Thursday 13 Kartik, 2071 |
Menu

खेल

बोस्टन म्याराथन दौडेकी स्वरुपा

(0 votes)
बोस्टन म्याराथन दौडेकी स्वरुपा
काठमाडौं- उनले रेस पूरा गरेको एक घन्टाभन्दा बढी भइसकेको थियो। साथीहरूसँग फोटो सेसन भ्याइसकेपछि फिनिसिङ प्वाइन्टबाट ब्याग लिएर उनी बाहिरिसकेकी थिइन्। साथीसँग सधैं भेट्ने गरेको बारतिर ट्याक्सीमा जाँदै गर्दा मोबाइलमा म्यासेजको लर्को लाग्यो। सन्देश थियो, विस्फोटन। सन्देश सामान्य लाग्यो। एकैछिनमा बार पुगिन्। टेलिभिजनमा आइरहेको ब्रेकिङ न्युजले ठूलो झट्का दियो।


Sworupa-Khadka-Boston-Marathon-Runner--84एकछिनअघि विश्वकै प्रतिष्ठित बोस्टन म्याराथनको दुरी पूरा गरेको उनको खुसी निमेषभरमै हरायो। सोचिन्, 'ओहो, धन्न बाँचेछु। केहीबेर ढिलो भएको भए जे पनि हुन सक्थ्यो।' आफू बाँचे पनि अझै दौडिरहेकी एक साथीको पीर लाग्यो। आफ्नो अवस्थाबारे बेखबर शुभचिन्तक, परिवार र आफन्तको तनाव कल्पेर दिमाग चक्करायो। विश्वलाई एकताको सूत्रमा बाँध्ने खेलकुद 'टुटाउने आतंक' को शिकार भएकोमा पीडा भयो। दिमागले केही सोच्नै सकेन। बोस्टन म्याराथनमा भाग लिएको थाहा पाउने परिवार, आफन्त र शुभचिन्तकको फोन उठाएर भ्याइनभ्याई भयो। तर, कसैसँग राम्ररी कुरासमेत गर्न सकिनन्। तीनजनाको मृत्यु तथा २ सय ६० भन्दा बढी घाइते हुनेगरी वैशाख ३ मा आतंककारी बम आक्रमणको निसाना बनेको बोस्टन म्याराथनकी सहभागी नेपाली धाविका स्वरुपा खड्कासँग त्यो हमलाको धङधङी अझै मेटिएको छैन।

बोस्टन म्याराथनमा सहभागिता जनाउने स्वरुपा पहिलो नेपाली खेलाडी हुन्। लामो समयदेखि अमेरिकामै बसोबास गर्दै आएकी उनले बर्लिन, न्युयोर्क सिटी, फिलाडेल्पि्कया तथा मरिनकर्प म्याराथनमा सहभागिता जनाइसकेकी छन्। बोस्टनमा उनले ३ घन्टा ०५ मिनेट ०५ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी थिइन्। त्यो उनको अहिलेसम्मको उत्कृष्ट टाइमिङ हो भने नेपाली खेलाडीको हकमा दोस्रो उत्कृष्ट प्रदर्शन। यसअघि २००६ मा बर्लिन म्याराथनमा निर्मला भारतीले २ घन्टा ५८ मिनेटको टाइमिङका साथ बनाएको कीर्तिमानभन्दा स्वरुपा ७ मिनेटले पछि छिन्। बोस्टन म्याराथनको घटनाले सहभागी तथा दर्शकलाई थप एकजुट गराएको अनुभव संग्ाालेकी उनी त्यसलगत्तै मातृभूमि नेपाल आइन्। तीन साताको नेपाल बसाइपछि उनी मंगलबार न्युयोर्क फर्कंदैछिन्। फर्कनुअघि सोमबार नागरिकसँगको भेटमा उनले बोस्टन अनुभव सुनाइन् :

