10 Shrawn, 2071 |
Menu

खेल

'समितिको प्रस्ताव अर्थहीन'

'समितिको प्रस्ताव अर्थहीन'

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बिहीबार १७औं एसियाली खेलकुदमा पदक सम्भावना भएका र पदक नजिक पुग्न सक्ने खेलमात्र सहभागिता गराउनुपर्ने बताएका छन्।

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।

कप्तान जेरार्डको संन्यास

कप्तान जेरार्डको संन्यास

लन्डन– इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको इङ्ल्यान्डको फुटबल एसोसिएसनले सोमबार जनाएको छ। युक्रेनविरुद्ध वेम्बलीमा २–० को विजय हात पार्दा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका लिभरपुलका मिडफिल्डर जेरार्डले...

  1. फुटबल
  2. क्रिकेट
म्यानचेस्टरको फराकिलो जित

म्यानचेस्टरको फराकिलो जित

पासाडेना– लुइस भान हालको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले उत्कृष्ट सुरुआत गर्ने क्रममा बुधबार प्रि–सिजन अभ्यास खेलमा अमेरिकी मेजर लिग सकरको टोली लस एन्जलस ग्यालेक्सीमाथि ७–० को फराकिलो जित पाएको छ।

एसएससी मैदानमा जयवर्द्धनेको कीर्तिमानी शतक

एसएससी मैदानमा जयवर्द्धनेको कीर्तिमानी शतक

कोलम्बो– माहेला जयवर्द्धनेले अविजित १ सय ४० रन बनाएपछि सुरुआतमै लड्खडाएको श्रीलंकाले राम्रो पुनरागमन गरेको छ। दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टको पहिलो दिन घरेलु टोलीले ५ विकेट गुमाई ३ सय ५ रन बनाएको छ।

फर्डिनान्ड लन्डनमै रहने

लन्डन– म्यानचेस्टर युनाइटेडका पूर्वरक्षक रियो फर्डिनान्ड प्रिमियर लिगको नवप्रवेशी टोली क्विन्स पार्क रेन्जर्स (क्युपिआर) सँग अनुबन्धित भएका छन्। लन्डनमै रहन फर्डिनान्डले धेरै आकर्षक प्रस्ताव अस्विकार गरेका थिए।
विस्तृतमा पढ्नुस्

स्ट्राइकर मिचु स्वान्सी लागे

लन्डन– स्वान्सीका स्ट्राइकर मिचु एक सिजनलाई लोनमा नेपोलीसँग अनुबन्धित भएका छन्। नेपोलीले त्यसपछि स्पेनिस स्ट्राइकरलाई किन्न पाउने विकल्प पनि छ। 
विस्तृतमा पढ्नुस्

इलिमिनेटरमा नारिनको मेडन ओभर

गुयाना– ट्वान्टी–२० क्रिकेटमा डट बललाई सुनको अन्डासरह मानिन्छ। ब्याट्सम्यान बढी हाबी हुने भएकाले डट बलले बलरको आत्मविश्वास बढाउँछ। साथै खेलमा रोचकता पनि थप्ने गर्छ। वेस्ट इन्डिजका प्रभावकारी बलर सुनील नारिनले बिहीबार ट्वान्टी–२० खेल त्यसमा पनि एक ओभरको इलिमिनेटरमा मेडन ओभर…
विस्तृतमा पढ्नुस्

इलिमिनेटरमा नारिनको मेडन ओभर

गुयाना– ट्वान्टी–२० क्रिकेटमा डट बललाई सुनको अन्डासरह मानिन्छ। ब्याट्सम्यान बढी हाबी हुने भएकाले डट बलले बलरको आत्मविश्वास बढाउँछ। साथै खेलमा रोचकता पनि थप्ने गर्छ।
विस्तृतमा पढ्नुस्

प्रशिक्षक दासानायकेको करार अवधि १ बर्ष थपियो

काठमाडौं-मन्त्रिपरिषदको बैठकले राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दासानायकेको करार अवधि एक बर्ष थप्ने निर्णय गरेको छ।
विस्तृतमा पढ्नुस्

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।
विस्तृतमा पढ्नुस्

गौरिकाको कीर्तिमान

काठमाडौं– गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल उमेर समूह पौडी च्याम्पियनसिपमा बिहीबार तीन राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण पदक जितेकी छन्। पहिलो दिन सोफिया शाहले पनि १ सय मिटर फ्रिस्टाइलमा आफ्नै कीर्तिमान भंग गरेकी छन्।
विस्तृतमा पढ्नुस्

जर्मन मिडफिल्डर क्रुस मड्रिडमा

मड्रिड– विश्व च्याम्पियन जर्मनीका मिडफिल्डर टोनी क्रुस स्पेनिस ला लिगाको महारथी रियाल मड्रिडमा आबद्ध भएका छन्। जर्मनीले विश्वकप जितेको केही दिन नबित्दै क्रुसले बायर्न म्युनिख छोडेर रियालसँग ६ वर्षे सम्झौता गरेका छन्।
विस्तृतमा पढ्नुस्

जर्मनी २० वर्षपछि शीर्षमा, नेपाल यथावत

जुरिच– विश्वकप विजेता जर्मनी झन्डै २० वर्षयता पहिलोपल्ट फिफा वरियताको शीर्ष स्थानमा उक्लेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा जर्मनी अगाडि आएको हो।
विस्तृतमा पढ्नुस्

पाकिस्तानी फुटबल टोली भारत जाने

कराँची– पाकिस्तानी फुटबल टोलीले दुई खेलको शृंखलाका लागि यसै वर्ष भारत भ्रमण गर्ने बिहीबार तय भएको छ। चिरप्रतिद्वन्द्वी दुई मुलुकबीच ९ वर्षपछि मैत्रीपूर्ण खेल हुन लागेको हो।
विस्तृतमा पढ्नुस्

भारतको खराब स्थिति

लन्डन– अजिन्क्या राहानेले सानदार शतक बनाए पनि सिमिङ पिच इङ्ल्यान्डका तीब्र बलरहरूले सदुपयोग गरेपछि भारत लर्डसमा बिहीबार सुरु दोस्रो टेस्टमा खराब स्थितिमा छ। पहिलो दिन भारतले ९ विकेट गुमाई २ सय ९० रन बनाएको छ।
विस्तृतमा पढ्नुस्

श्रीलंकाविरुद्ध डुमिनीको शतक

गेल– जेपी डुमिनीले सानदार शतक बनाउँदै दक्षिण अफ्रिकालाई बिहीबार श्रीलंकाविरुद्धको पहिलो टेस्टमा बलियो स्थितिमा पुर्या एका छन्। धर्मराउदो स्थितिमा ब्याटिङ गर्न आएका देब्रेहाते डुमिनीले दबाबमा संयमतापूर्वक ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई ४५५–९ मा इनिङ्स समाप्तिको घोषणा गर्न लगाए। उनले ३३१–७ को…
विस्तृतमा पढ्नुस्

रियल म्याड्रिड विश्वकै सबैभन्दा धनी क्लब

लन्डन—स्पेनिस फुटबल क्लब रियल म्याड्रिड विश्वको सबैभन्दा धनी क्लबको सूचिमा अग्र स्थानमा पुगेको छ। गत मे महिनामा च्याम्पियन लिग जितेको क्लबसँग अहिले ३ अर्ब ४४ करोड अमेरिक डलर बराबरको पूँजी रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ।
विस्तृतमा पढ्नुस्

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध भएका थिए। तर, स्पेनिस लिगको उपविजेता टोलीले उनलाई क्लबका समर्थकसामु…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed