Thursday 17 Ashad, 2072 |
Menu

खेल

ist-cc

कप जितेलगत्तै विगान रेलिगेसनमा

  • बिहीबार २ जेष्ठ, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
लन्डन – एफए कप जितेकै सिजनमा इङ्लिस प्रिमियर लिगबाट विगान एथलेटिक रेलिगेसनमा परेपछि रोबर्टो मार्टिनेजले आश्चर्य व्यक्त गरेका छन्। मंगलबार इमिरेट्स रंगशालामा आर्सनलसँग ४–१ को पराजय बेहोरेसँगै विगानले प्रिमियर लिगको हैसियत गुमाएको हो।
इमिरेट्समा आर्सनललाई नतिजा सुम्पँदै आगामी सिजनका लागि च्याम्पियनसिपमा झर्नुभन्दा ७२ घन्टाअघि फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले स्तब्ध पार्दै एफए कप उचालेको थियो। प्रिमियर लिगबाट यसअघि नै रिडिङ र क्विन्स पार्क रेन्जर्स रेलिगेसनमा परिसकेका छन्। हारले विगानलाई बी मा झार्दा आर्सनल भने आगामी सिजन च्याम्पियन्स लिगमा छानिने आशामा बल पुर्‍याउन सफल भयो। मंगलबार आर्सनललाई जित दिलाउन लुकास पोडोलस्कीले दुई गोल गरे भने थियो वाल्कोट र आरोन रामसेले १–१ गोल गरेका थिए। तथापि मध्यान्तरसम्म विगानले अवे मैदानमा विपक्षीलाई कडा चुनौती पेश गर्ने क्रममा खेल १–१ को बराबरीमा राखेको थियो। विगानका लागि शान मालोनेले फ्रि–किकमा बराबरी गोल गरेका थिए। 'मैले रेलिगेसन अपेक्षा पनि गरेको थिइनँ। हामी कठिन अवस्थामा थियौं। तर, खेलाडीको मनोबल र प्रदर्शन उच्च थियो। हामी पक्कै पनि रेलिगेसनको हकदार थिएनौं,' विगानका प्रशिक्षक मार्टिनेजले भने, 'क्लबका लागि आजको दिन निकै कठिन रह्यो। हामीले प्रिमियर लिगमा स्मरणीय ८ वर्ष बितायौं। अब भविष्यका लागि तयारी गर्नु छ।' रक्षापंक्तिमा धेरै चोटको समस्या भएकाले पूरा सिजन प्रदर्शनमा असर गरेको उनको तर्क थियो। 'हामीले धेरै गोल खायौं। रक्षापंक्तिमा यति धेरै खेलाडी घाइते भएको मैले पहिला कहिल्यै भोगेको थिइनँ,' विगानका पूर्वखेलाडी मार्टिनेजले भने, 'एफए कपले हामीलाई धेरै आशावादी बनाएको थियो। एफए कप आफैमा ठूलो प्रतियोगिता हो। त्यो उपाधि हाम्रा लागि धेरै अर्थपूर्ण छ। एफए कप जितेपछि हामीले प्रिमियर लिगमा टिक्ने आशा बोकेका थियौं।' मार्टिनेजले क्लब इतिहासमै यसपालि आर्थिक रूपमा बलियो रहेको बताउँदै समर्थकलाई अपार साथका लागि धन्यवाद दिए। मंगलबारको हारपछि एक खेलमात्र बाँकीको अवस्थामा विगान निकट प्रतिद्वन्द्वी सन्डरल्यान्डभन्दा ४ अंकले पछि परेको थियो। जसका कारण अन्तिम खेलको नतिजा जस्तो आए पनि विगानको प्रिमियर लिगमा रोकिने सम्भावना समाप्त भएको हो। आर्सनलले भने यो जितपछि लगातार १६औं सिजनमा च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनायो। अब टोलीले अन्तिम खेलमा न्युक्यासललाई हराए शीर्ष चारमा रहेर सिजनको अन्त्य पक्का गर्नेछ। निकट प्रतिद्वन्द्वी टोटेनह्यामले स्टोकलाई हराउन नसके आर्सनललाई अन्तिम खेलमा तीन अंक पनि जरुरी हुने छैन। आर्सनल प्रशिक्षक आर्सेन वेङ्गरले जितमा खुसी व्यक्त गरे पनि पहिलो हाफको प्रदर्शनमा सन्तुष्ट नभएको बताए। उनले भने, '२० मिनेटपछि हामीले परम्परागत खेल खेल्यौं, जसका कारण विगानले गोलको मौका पायो,' वेङ्गरले भने, 'हामीले बल आफूसँग राख्न सकेनौं। उनीहरू एफए कपको फाइनलबाट थकित थिए। उनीहरू थाकेपछि मात्र हाम्रो फराकिलो जितको आधार बन्यो। आइतबार फेरी हामीले महŒवपूर्ण खेलका लागि मैदान उत्रनु छ। हामी त्यो खेलमा पनि आफ्नो तर्फबाट पूरा मेहनत गर्नेछौं।' उता गत सिजनको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले प्रशिक्षक रोबर्टो मान्चिनीलाई बर्खास्त गरेपछिक पहिलो खेलमा रिडिङमाथि २–० को जित दर्ता गरायो। टोलीको अवे जितमा सर्जियो अग्विरो र इडिन जेकोले गोल गरेका थिए।
संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...