मैले रेस पूरा गरिसकेकी थिएँ। न्युयोर्कबाट गएका मेरा अरु धेरै साथीले पनि दौड पूरा गरिसकेका थिए। रेस सकिएपछि साथीहरूसँग भेटेर फोटो खिच्यौं। बधाई आदान प्रदान गर्यौंा।

हामी जहिले पनि रेस पूरा भएपछि फिनिसिङ प्वाइन्टभन्दा एक माइलको दुरीमा रहेको एउटा बारमा भेला हुने गर्थ्यौं। बोस्टनमा त्यो समय निकै जाडो थियो। मेरो मम्मी पनि साथै हुनुहुन्थ्यो। मेरी एक साथी अझै दौड्दै थिई। मैले उनलाई कुरौं भने। खासमा उनी अर्को साथीलाई पेसिङ गरिरहेकी थिइन्। उनको लक्ष्य ४ घन्टा आसपासको थियो। मम्मीले अत्यन्तै जाडोमा मलाई ठन्डी लाग्ने भयले 'जाउँ उतै बारमा कुरौंला' भन्नुभयो।

संयोगवश, ट्याक्सी पनि पाइहाल्यौं। ट्याक्सी चढेर हामी सधंै साथीहरूसँग जमघट गर्ने बारतर्फ जाँदै गर्दा बाटोमै टेक्स्ट आउन थाल्यो। टेक्स्टमा 'अझै फिनिसिङ प्वाइन्ट वरिपरी भए भागिहाल' लेखिएको थियो। मैले 'किन' भनेर सोध्दा 'विष्फोटन भयो' भनेर म्यासेज आयो। मैले अमेरिकामा सधैं हुनेजस्तै ग्यासको पाइप वा तार केही पड्कियो होला भनेर सामान्य ठाने। तर, केही सेकेन्डमै बारमा पुग्दा टेलिभिजनमा बम पड्केको खवर आइरहेको रहेछ। त्यो स्पोर्टस बारमा भएका सबैका आँखा टेलिभिजनमा एकटक थिए। सधैं हल्ला भइरहने बारमा त्यतिबेला टेलिभिजनको बाहेक अरु केही आवाज थिएन।

टेलिभिजन स्त्रि्कन ढाकिनेगरी आइरहेका ब्रेकिङ न्युज थियो, 'बोस्टन म्याराथनमा विस्फोटन, विस्फोटन म्याराथन सुरु भएको ४ घन्टा १९ मिनेटमा भयो, विस्फोटनमा परेर ३ को मृत्यु, सयौं घाइते'। झसंग भएँ। घटना मैले सोचेजस्तो सामान्य रहेनछ। तार वा ग्यास नभई आतंककारीले पो निसाना बनाएका रहेछन्। हामीले छोडेर आएकी साथीको लक्ष्य पनि ४ घन्टा आसपासको थियो। त्यसले थप चिन्तित पार्यो।। 'कतै उनलाई केही त भएन,' म डरले खङ्ग्रङ्ग भएँ।

साथीलाई फोन लगाउने प्रयास गरें। सम्पर्क भएन। दौडने बेला सबैले ब्याग आयोजकलाई जिम्मा लगाएको हुन्छ। मैले चाँडै रेस पूरा गरेकाले फिनिसिङ प्वाइन्टमा गएर ब्याग लिएँ। तर, ती साथीले विष्फोटनपछि घारघुरमा ब्याग लिने होस गुमाइन् होला। त्यस्तो बेला ब्याग कसैको ध्यानमा आउने पनि होइन। ज्यान जोगाउन भाग्नु नै बुद्धिमानी हो। उनले पनि त्यही गरेकी रहिछन्। बेलुकी उनलाई नभेटेसम्म निकै तनाव भयो।

म बोस्टनमा एक साथीकहाँ बसेकी थिएँ। मेरी बहिनी र मम्मी सँगै हुनुहुन्थ्यो। फोटो खिच्दा र धेरै शुभेच्छुकको फोन उठाउँदा आइफोनको ब्याट्री सकियो। मम्मी र बहिनीको फोन पनि 'डेड' भयो। त्यसपछि नेपाल र अमेरिकामै रहेका परिवार, आफन्त र शुभचिन्तकलाई धेरै तनाव भयो। यस्तो डरलाग्दो घटनामा कतै मलाई केही भयो कि भनेर धेरै चिन्तित थिएँ। त्यसैले मैले तत्काल फेसबुकमा स्ट्याटस अपडेट गरेर आफू सकुशल रहेको सन्देश दिएँ। त्यसले धेरैलाई राहत मिलेछ। पछि भेट हुँदा वा फोनमा सम्पर्क हुँदा सबैले फेसबुक स्ट्याटसले राहत मिलेको बताए।

समय बित्दै जाँदा टेलिभिजनको समाचारले नयाँ नयाँ सूचना दिइरहेको थियो। थकाइ र भोकले चूर भएर बार पुगेका हामीलाई केही खाने मन भएन। त्यसो त, त्यहाँ अर्डर लिन आउन बेयरालाई पनि फुर्सद थिएन। सबै टेलिभिजन वरिपरी नै झुम्मिएका थिए। टेलिभिजनले घटनालाई आतंककारी आक्रमणको रुपमा पुष्टि गर्योर। आक्रमणको भर्त्सना गर्दै राष्ट्रपति बाराक ओबामाको सन्देश आयो, 'यो विश्व सभ्यताविरुद्ध कायरहरूले गरेको आक्रमण हो। यस्तो घडीमा बोस्टनवासीलाई संयमित हुन म अनुरोध गर्दछु। घटनाका पीडितप्रति समवेदना व्यक्त गर्दै आतंकवादविरुद्ध एकजुट हुन म सम्पूर्णलाई आह्वान गर्न चाहन्छु।'

राष्ट्रपतिले संयमित हुन आह्वान गरिरहेका थिए। भयंकर आक्रमणको भयबाट मुक्त हुन 'मोरल सपोर्ट' गरिरहेका थिए। तर, त्यसले झन डर बढायो। एकखालको गहिरो भय सिर्जना गर्योट। राष्ट्रपति नै चिन्तित रहेछन् भन्ने मनोविज्ञानले हामीलाई चिन्तित बनाएको थियो। बारम्बार लागिरह्यो, 'ओहो, भाग्यले बाँचंे।'

त्यो आक्रमण गरेर आतंककारीको सम्पूर्ण विश्वलाई आतंकित पार्ने अभिष्ट पूरा भयो होला। केही निर्दोष ज्यान लिन पनि सफल भए होलान्। धेरै घाइतेको पीडाबाट मनोरञ्जन लिने उनीहरूको अमानवीय सौख पनि पूरा भयो होला। तर, खेलकुदप्रति वितृष्णा जगाउन भने उनीहरू सफल भएनन्। 'अब दौडिन्न, खेलकुदमा खतरा छ' भन्ने जस्ता सन्देश दिन उनीहरूले सकेनन्। त्यो आततायी आक्रमणले धावक र समर्थकलाई थप एकजुट बनायो। हामी न्युयोर्क फर्किएपछि पनि सबै भेला भयौं। त्यही कालो दिनको स्मरणमा न्युयोर्कमा पनि दौडियौं। खेलकुदमा निरन्तर लागेर आतंकवादविरुद्ध सन्देश दिइरहने प्रण गर्यौंि। नीलो र पहेंलो रंगको टि–सर्ट लगाएर सबै दौडियौं। दौड्न सक्ने दौडे, नसक्नेले पनि त्यस्तै टि–सर्ट लगाएर ऐक्यबद्धता जाहेर गरे। आक्रमणले टुटाउन सकेन, हामी थप एकजुट भयौं। विश्वकै खेलकुद थप एकजुट भयो।

...

काठमाडौंको चाबहिल मैजुबहालमा जन्मेकी स्वरुपाको सेन्ट मेरिज स्कुल पढ्दादेखि एथलेटिक्ससँग साइनो गाँसिएको थियो। स्कुले जीवनमा १ सय, २ सय, ४ सय र १ सय मिटर हर्डल्स उनका प्रिय इभेन्ट थिए। स्कुलभित्र हुने यी इभेन्टमा भएका सबै प्रतियोगिताको उपाधि उनकै भागमा हुन्थे।

सन् १९९५ मा एसएलसी दिएकी उनी स्कुल पढ्ने समयताका नेपालमा वीरेन्द्र सिल्ड लोकप्रिय खेल इभेन्ट थियो। तर, उनले सहभागिता जनाउने उमेर टेक्दा प्रतियोगिता नै स्थगित भयो। 'म ८ कक्षा पढ्दादेखि वीरेन्द्र सिल्ड हुन छाड्यो। त्यसपछि अन्तरस्कुल खेल्ने मेरो धोको पूरा हुन पाएन,' उनी सम्झन्छिन्।

एसएलसीपछि उनले सेन्ट जेभियर्सबाट आइएस्सी गरिन्। आइएस्सी सकेलगत्तै उनी १९९७ मा उच्चशिक्षाका लागि अमेरिका प्रस्थान गरिन्। अमेरिकामा पढाइ नसकेसम्म उनले बाल्यकालको प्रिय एथलेटिक्स सम्झन सकिनन्। स्नातकको अध्ययन सकेपछि २००१ मा हेविट एसोसिएट्स नामक व्यावसायिक प्रतिष्ठानमा काम थालेकी उनले त्यही संस्थाको प्रेरणामा पहिलोपटक ट्र्याकसँगको पुरानो नाता नवीकरण गरिन्।

हेविट एसोसिएट्सले स्थानीय स्तरमा हुने ५ र १० किलोमिटरका मध्यम दुरीका रेसहरू प्रायोजन गरिरहेको हुन्थ्यो। २००२ मा त्यही रेसको ५ किलोमिटरमा सहभागिता जनाएपछि एथलेटिक्समा उनको पुनरागमन भयो। उनले फेरि दौड्ने क्रमलाई लामो समय निरन्तरता दिने सोचमा त्यहाँ भाग लिएकी होइनन्। लहडमा उनी ट्र्याकमा उत्रिएकी थिइन्।

सुरुसुरुमा दौडनै नसक्नेजस्तो भए पनि स्पर्धामा स्वरुपा आफ्नो कम्पनीकामध्ये दोस्रो भइन्। नतिजाले उनको मनोबल उच्च भयो। 'फेरि दौड्न सक्छु' भन्ने आत्मविश्वास पलायो। २४ वर्षको उमेरमा हासिल गरेको त्यो आत्मविश्वासले अहिले ३५ वर्षको उमेरसम्म पनि स्वरुपालाई विश्वकै ठूला प्रतिस्पर्धाहरूमा डोहोर्या इरहेको छ।

मध्यम दुरीबाट एथलेटिक्समा फर्केकी स्वरुपा लामो दुरीमा भने २००७ को फिलाडेल्पि्कया म्याराथनबाट होमिएकी हुन्। उनका अरु दुई साथी यसका नियमित प्रतिस्पर्धी थिए। उनीहरूकै संगतमा स्वरुपा पनि पहिलोपटक म्याराथनमा दौडिइन्। हेल्प नेपाल नेटवर्क नामक अमेरिकामै कार्यरत नेपालीको संस्थाका लागि पैसा उठाउने उद्देश्यले उनले फिलाडेल्पि्कया म्याराथनमा सहभागिता जनाएकी थिइन्। 'प्रतिस्पर्धाभन्दा उपकारी कामका लागि फिलाडेल्पि्कयामा दौडिएकी थिएँ,' उनी भन्छिन्। प्रतिस्पर्धामा गम्भीर नभएकै कारण ६ हप्ताअघि मात्र नाम दर्ता गराएकी उनले खासै तयारीको मौका पनि पाइनन्। 'खाली साथीहरूको पछि लागेर दौडिएकी हुँ। धेरै गाह्रो भयो,' उनले सम्भि्कन्।

स्वरुपालाई पहिलो म्याराथन प्रतिस्पर्धाको टाइमिङ पनि थाहा छैन। खाली '४ घन्टा चानचुन लागेको थियो,' भन्छिन्। पहिलोपटक तयारीबिना म्याराथन दौड्दा उनी अस्वस्थ भइन्। ४२.१९५ किलोमिटर दौड्दा खुट्टा सुनियो। तर, त्यही प्रतियोगिताले उनलाई 'म सक्छु' भन्ने आत्मविश्वास पैदा गरायो।

फिलाडेल्पि्कया म्याराथनले थप मनोबल जुटाए पनि अमेरिकाको व्यस्त जीवनले स्वरुपालाई फेरि चार वर्ष एथलेटिक्सबाट टाढा राख्यो। 'पढाइ र कामको दबाबले दौड्ने फुर्सद मिलेन। ध्यान पनि भएन,' उनले भनिन्। एकाएक २०१० मा मरिनकर्प म्याराथनबाट उनी फेरि फर्किइन्। यसपालि चाहिँ उनले चार वर्षअघिजस्तो हचुवाका भरमा सहभागिता जनाइनन्।

अनलाइनबाट प्रशिक्षण तालिका र तरिका अध्ययन गरेर त्यहीअनुरुप उनले आफूलाई प्रतिस्पर्धामा तयार गरिन्। उनको प्रदर्शनमा व्यापक सुधार आयो। ३ घन्टा १० मिनेटमा मरिनकर्प म्याराथनको दुरी पूरा गरेर उनी बोस्टन म्याराथनका लागि छानिइन्।

बोस्टन म्याराथनका लागि छानिएपछि न्युयोर्कमा बस्दै आएकी उनी न्युयोर्क रोड रनर्स क्लबको सदस्य बनिन्। त्यही बेला नाइकी रनिङ क्लबमा उनलाई बोलाइयो। जसले स्वरुपाको म्याराथन यात्रालाई सही ट्र्याकमा हिँडायो। उनले त्यहीं अभ्यास गर्न थालिन्।

नाइकी रनिङ क्लबको नियमित अभ्यासपछि उनको प्रदर्शनमा थप निखार आयो। २०११ मा न्युयोर्क सिटी म्याराथनमा टाइमिङ मरिनकर्पको दाँजोमा बिग्रिए पनि आत्मविश्वास बढेकै थियो। न्युयोर्कमा उनको टाइमिङ ३ घन्टा १५ मिनेटको थियो। त्यो वर्ष चोटका कारण बोस्टन म्याराथनमा सहभागिता जनाउन नसकेकी उनले २०१२ मा विश्व एथलेटिक्सको अर्को ठूलो बर्लिन म्याराथनमा सहभागिता जनाइन्।

जर्मनीको बर्लिन सहरमा हुने उक्त स्पर्धामा स्वरुपाको टाइमिङ ३ घन्टा ७ मिनेटको थियो। २०१० देखि नियमित अभ्यास गरिरहेकी उनी त्यसपछि गत महिनाको त्रासदीपूर्ण बोस्टन म्याराथनको हिस्सा बनिन्। जहाँ उनको प्रदर्शनमा थप सुधार आयो। उनले ३ घन्टा ५ मिनेट ५ सेकेन्डमा दुरी पूरा गरिन्। 'नाइकी रनिङ क्लबको सदस्य भएयता मैले नियमित अभ्यास गरिरहेकी थिएँ। तर, कामको व्यस्तताले गर्दा अभ्यासमा पूरा समय भने दिन सकेकी छैन,' स्वरुपा भन्छिन्, 'म्याराथन दौडने धावकले हप्ताको नियमित ८० देखि ९० माइल दौडनुपर्छ। तर, मैले भने ४० देखि ४५ माइलमात्र दौडने गरेकी छु।'

दौडनुलाई आफ्नो करियर नमान्ने स्वरुपा भन्छिन्, 'यो त मेरो सौखमात्र हो। त्यसैले काम र पढाइ छाडेर यसमै पूर्ण रूपमा समर्पित हुन सक्दिनँ।'

न्युयोर्कस्थित वित्तीय संस्था फिडेलिटी इन्भेस्टमेन्टमा कार्यरत उनी कामबाट छुट पाएकाले केही समय दौडलाई निकाल्न सकेको बताउँछिन्। जिउले साथ दिएसम्म दौडिरहने सोच बनाएकी उनले सोमबार दशरथ रंगशाला भ्रमणक्रममा नेपालका लागि अन्तर्राष्ट्रिय ट्र्याकमा दौडने इच्छा रहेको बताइन्। देशका लागि दौडने इच्छाकै कारण अहिलेसम्म सबै म्याराथनमा नेपाली भएरै सहभागिता जनाइरहेको उनको तर्क थियो।

विश्वका शीर्ष ५ म्याराथनमध्ये न्युयोर्क, बर्लिन र बोस्टनमा दौडिइसकेकी स्वरुपा अब रोटेरड्म र लन्डन म्याराथन दौडने लक्ष्यमा छिन्। त्यसका लागि नेपाली खेलप्रशासनबाट सहयोग अपेक्षा गरेकी छन्। भन्छिन्, 'मलाई नेपाल एमेच्योर एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले सहभागिताको दर्ता मिलाइदिए आभारी हुने थिएँ। बाँकी सबै व्यवस्था म आफै मिलाउँछु,' उनले भनिन्, 'नेपालको आधिकारिक धाविका बनेर दौडने मेरो ठूलो सपना छ।'
फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।

गाइड नहुँदा विक्रम दौडन पाएनन्

गाइड नहुँदा विक्रम दौडन पाएनन्

काठमाडौं, कात्तिक २– दक्षिण कोरियामा भइरहेको पारा एसियाली खेलकुदमा 'गाइड' नभएका कारण एथलेटिक्सका विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्न पाएनन्। आफूलाई दौडाउने मान्छे नभएपछि रानाले आइतबार २ सय मिटरमा सहभागि नसकेका हुन्। 

विमला आर्मीमा अनुबन्धित

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।

'लेखाको निर्णय पुनर्विचार गर'

'लेखाको निर्णय पुनर्विचार गर'

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मवार पदाधिकारीको २ महिनाका लागि पद स्थगन गर्ने सार्वजनिक लखा समितिको निर्णय पुर्नविचार गर्न राष्ट्रिय फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीले सामूहिक आग्रह गरेका...

रारामा बालकदेखि वृद्धसम्म दौडने

रारामा बालकदेखि वृद्धसम्म दौडने

जुम्ला- कर्णालीमा पहिलोपल्ट हुन लागेको जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिन ७ देखि ७२ वर्ष उमेर भएकाले नाम दर्ता गराएका छन्। कर्णालीको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आयोजित म्याराथनमा ऐक्यबद्धता जनाउन...

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चन- एसियाकै सबैभन्दा ठूलो खेल मेलाको १७ औं संस्करणले आइतबार विदा लिएसँगै यसको भविष्यलाई लिएर चिन्ता सुरु भएको छ। दक्षिण कोरियाले इन्चोन एसियाडलाई कम खर्चमा चुस्त आयोजनाको नमुनाका रुपमा प्रस्तुत...

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

म्याड्रिड—स्टार खेलाडी क्रिस्टियानो रोनाल्टो तथा ग्रेथ बेलको शानदार प्रदर्शनको मद्दतले रियल म्याड्रिडले स्पेनिस प्रिमियर लिगमा एट्लेटिको बिल्बाओलाई ५–० ले हराएको छ। रोनाल्डोको यो २२ औं लिग ह्याट्रिक हो। यो जितसँगै...

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

बैंगलोर- सुरेश रायनाको शतक प्रहारसँगै ट्वान्टी-२० च्याम्पियन्स लिगको उपाधि चेन्नइ सुपर किङ्गले जितेको छ। शनिबार राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै चेन्नइले उपाधि जितेको हो। रायनाले...