Thursday 23 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने

(0 votes)
काठमाडाैं—गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को १५ नोभेम्बर २०१५ मा बसेको बैठकले संस्थाका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार तथा अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरु मनोनयन गरेको छ।
nepalipatr-april
वैठकमा अध्यक्ष शेष घलेले संस्थाको बिधानअनुसार बिभिन्न क्षेत्रीय संयोजकहरुले सिफारिस गरी पठाएका र बिभिन्न क्षेत्रका दिग्गज ब्यक्तित्वहरुको नाम प्रस्ताव गरेका थिए। बैठकले सवै प्रस्तावहरुलाई बहुमतले पारित गरेको छ।

जसअनुसार संस्थाको प्रमुख संरक्षकमा संस्थाका पूर्व अध्यक्ष जीवा लामिछाने नियुक्त भएका हुन्। उनी सन् २०११ देखि १३ सम्म संस्थाको अध्यक्ष थिए। संरक्षकहरुमा कुलचन्द्र गौतम, इन्द्रा वन, डा. देवकाजी डंगोल र दिल गुरुङ मनोनयन भएका छन्।

यसैगरी बैठकले गैरआवासीय नेपाली संघमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न क्षेत्रका ११ जना दिग्गज ब्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ।

जसअनुसार डा. हेमराज शर्मा, त्रिलोक गुरुङ, विश्वआर्दश पण्डित, लोकभक्त राणा, कन्हैयालाल श्रेष्ठ, दीपक खड्का, पीजी शेर्पा, चन्द्र रोकाहा, नवराज गुरुङ, पुष्प थापा र एकनाथ खतिवडालाई सल्लाहकार नियुक्त गरिएको छ।

वैठकले बिधानअनुसार नियुक्त गर्न सकिने १५ जना मनोनित आईसीसी सदस्यहरु पनि नियुक्त गरेको छ। जसअनुसार अमेरिका क्षेत्रबाट सुनिता शर्मा, नविन शेरचन र खगेन्द्र जिसी, एशिया क्षेत्रबाट भुषण घिमिरे र सोमचाई क्षेत्री, युरोपबाट जयप्रकाश गुरुङ, सोम सापकोटा रजानकी गुरुङ, मध्यपूर्वबाट अस्मिन बेइगम र आरके शर्मा, ओसियानाबाट धर्मराज अधिकारी र जमुना गुरुङ तथा अन्य क्षेत्रबाट ऋषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्री नियुक्त भएका छन्।

यसैगरी वैठकले नोभेम्बर ३ तारिखको अफिस बियररको वैठकले गरेको निर्णय गरेअनुसार अन्तरार्ष्ट्रिय समन्वय समितिको प्रवक्तामा रन्जु थापा वाग्लेको नियुक्तिलाई अनुमोदन गरेको छ। वैठकले विधान संसोधन समितिको अध्यक्षमा डा. हेमराज शर्मा र बिधान ब्याख्यासमितिको अध्यक्षमा कुलचन्द्र गौतमलाई निरन्तरता दिने निर्णय गरेको छ।

वैठकले नेपालमा आइपरेको मानवीय संकट समाधानका लागि सहयोग गर्न 'विपत ब्यबस्थापन समिति' गठन गरेको छ। अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित समितिमा कुलचन्द्र गौतम, डा. गणेश गुरुङ, रन्जु वाग्ले, जमुना गुरुङ, डा. भगवान कोइराला र इन्द्रा बन, शिशिरभट्ट र रजनी प्रधान सदस्य रहेका छन्। समितिले नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटलाई समाधान गर्न अत्याबश्यक औषधी सहयोग गर्न तदारुकताका साथ कार्य अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...