जनकपुरलाई महिला राष्ट्रिय क्रिकेट उपाधि

जनकपुरलाई महिला राष्ट्रिय क्रिकेट उपाधि

पोखरा-क्षेत्र नम्बर–७ जनकपुरले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा बुधबार भएको फाईनल खेलमा जनकपुरले सशस्त्र प्रहरी वलको एपीएफलाई ५ रनको झिनो अन्तरले पराजित गर्दै...

पूर्वाधार क्षतिले अस्तव्यस्त खेलकुद

पूर्वाधार क्षतिले अस्तव्यस्त खेलकुद

काठमाडौं-दक्षिण एसियाली खेलकुदको १२औं संस्करण हुने टुंगो छैन। एसियाली खेलकुद आउन चार वर्ष बाँकी छ। ओलम्पिक आउँदो वर्ष भए पनि त्यहाँ नेपालको उपस्थिति सहभागिताका लागि मात्र हो।

‘नेपाली फुटबलका हितैसी गुमायौं’

‘नेपाली फुटबलका हितैसी गुमायौं’

काठमाडौं– करेन्ट लागेर निधन भएका अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। भैंसेपाटीस्थित नयाँ घरमा सरेको दिन शुक्रबार करेन्ट लागेर उनको निधन भएको...

मेसीमा टिकेको अर्जेन्टिनी आस

मेसीमा टिकेको अर्जेन्टिनी आस

ला सेरेना– लियोनेल मेसीले बार्सिलोनाबाट सम्भव हुने सबैखाले सफलता आत्मसात गरिसकेका छन्। बार्सिलोनाका लागि गरेको प्रदर्शनकै आधारमा उनले आफूलाई विश्वको सर्वकालिन महान खेलाडीको सुचिमा उभ्याउन पनि सफल भएका छन्। तर...

लामाको आत्मसमिक्षा, आफैलाई ७५ अंक

लामाको आत्मसमिक्षा, आफैलाई ७५ अंक

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालको समिक्षा गर्दा मंगलबार आफैलाई ७५ अंक दिएका छन्।

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिग

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिग

बर्लिन-बार्सिलोनाले युभेन्टसलाई ३-१ को गोल अन्तरले पराजित गर्दै पाँचौं पटक च्याम्पियन्स लिगको उपाधी जितेको छ। शनिबार बर्लिनस्थित ओलम्पिक रंगाशालामा भएको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकरहरुले गोल गर्दै टोलीलाई यो सिजनमा तेस्रो उपाधि...

ब्लाटर पाँचौंपल्ट कसरी अध्यक्ष भए?

ब्लाटर पाँचौंपल्ट कसरी अध्यक्ष भए?

जुरिच– न भ्रष्टाचार मुद्दाले लामो समय प्रभाव पार्‍यो, न फिफाको चमकमा कुनै कमी देखियो। न त युवा उम्मेद्वार अलीले नै कडा चुनौती पेश गर्न सके। विश्व फुटबल महासंघ (फिफा) को...