफ सेफिल्डका प्राध्यापक पाउल विसेल, सोही युनिभर्सिटीकै प्रोफेसर डा. पदम सिम्खडा र...

आधा दर्जन क्रसर बन्द

आधा दर्जन क्रसर बन्द

महोत्तरी- स्थानीय प्रशासनको दबाबपछि चुरेक्षेत्र आसपास र रातो खोलामुनि मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी क्रसर उद्योग बन्द भएका छन्। 

उजाड बन्यो अर्मलाको सिमसार

पोखरा- एक समय यस्तो थियो, अर्मलाको ठूलीबेसी फाँटमा धान रोप्दा शान्ति कार्कीलाई हिलोले तनाब दिन्थ्यो। घुँडामाथिसम्म गाडिन्थ्यो खुट्टा। त्यही मलिलो हिलोका कारण मनग्गे अन्न उत्पादन हुनुको खुसीले पछि सबै तनाब...

२० विद्यालयको अनुमतिपत्र फर्जी

वीरगन्ज- वीरगन्ज उपमहानगरपालिका र ग्रामीण क्षेत्रमा यसै वर्ष खोलिएका २० संस्थागत (निजी) विद्यालयको अनुमतिपत्र फर्जी रहेको खुलासा भएको छ। शिक्षाविभागको निर्देशनमा जिल्ला शिक्षा कार्यालयको टोलीले गरेको अनुगमनमा जिल्ला शिक्षा अधिकारीको...

देशकै पहिलो खुल्ला कारागार बाँकेमा

कोहलपुर- देशकै पहिलो खुल्ला कारगार बाँके जिल्लामा बन्ने भएको छ। कारागार व्यवस्था विभागले गनापुरमा रहेको कृषि फार्मको छ विगाह जमिनमा पहिलोपटक खुल्ला कारागार बनाउन थालेको हो। कारागारका लागि नाप, नक्सा,...

Our website is protected by DMC Firewall!