Sunday 2 Falgun, 2072 |
Menu

खेल

istl

राजनीतिक संयन्त्र गठन संसदमार्फत

(0 votes)
काठमाडौं–प्रमुख तीन दलले मधेसी मोर्चालाई सहमतिमा ल्याएर पाँच गते संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका छन्। प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राजनीतिक संयन्त्र गठनपछि त्यसको वैधाकिता र कार्यक्षेत्रका विषयमा मधेसी मोर्चाले प्रश्न उठाएपपछि तीन दलले राजनीतिक संयन्त्रलाई बैधानिकता दिन संसदमा लैजाने बारे छलफल गरेका हुन्।
nepalipatro-nagarik
'राजनीतिक संयन्त्रको वैधानिकता पुष्टि गर्न संसदमा लैजाने बारे छलफल भयो,' तीन दलीय कार्यदल सदस्य मधेश आचार्यले नागरिकन्युजसँग भने,'सीमाकंन टुंग्याउने विषयमा समेत सकारात्मक छलफल भयो । यसअघि कार्यदलको बैठकमा तीन दलीय कार्यदलकोतर्फबाट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले राजनीतिक संयन्त्रमार्फत तीन महिना भित्र सीमाकंनलगायतक विषय टुंग्याउने प्रस्ताव गरेका थिए। त्यसलाई मोर्चाले सकारात्मक रुपमा लिँदै त्यसको कार्यक्षेत्र र वैधानिकतामा प्रश्न उठाएको थियो। मोर्चाका शंकालाई निवारण गर्न तीन दलले संयन्त्र गठन गर्ने विषय संसदमा लैजाने निर्णय गरेका हुन्।

'मधेसी मोचालाईसमेत विश्वासमा लिएर पाँच गते बस्ने संसदको बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने सहमति भयो,' बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नागरिकन्युजसँग भने। संसद बैठक आगामी ५ गते बस्दैछ । बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूचि रहेको बताइएको छ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...