Tuesday 18 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

भक्तपुरमा राफल्स फेसन सो

(0 votes)
भक्तपुरमा राफल्स फेसन सो
भक्तपुर- राफल्स इन्स्टिच्युट अफ फेसन एन्ड आर्ट (रिफा)को आयोजनामा बिहीबार भक्तपुरमा राफल्स स्नाफल फेसन सो भएको छ। फेशन सोमा १४ फेशन डिजाइनरले तयार गरेका ६ वटा सिक्वेन्सको सो देखाइएको छ। फेसन सोमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका गरी १८ जना मोडेलहरुले रेड कार्पेटमा क्याट वाक गरेका थिए।
nepali-patro-may
कार्यक्रममा लीला श्रेष्ठ र रीता धुकुछूले तयार पारेको ग्लिटर थिममा इथ्निक वेयरमा मोडेलहरु र्या म्पमा प्रस्तुत भएका थिए। यस्तै उषा ठकुरी, सुसेली छुजू र मनिषा खत्रीले विन्टर सनसेट थिममा पार्टी वेयर तयार गरेका थिए। जयन्ती खड्गी र सजिना देशेमरुले फायर थिममा क्याजुअल वेयर, बविता कार्की र रमिता मानन्धरले नेवारी थिममा क्याजुअल वेयर र प्रतिमा कार्की, दामिनी लामा र सायरा राजथलाले क्यान्डल थिममा क्याजुअल वेयर तयार पारेका थिए। सरिता देशेमरु र शीला श्रेष्ठले फ्लोरल थिममा क्याजुअल वेयर तयार पारेका छन्।

६ वटा सिक्वेन्समा रेड कार्पेट नाप्न १८ जना मोडेलहरुले एक महिना अघिदेखि अभ्यास गरेको आयोजक रिफाका अध्यक्ष रमेश दुवालले जनाए। फेशन सोको कोरियाग्राफी भुवनभक्त मुनकर्मी र फेसन स्टाइल रोजन श्रेष्ठले गरेका थिए। यस्तै मोडेलहरुको श्रृंगार तथा केससज्जा पूजा श्रेष्ठले गरेकी थिइन्।

फेसन सोमा नेपाल फेनस फेडरेसनका अध्यक्ष नवीन लुइँटेल, फेसन डिजाइनर उत्तम बनेपाली, अरोरा फेसनका प्रोपाइटर सुशीलराज गौतम, कलाकार प्रज्ज्वल गिरी लगायतका व्यक्तित्व अतिथि थिए। कार्यक्रम संयोजक एलेक्स बासुकलाले लगतार तेस्रो वर्ष पनि यो कार्यक्रम गर्न सफल भएको जनाए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...