Monday 16 Bhadra, 2071 |
Menu

खेल

मछिन्द्रले व्यवस्थापन समूहलाई दिने

(0 votes)
काठमाडौं – फुटबलबाट अलग हुने वा निरन्तरता दिने विषयमा केही दिनयता छलफलमा रहेको मछिन्द्र क्लबले विकल्पमा एक वर्ष फुटबल व्यवस्थापन ठेक्कामा दिने तयारी गरिरहेको छ। 


'क्लबभित्रकै केही साथीहरू फुटबल व्यवस्थापनको जिम्मेवारी लिन तयार हुनुभएको छ,' मछिन्द्रका अध्यक्ष जीवेन्द्रलाल कर्माचार्यले भने, 'तत्काल फुटबलबाट अलग नहुने र एक वर्ष परीक्षणका रूपमा क्लब चलाउन दिने भन्नेमा छलफल अघि बढेको छ। यो साताभित्र यसको अन्तिम टुंगो लाग्नेछ।'
खर्च थेग्न नसक्ने अवस्था देखिएपछि मछिन्द्रभित्र एनआरटीले जस्तै फुटबल छोड्नुपर्ने आवाज उठेको थियो। वैशाख १४ मा साधारण सभामार्फत अर्को ए डिभिजन क्लब एनआरटीले यो वर्ष फुटबलबाट अलग हुने निर्णय गरेको थियो। क्लबको १ करोड ७३ लाख रुपैयाँ ऋण रहेको र फुटबल खेलेर ऋणमुक्त हुने नदेखिएको जनाउँदै एनआरटीले फुटबल छोड्ने कदम उठाएको हो।
'फुटबलमा एकदमै धेरै खर्च भएकाले नखेल्ने भन्ने आवाज आएको हो। तर, त्यसै बीच केही साथीहरू व्यवस्थापन लिन तयार भएकाले विकल्पमा छलफल अघि बढेको हो,' कर्माचार्यले थपे, 'इच्छुक साथी र क्लब पदाधिकारी बसेर केही दिनमा यसको अन्तिम निर्णय लिनेछौं।'
२०७० मा खेलाडी सम्झौतादेखि प्रतियोगिता सहभागिताका विषयमा सबै निर्णय नयाँ व्यवस्थापन समूहले लिने अध्यक्ष कर्माचार्यले प्रस्ट पारे। 'क्लबको तर्फबाट केही रकम दिन्छौं। त्यसबाहेक सबै जिम्मेवारी व्यवस्थापन समूहको हुनेछ,' उनले भने, 'खेलाडी, प्रशिक्षक, प्रायोजक, सहप्रयोजक सम्झौता, एन्फाबाट पाउने तयारी खर्च, टिकट बिक्रीबाट आउने सबै रकम त्यही समूहले पाउने छ। फुटबलसम्बन्धी सबै निर्णय सोही समूहले लिनेछ। त्यसमा क्लबको केही हस्तक्षेप हुने छैन। '
एक वर्ष परीक्षणका रुपमा व्यवस्थापन जिम्मा दिएपछि त्यसको सफलतालाई हेरेर अर्को वर्षको निर्णय लिइने अध्यक्ष कमाचार्यले बताए। उनले प्रस्ट्याए, 'फुटबल एउटा समूहले जिम्मा लिएपछि क्लब अन्य सामाजिक काममा क्रियाशील हुन पाउँछ। '
क्लबको लामो इतिहास जोगाउन विकल्पको बाटो रोज्नुपरेको उनको तर्क छ। 'अहिलेकै आर्थिक अवस्थामा क्लबले फुटबल खेल्न नसक्ने भयो। क्लबको प्रतिष्ठा जोगाउन विकल्प खोज्ने क्रममा व्यवस्थापन जिम्मा दिने उपाय निस्कियो,' उनले जोडे, 'यसले क्लबको नाम जोगिइरहन्छ र आर्थिक भार पनि पर्दैन।'
मछिन्द्रका निर्वतमान अध्यक्ष सुनील कपालीले क्लबले पूर्वउपाध्यक्ष अनिल श्रेष्ठलाई २० लाख रुपैयाँसहित जिम्मेवारी दिइसकेको दाबी गरे। 'मछिन्द्र क्लबअन्तर्गत मछिन्द्र फुटबल क्लब गठन हुन्छ,' त्यसमा आफ्नो पनि सहयोग रहने उल्लेख गर्दै कपालीले भने, 'त्यसैले फुटबलसम्बन्धी सबै काम गर्छ।'
राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ...

१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

काठमाडौं- पुबुदु दासानायके नेपाल फर्कंदा सधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम हुन्छ। धेरैजसो फर्काइमा कुनै न कुनै सफलता साथमै ल्याउँथे उनी। त्यही भएर विमानस्थलमा उनका लागि भिड लाग्नु सामान्य भइसक्यो। बिहीबार...

लेखा समितिमा एन्फा अध्यक्ष थापा

लेखा समितिमा एन्फा अध्यक्ष थापा

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई दिन भित्र पछिल्लो पाँच बर्षको बैंक खाता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। एन्फाका विवादित दुवै पक्षसँग बुधबार छलफलपछि...

एसियाडलाई कोरियाको व्यस्तता

एसियाडलाई कोरियाको व्यस्तता

इन्चोन- तेस्रोपटक एसियाली खेलकुद गर्न लागेको दक्षिण कोरियाली प्रशासनलाई अहिले भ्याइनभ्याई छ। एसियाली खेलकुदको ठूलो खेलमेलाको १७औं संस्करण इन्चोनमा सेप्टेम्बर १९ बाट हुँदैछ। एसियाका ४५ देशबाट खेलाडी र खेलकर्मी गरी...

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको...

'फुच्चे' को करामत

'फुच्चे' को करामत

काठमाडौं- 'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय 'स्पिनर' अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।